मानव बेचबिखन गर्न लैजाँदै गरेको आशङ्कामा दुई महिलाको उद्धार

२७ र २२ वर्षीया दुई महिलालाई कुवेत पठाउने भन्दै मानव बेचबिखन गर्न लैजाँदै गरेको आशंकामा प्रहरीले नवलपरासीको नेपाल भारत सीमा महेशपुरबाट असोज २५ गते उद्धार गरेको छ । पीडितद्वयलाई प्रतापपुर गाउँपालिका-५ बैदौलीका २७ वर्षीय अजय ठाकुरले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने निहुँमा आवश्यक कागजात तथा पासपोर्ट बिना मोटरसाइकलमा राखी भारततर्फलैजाँदै…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-३ स्थित होटेल पाहुना गृहमा कार्यरत २७ वर्षीय प्रितम शर्मालाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ६ गते बलत्कार गरेको आरोपमा पीडित पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण…

मालपोतका प्रमुखलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक समूहले भदौ ३० गते जिल्ला मालपोत कार्यलय नवलपरासी, कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई कार्यकक्षमै मोसो दलेको पीडित पक्षले आरोप लगाएको छ । तीनजनाको समूहमा मालपोत कार्यालय पुगेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेपछि पर्चा छोडेर फरार भएको प्रहरीले जनाएको छ । पर्चामा घिमिरेले सुकुमबासी…

बहुविवाह घटनाका आरोपित गिरफ्तार 

बहुविवाह गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-३ सरावलका ३२ वर्षीय दयानन्द चौधरी र रुपन्देही जिल्ला बुटवल नपा-७ की ३५ वर्षीया चौतारियादेवी थारुलाई भदौ ११ गते गिरफ्तार गरेको छ । ३० वर्षीया मिनाकुमारी थारुले आफू घरमा हुँदाहुँदै आरोपित दयानन्दले चौतारियादेवीसँग बहुविवाह गरेको आरोपसहित भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा-३ लगुनहाका २५ वर्षीय सञ्जय हरिजनलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ६ महिना पहिला बलात्कार गरेको र गर्भसमेत रहेको भन्दै पीडितको उचित व्यवस्थापन साथै क्षतिपूर्तिको माग र आरोपितलाई कारबाहीको माग गर्दै भदौ ११ गते प्रहरीमा उजुरी दिइएको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कावासोती नपा-१२ पिठौली निवासी ४७ वर्षीया उमाकुमारी सार्कीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५१ वर्षीय पति धनबहादुर सार्कीलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई साउन २७ गते बिहान २:३० बजेको समयमा दाउरा प्रहार गरी घरमै हत्या गरेको आरोप छ । सामान्य घरायसी विवादका कारण दुवै पक्षबिच भनाभन…

बलात्कार घटनाका पीडित पक्षद्वारा उजुरी दर्ता गर्न माग गर्दै प्रदर्शन

१४ वर्षीया बालिका बलात्कृत भएको भन्दै पीडित पक्षले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि हालसम्म उजुरी दर्ता नगरेको भन्दै पीडितका आफन्त र स्थानीयबासीले उजुरी दर्ता गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा दबाव स्वरूप प्रदर्शन गरेका छन् । पीडित बालिकालाई बर्दघाट नपा-१ का…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीलेसुनवल नपा-९ स्वाठीका १९ वर्षीय आशिष यादवलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ७ गते बलात्कार गरको भन्दै पीडित परिवारले साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ९ गते नै जिल्ला…

कारागारमा बन्दी वृद्धिसँगै बिमारीको चाप पनि बढ्यो

जिल्ला कारागार नवलपरासीमा १ सय ३० जना बन्दी क्षमता रहेकोमा हाल ३ सय ६२ जना बन्दी राखेपछि कारागारमा बिरामी हुनेको सङ्ख्यामा पनि वृद्धि भएको कारागार प्रशासनले जनाएको छ । गर्मी बढेसँगै दैनिकजसो ७ देखि ९ जना बिरामी हुने गरेको कारागारमा कार्यरत डा. दिपक अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिएका छन् ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विनयी त्रिवेणी गाउँपालिका-१ दमारका १७ वर्षीय सुरज मल्ललाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय नवलपुरमा साउन २ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १…