बलात्कार कसुर ठहर गर्दै जन्म कैदको फैसला

दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले पुस २८ गते सितगङ्गा नपा–१२ का ६० वर्षीय टेकबहादुर पुनलाई  जन्म कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजालासले आरोपितलाई प्रमाण र बयानका आधारमा जन्म कैदको फैसला गरेको  जिल्ला अदालतका श्रेस्तेदार गम्भिर घिमिरेले बताउनु भयो ।…

January 15, 2020  
बलात्कार कसुर ठहर गर्दै सर्वस्वसहित जन्म कैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ६५ वर्षीय हजुरबुवालाई पुस २७ गते सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको इजलासले आरोपितको बयान र प्रमाणका आधारमा  उक्त फैसला गरेको  जिल्ला अदालतका नासु टेकराज गैरेले बताउनु भयो । आरोपितले  ०७६ फागुन २ गते…

January 13, 2020  
उच्च अदालतको आदेश पछि प्रतिबन्धित नेकपाका कार्यकर्ता रिहा

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सितगङ्गा नपा–१० का २४ वर्षीय  ऐनबहादुर बिकलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश पछि पुस २३ गते रिहा गरेको छ । उच्च अदालत तुलसीपुर, बुटवल  इजलासका न्यायाधीशद्वय शेषराज शिवाकोटी र मदन पोख्रेलको संयुक्त इजलासले पुस २३…

January 11, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सितगङ्गा नपा–१० का २४ वर्षीय ऐनबहादुर विकलाई प्रहरीले पुस १५ गते सन्धिखर्क बजारबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । विकलाई सरकारी कार्यालयमा चन्दा उठाउदै हिडेको आरोपमा गिरफ्तार गरिएको र आरोपित उपर चन्दा आतङ्क मुद्दा दर्ता गरी अनुसन्धान…

December 31, 2019  
मानव अधिकारका वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर २४ गते सन्धिखर्कमा सम्पन्न गरिएको छ । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले नेपालको मानव अधिकारको अभिलेखिकरण गर्ने भरपर्दो संस्था इन्सेक भएको र इन्सेकले औँल्याएका विषयहरू राज्यले सम्बोधन गर्न सके नेपालमा मानव अधिकारको प्रत्याभूति हुने बताउनु भयो । साथै…

December 12, 2019  
नगरपालिकाद्वारा इन्सेक जिल्ला प्रतिनिधि सम्मानित

मानव अधिकार सामाजिक न्याय र लैङ्गिक हिंसा न्युनिकरणमा सक्रिय भइ जिल्लामा अग्रणी भूमिका निर्वाह गरेको भन्दै इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसाललाई सम्मान गरिएको छ । सन्धिखर्क नगरपालिकाले अन्तर्राष्ट्रि«य मानव अधिकार दिवस तथा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको समापन समारोहमा मङ्सिर २४ गते इन्सेक जिल्ला प्रतिनिधिको रूपमा रही सन्धिखर्क नगरपालिका…

December 11, 2019  
इन्सेकको अगुवाइमा भ्रष्टाचार विरूद्धको दिवसमा हस्ताक्षर अभियान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा विभिन्न गैरसरकारी सङ्घसंस्थाहरूको सहकार्यमा भ्रष्टचार विरूद्धको दिवसको अवसमा भूमिकास्थानमा मङ्सिर २३ गते हस्ताक्षर सङ्कलन अभियान सम्पन्न भएको छ । भ्रष्टाचार विरूद्धको सहकार्य, सुशासनको लागि अपरिहार्य भन्ने मुल नारा सहितको व्यानरमा म भ्रस्टचार गर्दिनँ, सहन्न र दिन्न भन्ने शब्दावली उल्लेख गरिएको व्यानरमा नगरपालिकाका कर्मचारीहरू,…

December 11, 2019  
शिक्षकबाट कुटपिट गरिएका विद्यार्थीद्वारा प्रहरीमा उजुरी

पाणिनी गाउँपालिका–८ स्थित कमला माविमा कक्षा १० मा अध्यानरत १५ वर्षीय विद्यार्थी सागर नेपालीलाई अनुशासन बाहिर गएको आरोपमा कुटपिट गरेको भन्दै सोही विद्यालयका प्रधानाध्यापक ५१ वर्षीय गोविन्दराज पन्थीविरूद्ध पीडित पक्षले मङ्सिर २ गते पालिक प्रहरी चौकीमा उजुरी दिएका छन् । पीडित बालकलाई आरोपित शिक्षकले मङ्सिर १ गते कुटपिट गरेको पीडित…

November 20, 2019  
प्रतिबन्धित नेकपाको विरोध र्‍यालीमा बालबालिकाको प्रयोग

कालापानी, लिपुलेक लिम्पियाधुरालाई भारतको नक्सामा समेटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनले कात्तिक २४ गते आयोजना गरेको विरोध र्‍यालीमा विद्यालयमा अध्ययनरत बालबालिकाकोे प्रयोग गरेको पाइएको छ । उक्त पार्टीका विद्यार्थी कार्यकर्ता विद्यालयमा गई  अध्यनरत  बालबालिकाहरूलाई र्‍याली र जुलुसमा सहभागी बनाएको विद्यालयका शिक्षकहरूले बताएका छन् । विद्यालयमा…

November 12, 2019  
स्वास्थ्य सेवा प्रवाहका लागि इन्सेकको संयोजनमा अधिकारकर्मीहरूले ज्ञापनपत्र बुझाए

अस्पतालबाट नागरिकको स्वास्थ्य अधिकार सुनिश्चिता नभएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संयोजनमा जिल्लास्थित अधिकारकर्मीको टोलीले जिल्ला अस्पतालका प्रमुख जगनाथ तिवारीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएका छन् । जिल्ला अस्पतालमा राज्यले तोकेका निःशुल्क पाउने औषधिहरू नपाएको, जीवन विमा गराएबापत सेवा सुविधा नपाएको, जिल्ला अस्पतालको फार्मेसीमा औषधिहरू नभएको, दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको…

November 12, 2019