कम्लरीहरूको तत्काल उद्धार गर्न माग

छैठौ कम्लरी मुक्ति दिवसका अवसरमा असार १३ गते पूर्वकम्लरीहरूको सङ्गठन मुक्त कम्लरी विकास मञ्चले घोराहीमा आयोजना गरेको कार्यक्रममा मुक्तिको छैठौँ वर्ष लाग्दा पनि ४७ बालिकाले दासी जीवन बिताइरहेको भन्दै तत्काल उद्धार गरी पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन्  । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी १२ हजार…

June 29, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–५ का ३५ वर्षीय ध्रुव परियार नेपालीलाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असार ११ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपित उपर बलात्कार प्रयास…

June 27, 2019  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

२८ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ९ गते  राप्ती गाँउपालिका–१ का २१ वर्षीय समिर अलीलाई आठ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले अलीलाई दोषी ठहर गर्दै यस्तो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । पीडित महिलालाई अलीले ०७५ पुस…

June 26, 2019  
बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार ९ गते सल्यान जिल्ला  कपुरकोट गाँउपालिका–४ का २२ वर्षीय पुरूषोत्तम दमाईलाई १३ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले दमाईलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र पीडितलाई २ लाख ५० हजार रुपियाँ क्षतिपुर्ति…

June 25, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार ८ गते देउखुरीमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना दस्तावेजीकरण गर्ने काम वर्ष पुस्तकले गरेको भन्दै आगामी दिनमा मानव अधिकार उल्लङ्घन…

June 24, 2019  
सासू हत्याको कसुर ठहर गर्दै २० वर्षकैदको फैसला

घोराही उपमनपा-८ की ५६ वर्षीया दिलकुमारी बुढाको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले असार ४ गते ३२ वर्षीया बुहारी लालसरी बुढालाई २० वर्षकैदको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले २० वर्षकैद गर्ने फैसला गरेको हो । न्यायाधीश पंज्ञानीले तोकिएको कैद घटाएर १० वर्षबनाउन साधक जाहेर गरेको…

June 20, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा-३ घरभई तुलसीपुर बसपार्कस्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय मानबहादुर गुरुङ र बबई गाँउपालिका-५ घर भइ तुलसीपुर-६ का सवारी चालक ३३ वर्षीय किशोर खड्कालाई असार ३ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले ०७६ जेठ २१ गते बलात्कार गरेको भन्दै पीडितपक्षले…

June 19, 2019  
बलात्कार गरेको कसुरमा १७ वर्षकैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले असार २ गते घोराही उपमनपा-१२ का ३५ वर्षीय तेजबहादुर बस्नेतलाई १७ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले दोषी ठहर गर्दै १७ वर्षकैद र पीडितलाई ४ लाख ५० हजार रुपिँया क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको जिल्ला…

June 19, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा-६ का ३५ वर्षीय नविन शर्मालाई असार २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा असार २ गते उजुरी दिएको डिएसपी प्रेम शाहीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण…

June 17, 2019  
बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ३१ गते बबई गाउँपालिका–७ का २२ वर्षीय मनोज केसीलाई ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले ६ वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति उपलब्ध गराउने फैसला गरेको अदालतले जनाएको छ । पीडित बालिकालाई…

June 15, 2019