मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित विरूद्ध उजुरी

छत्रदेव गाउँपालिका–३ की १४ वर्षीया बालिकालाई बेचबिखन गर्न लागेको आरोपमा भारत दिल्लीमा बसोबास गर्ने २२ वर्षीय अरुण खनाल, पाणिनी गाउँपालिका–७ की ४६ वर्षीया सरस्वती न्यौपाने र सन्धिखर्क नपा–५ की ४५ वर्षीया सावित्रा कुमालविरूद्ध पीडित पक्षले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितहरू जेठ ३२ गते विवाह…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा असार ५ गते सम्पन्न भएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले राज्यलाई सहयोग गरे मानव अधिकार उल्लङ्घनमा कमी हुने भन्दै राज्यलाई सहयोग गर्न आग्रह गरे । उनले भने–‘मानव अधिकारको…

इन्सेक प्रतिनिधिको पहलमा कर्तव्य ज्यानको उजुरी दर्ता

सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसीको कर्तव्य ज्यानसम्बन्धी उजुरी प्रहरीले इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाललगायत अधिकारकर्मीहरूको पहलपछि मात्र जेठ ३१ गते दर्ता गरेको छ । प्रहरीले उजुरी लिन नमानेको भन्दै पीडित पक्षले सहयोगको माग गर्दै अधिकारकर्मी तथा इन्सेक जिल्ला प्रतिनिधि भुसाललाई  जेठ १७ गते लिखित निवेदन पेश गरी सहयोगको…

जातीय विभेद अन्त्यका लागि सोच र दृष्टिकोणमा परिर्वतन आवश्यकः सरोकारवाला

जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जातीय भेदभाव अन्त्यको लागि गैरदलितहरूको सोच र दृष्टिकोणमा सकरात्मक परिर्वतन हुन आवश्यक रहेको बताएका छन् । सन्धिखर्कमा राष्ट्रिय मानव अधिकार आयोगको आयोजना  र इन्सेकको समन्वयमा सम्पन्न भएको कार्यक्रममा उनले जातीय छुवाछुतको अन्त्य गर्न गैर…

प्रहरीले उजुरी लिन नमानेको पीडित पक्षको आरोप

कर्तव्य ज्यान मुद्दाको उजुरी प्रहरीले लिन नमानेको भन्दै पीडित पक्षले सहयोगको माग गर्र्दै अधिकारकर्मी तथ इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाललाई जेठ १७ गते लिखित निवेदन दिएर सहयोग गर्न आग्रह गरेका छन् । जेठ १२ गते सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसी सोही ठाउँको एक होटलमा मदिरा सेवन गरेको सुनेपछि…

ज्येष्ठ नागरिकहरूको गुनासो–‘परिचयपत्र देखाउँदा समेत यातायातमा छुट पाइएन’

ज्येष्ठ नागरिकहरुले राज्यबाट प्राप्त हुने सेवा सुविधा अन्तरगत सार्वजनिक यातायातमा पाउनुपर्ने छुट परिचयपत्र देखाउँदा पनि नपाएको गुनासो गरेका छन् । ज्येष्ठ नागरिक कल्याण ऐनमा भएको व्यवस्था अनुसार सार्वजनिक यातायातको क्षेत्रमा ५० प्रतिशत  सहुलियत हुने व्यवस्था गरेको छ । राष्ट्रिय ज्येष्ठ नागरिक समाजका अध्यक्ष बुद्धिबहादुर रायमाझीले जान्ने सुन्ने व्यक्तिले केही सुविधा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा–१२ डिभर्नाका ३९ वर्षीय प्रेमबहादुर खड्कालाई वैशाख २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । कपिलवस्तु बुद्धभूमि नपाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी महिलालाई वैशाख २६ गते बलात्कार गरेको भन्दै पीडितले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको…

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख १४ गते सन्धिखर्कबाट गिरफ्तार गरेको छ । मालारानी गाउँपालिका₋६ साकिनधाराका २७ वर्षीय बालकृष्ण भलामी र भूमिकास्थान नगरपालिका₋३, का २१ वर्षीय शङ्कर शाहीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । बालकृष्ण भलामी ०७१ सालदेखि सो पार्टीमा सक्रिय रूपमा राजनीति गर्दै…

April 28, 2019  
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विष्णु राउत क्षेत्रीलाई प्रहरीले चैत २८ गते सन्धिखर्कबाट प्रहरीले गिरफ्तार गरेको छ । सरकारले सो पार्टीलाई राजनीतिक प्रतिबन्ध लगाएको तर उनले सरकारी सङ्घसंस्था तथा विद्यालयहरूमा शुल्क वृद्धि भएको र उक्त शुल्क खारेजसहित विभिन्न माग राख्दै ध्यानाकर्षण गराएको पाइएपछि उनलाई गिरफ्तार गरिएकाजिल्ला प्रहरी…

April 13, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला मल्लारानी गाउँपालिका-२ का ४० वर्षीय रामचन्द्र घर्ती मगरलाई चैत २२ गते गिरफ्तार गरेको छ । आरोपितले चैत २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपित विरूद्ध मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको…