जिल्लाका दुई मतदानस्थल अति संवेदनशील, नौ ओटा संवेदनशील

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितले जिल्लाका दुई मतदान स्थललाई अति संवेदनशील मतदान स्थालको रूपमा सूचीकृत गरेको छ । सितगङ्गा नपा ८ (साविकको जलुके गाविस) को चापँदीप मतदान केन्द्र र पाणिनी गाउँपालिका-५ (साविकको मैदान गाविस) को भर्तपुर मतदान केन्द्रलाइ अति संवेदनशील मानिएको छ । त्यसैगरी अन्य नौ…

बालबालिकालाई राजनीतिक गतिविधिमा सहभागी नगराउने राजनीतिक दलको प्रतिबद्धता

जिल्ला स्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूले बालबालिकाहरूलाई कुनै पनि राजनीतिक गतिविधिमा र स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने र नगराउने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र नागरिक समाजका सङ्घ सस्थाहरूको अगुवाइमा जिल्लामा क्रियाशील राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार…

मतदाता भन्छन – ‘भोट कसरी हाल्ने भन्ने सिकाउन कोहि आएनन्’

आगामी असार १४ गते हुने दास्रो चरणको स्थनीय तह निर्वाचनमा मतदान कसरी गर्ने भन्ने बारे कोही सिकाउन घर घरमा नआएको मतदातले गुनासो गरेका छन् । भुमिकास्थान नपाको नुवाकोट र खिल्जिका मतदाहरूले भने-'हामीलाई कसैले मतदान कसरी गर्ने ? मत कसरी बदर हुन्छ ? कसरी मतपत्र पट्याउने ? लगायतका विषयमा घरमा आएर…

मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको एक टोलीले आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका बारेमा जेठ १९ गते अर्घाखाँची जिल्ला अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत अनिश कुमार पौडेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी डिल्लिराज…

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

मालारानी गाउँपालिका-८ का २७ वर्षीय कृष्ण पाण्डेलाई माओवादी केन्द्रका कार्यकर्ताले सामूहिक आक्रमण गरी घाइते बनाएको आरोपमा पीडितले जेठ १६ गते प्रहरीमा उजुरी दिएका छन् । नेकपा एमालेका कार्यकर्ता पाण्डेले आफूलाई सोही ठाउँका २५ वर्षीय धार्मिक अर्याल, २६ वर्षीय श्याम थापा र २५ वर्षीय निराजन अर्यालको समूहले जेठ १५ गते दिउँसो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला घर भई अर्घाखाँची सन्धिखर्क-१ बस्ने ४१ वर्षीय अनावर सदा मियाँलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत वैशाख २९ गते बलात्कार गरी बन्धकसमेत बनाएको भन्ने सूचनाको आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका…

निर्वाचन पूर्व मानव अधिकारको अवस्थाबारे अनुगमन

स्थानीय तह निर्वाचन ०७४ को निर्वाचन पूर्व अनुगमन अन्तर्गत इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीले निर्वाचनको तयारी, राजनीतिक दलहरूबिचको सम्बन्ध, सुरक्षा अवस्था, सुरक्षा चुनौती, मतदात शिक्षालगायतका विषयमा विभिन्न सरोकारवाला निकायसँग भेटी निर्वाचन पूर्व मानव अधिकारको अवस्था र समग्र निर्वाचानको बारेमा अनुगमन गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय संयोजक शिव खकुरेलको नेतृत्वमा…

April 26, 2017  
मतदाता शिक्षाका बारेमा पछाडि पारिएको समुदायसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखराले वैशाख १२ गते स्थानीय तह निर्वाचन, मतदाता शिक्षाको बारेमा सितगङ्गा नगरपालिका-४, ठाडाका दलित समुदायसँग छलफल गरेको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकको क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरलेले स्थानीय तहको निर्वाचन, स्वच्छ, निष्पक्ष, र शान्तिपूर्ण बनाउन अभियान चलाएको बताएपछि…

April 26, 2017  
द्वन्द्वपीडितको गुनासो-'जतिसुकै परिर्वतन भएपनि हामीले न्याय पाएनौँ' 

मुलुकमा जतिसुकै परिर्वतन भए पनि सशस्त्र द्वन्द्वकालका पीडितले न्याय पाउन नसकेको एक कार्यक्रममा सहभागी द्वन्द्वपीडितले गुनासो गरेका छन् । 'विस्तृत शान्ति सम्झौता भएको दश वर्षपुरा भयो । यस बिचमा धेरै परिर्वतन भए । धेरै सरकार निर्माण भए तर कुनै सरकाले द्वन्द्वपीडितको घाउमा मल्हम लाउन सकेनन् । जतिसुकै परिर्वतन भए पनि…

April 10, 2017  
बलात्कार गरेको कसुरमा १३ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय एक बालकलाई जिल्ला अदालतले चैत २७ गते १३ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले आरोपितको बयान र प्रमाणको आधारमा जबरजस्ती करणी अन्तर्गत १० वर्षकैद र ५० हजार रुपियाँ जरिबाना, हाडनाता करणी अन्तर्गत तीन वर्षगरी…