निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई विद्यार्थी नेता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य २८ वर्षीय हेमन्त जिसी र जिल्ला सचिव २० वर्षीय अमर खडकालाई प्रहरीले मङ्सिर १८ गते राति गिरफ्तार गरेको छ । तुल्सीपुर उमनपास्थित घोराहीमा डेरा गरी बसेका दुवै जनालाई प्रहरीले गिरफ्तार गरेको अनेरास्ववियु (क्रा.) दाङले जनाएको छ…

December 5, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा शिक्षकसहित पाँच जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले एकजना शिक्षकसहित पाँच जनालाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । प्रहरीले लमही नपा-३ स्थित सुर्यविनायक माविका फल्कापुरका ३२ वर्षीय शिक्षक रामा चौधरी, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३५ वर्षीय जनक बिक, सोही पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष २७ वर्षीय अनिल केसी, जिल्ला…

December 3, 2017  
दाङमा ६ ओटा मतदानस्थल अति सम्वेदनशील

दाङमा ६ ओटा मतदानस्थल अति सम्वेदनशील क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिले मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सम्वेदनशीलताको आधारमा मतदानस्थललाई वर्गिकरण गरेको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । कूल १ सय ५१ मतदानस्थल रहेको दाङमा ६ ओटा अति…

December 2, 2017  
इन्सेकद्वारा तुलसीपुर बम काण्डको स्थलगत अनुगमन, पीडित परिवार तथा सरोकारवालासँग भेटघाट

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगञ्जले तुलसीपुरमा भएको बम विष्फोटको घटनाको मङ्सिर १५ गते स्थलगत अनुगमन गरेको छ । क्षेत्रीय प्रमुख भोला महतको नेतृत्वमा आएको टोलीले मङ्सिर १२ गते तुलसीपुरमा भएको बम विष्फोटको घटनाका पीडित एवम् सरोकारवालाहरूलाई भेटघाट गरेको हो । अनुगमन टोलीमा इन्सेक क्षेत्रीय प्रमुख भोला महत,…

December 1, 2017  
बम विष्फोटनमा घाइते म्यादी प्रहरीको उपचारका क्रममा मृत्यु

चुनावी सभाको सुरक्षार्थ खटिएका बेला भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा मङ्सिर १३ गते मृत्यु भएको छ । मङ्सिर १२ गते नेपाली काङ्ग्रेसले तुलसीपुरको अरनिको मैदानमा आयोजना गरेको चुनावी सभालाई लक्षित गरी अज्ञात समूहले विरेन्द्र चोक नजिकै राखेको…

November 29, 2017  
चुनावीसभा नजिकै बम विष्फोट हुँदा म्यादी प्रहरीसहित नौ जना घाइते, चारजना नेपालगञ्ज रिफर

चुनावी सभा नजिकै बम विष्फोट हुँदा दाङको तुलसीपुरमा मङ्सिर १२ गते म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् । नेपाली काङ्ग्रेस दाङले तुलसीपुरको अरनिको मैदानमा आयोजना गरेको चुनावी सभालाई दिउँसो ४ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिरहेकै बेला करिब ५ सय मिटर पर अज्ञात समूहले बम विष्फोट गराएको थियो ।…

November 28, 2017  
नेपाली काङ्ग्रेसका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

दाङ निर्वाचन क्षेत्र नं. २ (१) का नेपाली काङ्ग्रेस उम्मेदवार भरतबहादुर न्यौपानेलाई लक्षित गरी मङ्सिर ११ गते अज्ञात समूहले बम विष्फोट गराएको छ । प्रदेस सभा उम्मेदवार न्यौपाने तुलसीपुर उपमनपा-१९ छिल्लीकोट पुगेर घोराही फर्कदैँ गर्दा अज्ञात समूहले सक्राम भन्ने स्थानमा बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले…

November 27, 2017  
नेपाल कम्युनिष्ट पार्टीको बन्दले वाम गठबन्धनका चुनावी सभा प्रभावित

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले मङ्सिर ६ गते वाम गठबन्धनद्वारा घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभा प्रभावित भएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न मितिमा २३ जना कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा जिल्ला बन्दको आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । बन्दका कारण चुनावी…

November 22, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पद्मोदय पब्लिक नमूना मावि भरतपुर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४५ वर्षीय दिपेन्द्र घर्तीसहित दुईजनालाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ । निर्वाचन सुरक्षाको कारण देखाउँदै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको दाङ प्रहरीले घोराही उपमनपा-१३ स्थित आफनै घरबाट गिरफ्तार गरेको पीडित परिवारले बताए…

November 18, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३५ वर्षीय निमबहादुर डाँगीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । बबई गाउँपालिका-५ बगरपुरस्थित आफ्नै घरमा सुतिरहेका डाँगीलाई रातिको करिब नौ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको हो । कात्तिक २८ गते नेपाल कम्युनिष्ट पार्टी…

November 15, 2017