दरबन्दी अनुसार विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा

रोल्पा नपा–१० धबाङकी कमला नेपाली पाठेघरसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल रेउघा पुगिन् । तर विशेषज्ञ डाक्टरको अभावमा अस्पतालमा उपचार हुन नसकेपछि उनले बुटवल गएर उपचार गराइन् । नेपाली जस्तै अन्य बिरामी पनि सेवा नपाएपछि अन्यत्र गएर उपचार गराउँछन् । सानो समस्याका लागि महङ्गो रकम खर्च गरेर बाहिर जानु पर्ने बाध्यता…

October 13, 2019  
मनोसामाजिक समस्या भएको भन्दै १० बर्ष देखि बन्द कोठामा

सन्धिखर्क नगरपालिका–२ की ७७ वर्षीया ज्येष्ठ नागरिक दिलकुमारी भुसाललाई उनका परिवारले मनोसामाजिक समस्या भएको भन्दै १० वर्षदेखि बन्द कोठामा थुनेर राख्ने गरेका छन् । सामान्य मानोसमाजिक समस्या भएको आमालाई उपचार गराउनुको साटो उनका छोरा गुणानिधि भुसाल र बुहारी शोभा भुुसालको परिवारवारले चिसो कोठामा थुनेर राखेका छन् । पीडित महिला बस्ने…

October 13, 2019  
जिल्लाका १० ओटै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गको गुनासो

जिल्लाका १० ओटै तहले सामाजिक सुरक्षा भत्ता नदिएको लक्षित वर्गका सेवाग्राहीहरूले गुनासो गरेका छन् । सरकारले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई दिने सामाजिक सुरक्षा भत्ता दशैँ अघि नै उपलब्ध गराउनु पर्नेमा दशैँपछि पनि नपाएपछि उनीहरू निराश बनेका छन् । चालु आर्थिक वर्षको साउनदेखि उनीहरूले सामाजिक सुरक्षा भत्ता…

October 12, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रूपन्देही जिल्ला सेहरी गाउँपालिका–४ का ६३ वर्षीय विष्णुप्रसाद तिवारीलाई प्रहरीले असोज २३ गते गिरफ्तार गरेको छ । तिवारीलाई अराजक गतिविधि गर्न सक्ने आशङ्कामा रामग्राम नपा–५ परासीबाट गिरफ्तार गरीएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए  ।

October 11, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा–४ का ३२ वर्षीय देवबहादुर सुनारलाई असोज २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उक्त उजुरीका अधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला…

October 11, 2019  
जिल्लामा एम्बुलेन्स नहुँदा बिरामी मर्कामा, बोकेरै अस्पताल पुर्‍याउनु पर्ने समस्या

जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा आकस्मिक बिरामीलाई अस्पताल पुर्‍याउन समेत समस्या पर्ने गरेको छ । आकस्मिक बिरामी बोकेर अस्पताल पुर्‍याउँदा समयमा उपचार पाउन सकेका छैनन् । गाडी चल्ने ठाउँमा पनि  यात्रु गाडीको प्रयोग गरिन्छ  । जिल्लामा एम्बुलेन्स नहुँदा सुत्केरी व्यथा लागेका महिला तथा आकस्मिक जटिल खालका बिरामीलाई बोकेर स्वास्थ्य चौकीमा…

October 10, 2019  
स्थानीय तहमा कर्मचारीको अभाव, स्वास्थ्यचौकी इन्चार्जलाई वडा सचिवको कार्यभार !

भूमे, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका गरी तीन स्थानीय तह भएको रूकुम पूर्वका ३१ ओटा वडामा नौ जना मात्र वडा सचिव कार्यरत रहेका छन् । कर्मचारीको अभावका कारण यहाँका स्थानीयले दैनिक कामकाजमा बाधा खेपिरहेका छन् । भूमे गाउँपालिकामा नौ ओटा वडा रहेका छन् । जसमा चार जना सचिव मात्र कार्यरत…

October 9, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य माण्डवी गाउँपालिका–३ का ५० वर्षीय रणबहादुर थापालाई प्रहरीले असोज २१ गते गिरफ्तार गरेको छ । थापालाई घरबाटै गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताए ।

October 8, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–७ सोनपुरका २५ वर्षीय शालिकराम थारुलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते बलात्कार गरेको सूचना प्राप्त गरे लगत्तै इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको हो । पीडित पक्षले इलाका प्रहरी कार्यालय…

October 3, 2019  
कर्मचारी अभावले सेवा प्रवाहमा समस्या

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या परेको एक कार्यक्रमका सहभागी वक्ताहरूले औँल्याएका छन् । इन्सेक प्रदेश ५ कार्यालय, नेपालगन्ज, मानव अधिकार निगरानी समूह, माउण्टेन टेलिभिजन, रेडियो सद्भाव र राप्ती सोनारी गाउँपालिकाको सयुक्त आयोजनामा असोज १५ गते शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक टेलिभिजन सम्वाद कार्यक्रममा उपप्रमुख धनीकुमारी खत्रीले उक्त कुरा औँल्याएकी…

October 3, 2019