यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ४१ वर्षीय बुबालाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गर्दै आएको र पछिल्लो पटक असोज २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज ३० गते उजुरी दिएका छन् । घटनाको मौखिक जानकारी…

October 18, 2019  
पुनर्स्थापनामा ढिलाई भएपछि जोखिम मोलेरै घर फर्कन थाले पहिरो पीडित

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेक पहिरो पीडितको पुनर्स्थापना गर्न ढिला भएपछि जोखिम मोलेरै घर फर्किन थालेका छन् । लुम्पेकको सिङ्दीमा अहिलेसम्म पहिरो रोकिएको छैन । वर्षा रोकिएपछि पनि सुख्खा पहिरोले पछिल्लो एक महिनामा एक दर्जन घर गोठ बगे । सो वडाका वडा सदस्य अर्जुन तरामुका अनुसार भर्खरै पनि खुमबहादुर तरामुको घर सुख्खा…

October 17, 2019  
कारगारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

गुल्मी कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारगारमा ८३ जना कैदीबन्दी रहेका छन् । 'घ' श्रेणीको जिल्ला कारागारमा पाँच महिला र २० पुरुष गरी २५ जनाको क्षमता छ । कारागारमा पुरूष ५० कैदी र थुनुवा २८, महिला कैदी तीन र…

October 15, 2019  
कैदीबन्दीमा उच्च रक्तचापको समस्या, मानसिक तनाव प्रमुख कारण

७३ वर्षीय कैदी धनबहादुर सुनार । असोज ११ गते तीन वर्षमा पहिलो पटक रक्तचापको जाँच । उनलाई उच्चरक्तचाप देखियो । डाक्टरले औषधि खान सुझाव दिए । सुनार आफैँ उमेर र पारिवारिक तवानले यो समस्या देखिएको बताउँछन् । मानव बेचबिखन मुद्दामा अदालतले उनलाई पाँच वर्षको कैद फैसला गरेको छ । ‘पाँच…

September 29, 2019  
वर्षौँदेखि लालपुर्जाविहीन दलित गाउँ

तेलबहादुर दमाई ८१ वर्षका भए । आफूपछि तीन पुस्ता फेरिए । पनाती समेत देखे । तर, आफ्नै जग्गाका लालपुर्जा देखेनन् । 'लुम्पेकी र अस्लेवाका ठालुहरूको सिमाको लडाईँले वर्षौँ अन्यायमा छौँ ।'-उनले भने । अझैसम्म लालपुर्जा छैन । हामीलाई हाम्रा अग्रजले सरापेका छन् ।' सत्यवति गाउँपालिका-१ अस्लेवाको परमबित्ता गाउँका २५ घर…

September 2, 2019  
पहिरोले विद्यालय बगाएपछि रुखमुनी पढाइ सञ्चालन

ठुला दुई पिपलको छहारी । करिब ३० जना स–साना बालबालिका । पानी परे ओत्दैन । ठुलो हावा चले बच्न मुस्किल । पहिरोले विद्यालय बगाएपछि ठुलोलुम्पेक सिङ्दीका बालबालिकाले यही ठाउँबाट भविष्य खोजिरहेका छन् । गत साउन ६ गतेको अविरल बर्षासँगै आएको पहिरोले सिद्ध आधारभुत प्राविको चार कोठे भवनलाई बगाएको छ ।…

August 31, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा छत्रकोट गाउँपालिका-२ का ४१ वर्षीय बाबुविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ८ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले भदौ ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए । त्यही तनावले बालिकाले आत्महत्याको…

August 26, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मालिका गाउँपालिका-२ का २१ वर्षीय काकाविरूद्ध पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ६ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा दिएको मौखिक उजुरी पश्चात भदौ ६ गते आरोपितलाई गिरफ्तार…

August 26, 2019  
प्रतिबिन्धत नेकपाका नेता पार्टी परित्यागपछि रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबिन्धत नेपाल कम्युनिष्ट पार्टीका नेता प्यूठान जिल्ला माण्डवी गाउँपालिका-२ मर्कावाङका ३८ वर्षीय राजेन्द्रबहादुर राउत क्षेत्रीले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा पार्टी परित्याग गरेको पत्र बुझाएपछि रिहा भएका छन् । प्यूठान प्रहरीले क्षेत्रीलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँची हुँदै असार २५ गते गुल्मी पुर्‍याएको थियो…

August 5, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ र १७ वर्षीया दुई जना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मदाने गाउँपालिका-७ का १९ वर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका-६ का २५ वर्षीय सुरज पन्थी र रेसुङ्गा नगरपालिका-४ का ३२ वर्षीय ओमबहादुर खत्रीलाई साउन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकाद्वयलाई आरोपितहरूले साउन १७ गते सामूहिक बलात्कार गरेको…

August 5, 2019