बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको महराजगञ्ज जिल्लाका २० वर्षीय मिठुकुमार हरिजनलाई पुस  २ गते गिरफ्तार गरेको छ  । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते नै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा…

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

२६ र २७ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा नेपाल प्रहरीले गैँडाकोट नपा–१७ की २३ वर्षीया निशा बोटे र बर्दघाट नपा–६ का ३० वर्षीय जीवन बिकलाई पुस १ गते गिरफ्तार गरेको छ । पीडितहरूलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद…

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–१० का ३० वर्षीय लक्ष्य दर्जीलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई नेपाल भारत सिमाना पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर नाकाबाट उद्धार गरी आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका–५ का २५ वर्षीय रवि चमार मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर १३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए । पीडित युवतीको स्वास्थ्य…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर ३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम परासीमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले इन्सेकले ग्रामीण भेगमा महिला र बालबालिका विरूद्ध हुने यौनजन्य हिंसा, बोक्सी प्रथा, मानव बलि प्रथा सम्बन्धी जनचेतना मूलक कार्यक्रम गर्नुपर्नेमा…

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद सजाय

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कात्तिक २८ गते रामग्राम नपा–१७ फुलवरियाका २० वर्षीय विजय थारू केवटलाई २ वर्ष ६ महिना कैदको सजाय र २० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने समेत आदेश भएको छ । पीडितलाई केवटले २०७४ चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै चैत २५ गते…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कात्तिक १४ गते सरावल गाँउपालिका–५ का २२ वर्षीय प्रदिप राजभरलाई प्रहरी गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर विरेन्द्र गुरूङले बताए…

बुहारी हत्याका आरोपित गिरफ्तार

सरावल गाउँपालिका–६ कुर्थावलकी ३८ वर्षीया सुमित्रा हरिजनको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय ससुरा चिनक हरिजनलाई असोज ७ गते गिरफ्तार गरेको छ । आरोपितले घरयासी विवादमा वैशाख २५ गते कुटपिट गरी गम्भीर घाइते भएकी सुमित्राको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा असोज ६ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सुनवल नगरपालिका–१२ प्रतापपुरकी २८ वर्षीया शोभा हरिजनलाई हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति अशोक हरिजनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पत्नीलाई असोज ७ गते उपचार गर्ने नाममा हत्या गरेको भन्दै मृतकका बावु रामकेवल हरिजनले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–४ का २७ वर्षीय सिकन्दर हरीजनलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यलय बेलाटारीमा उजुरी दिएको थियो । पीडितपक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…