आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति हुने गरी इन्सेकसँग सहकार्य गर्र्ने प्रतिवद्धता

नेपालको संविधान ०७२ ले व्यावस्था गरेको मौलिक हक अन्तर्गतका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार नागरिकलाई प्रत्याभुत गर्ने गरी आगामी दिनमा इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने बुद्धभुमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुद्धभुमि नपा–२ गोरुसिंहेमा कात्तिक २२ गते आयोजना गरेको स्थानीय समुदायलाई…

November 11, 2019  
शिक्षा, स्वास्थ्य र आवासका अधिकार पाए मात्रै सम्बृद्ध नगरपालिका बनाउन सहज हुने

बाणगङ्गा नगरपालिकालाई सम्बृद्ध नगरपालिका बनाउन महिला, बालबालिका र पछाडि पारेको समुदायलाई माथि नउठाइ सम्बृद्ध नगरपालिका बन्न नसक्ने हुदा इन्सेकले सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकार सवालमा मिलेर काम गर्न आफूहरू तयार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम भट्टराईले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कपिलवस्तुले कात्तिक…

November 10, 2019  
सम्पतिको लालचमा छोराद्वारा आमाको हत्या

कपिलवस्तु नगरपालिका–८ दोहनीकी ५५ वर्षीया फूलमती कुर्मीलाई सम्पतिको लालचमा २५ वर्षीय छोरा कोठरी भन्ने सुरेन्द्र कुर्मीले कात्तिक १५ गते कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । छोराले मादक पदार्थ सेवन गरी कात्तिक १५ गते राति घरमा आमालाई कुटपिट गरी हत्या गरेको अवस्थामा कात्तिक १६ गते बिहान…

November 2, 2019  
१० बुँदे सहमतिपछि आफन्तले पाण्डेयको शव बुझे

१० बुँदे सहमतिपछि कृष्णनगरमा कात्तिक १४ गते प्रहरीको गोली लागि मृत्यु भएका सुरज पाण्डेयको शव आफन्तले बुझेका छन् । मृतक पाण्डेयको शव जिल्ला अस्पताल तौलिहवामा पोष्टमार्टमको प्रकृया पुरा गरी कात्तिक १५ गते परिवारलाई बुझाइएको छ । मृतकका परिवारले काजक्रिया बापत २५ हजार रुपियाँ बुझेका छन् । कात्तिक १५ गते तौलिहवामा…

November 2, 2019  
जनप्रतिनिधिद्वारा गरिएको तालाबन्दीका कारण लक्षित समूह समाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

जनप्रतिनिधिद्वारा गरिएको ताला बन्दीका कारण लक्षित समूह समाजिक सुरक्षाबाट वञ्चित भएका छन् । बुद्धभुमि नगरपालिकामा जनप्रतिधिहरूले ताला लगाएका कारण समाजिक सुरक्षा भत्ता वितरण कार्य प्रभावित बनेपछि लक्षित समूहले ताला खोलेर उक्त रकम वितरण गर्न माग गर्दै कात्तिक १४ गते नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । बुद्धभुमि नगरपालिका भित्र रहेका ज्येष्ठ…

November 2, 2019  
मूर्ति विसर्जनका क्रममा झडप पछि कर्फ्यु, प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

कृष्णनगर नपा–२मा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा कात्तिक १३ गते हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । मूर्ति विसर्जन गर्न जाने क्रममा  राती १० बजे दुवै पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । झडपले ठुलो रूप लिनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको…

October 31, 2019  
भारतबाट पाँच जना नेपाली बालबालिकाको उद्धार

कपिलवस्तु र रुपन्देहीका पाँच जना बालबालिकाहरूलाई ०७६ कात्तिक ९ गते भारतको गोरखपुरस्थित राजकीय बालगृहबाट शान्ति पुनःस्थापना गृह कपिलवस्तुले उद्धार गरेको छ  । उद्धार गरिएका बालबालिका नौ वर्षदेखि १५ वर्ष उमेर समूहका रहेका छन् । कपिलवस्तुका तीन जना बालक र रुपन्देहीका दुई जना बालिका रहेका छन् । भारतको गोरखपुरस्थित बालगृहबाट शान्ति…

October 27, 2019  
इन्सेक लगायत सङ्घ संस्थाको समन्वयमा अयोजित स्वास्थ्य शिविरमा ३ सय ३० जनाको उपचार

अनौपचारिक क्षेत्र  सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र बुद्धभुमि नपा–९ को समन्वय तथा सिटिजन लाइफ इन्सुरेन्स र न्यु बुटवल फर्माको आयोजनामा कात्तिक २ गते बुद्धभुमि नपा–९ इमिलियामा वृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । उक्त शिविरमा ३ सय ३० जनाको स्वास्थ्य परीक्षण गरिएको छ निःशुल्क स्वास्थ्य शिविरमा मुटु, छाति, पेट रोगका…

October 21, 2019  
गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट, अदालतद्वारा रिहा गर्न आदेश

जिल्ला अदालतले गैरकानुनी थुनामा रहेका दाङ जिल्ला तुलसीपुर उपमनपा–५का ६७ वर्षीय कृष्णबहादुर ओलीलाई रिहा गर्न असोज २६ गते आदेश दिएको छ । कृष्णबहादुर ओलीलाई मित छोरी सावित्रा चन्दको भारतको सिम्लामा मुटुको शल्यक्रियाका लागि रकम लिएर जाँदै गर्दा असोज १८ गते इलाका प्रहरी कार्यालय कृष्णनगरले ७ लाख ६० हजार ६ सय…

October 14, 2019  
जिल्लाका १० ओटै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गको गुनासो

जिल्लाका १० ओटै तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गका सेवाग्राहीहरूले गुनासो गरेका छन् । सरकारले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई दिने सामाजिक सुरक्षा भत्ता दशैँ अघि नै उपलब्ध गराउनु पर्नेमा दशैँपछि पनि नपाएपछि उनीहरू निराश बनेका छन् । चालु आर्थिक वर्षको साउनदेखि उनीहरूले सामाजिक सुरक्षा भत्ता…

October 12, 2019