प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सांसदहरूद्वारा सर्वोच्चमा रिट दायर

विघटित प्रतिनिधि सभाको पुनःस्थापनाको माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका गरी…

May 24, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ९ गते)

जेठ ९ गते ७ हजार ५ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख १३ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ९ गते परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको…

May 23, 2021  
राष्ट्रपतिद्वारा नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने गरी सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार उक्त अध्यादेश जारी गर्नु भएको छ । अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई…

May 23, 2021  
कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेशमा कस्ता प्रावधान ? (अध्यादेशसहित)

मन्त्रिपरिषद्को बैठकले जेठ ५ गते पारित गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी ‘कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८’ मा स्वास्थ्य आपतकाल घोषणा गर्नेदेखि कोभिडको युनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मका व्यवस्था छ । अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड–१९ युनिफाइड अस्पतालका रूपमा राखिएको छ । केन्द्रीय अस्पताल स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने कुरा अध्यादेशमा उल्लेख छ ।…

May 23, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ८ गते)

जेठ ८ गते ८ हजार ५ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ५ लाख ५ हजार ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ८ गते परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।…

May 22, 2021  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चौरीदेउराली गाउँपालिका–९ गोठपानीकी २२ वर्षीया सुमिना गुरुङलाई जेठ १ गते हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति सोनाम लामालाई जेठ ६ गते गिरफ्तार गरेको छ । सुमिनाको कञ्चट र स्तनमा पिक र सावेलले प्रहार गरी हत्या गरी खाडलमा पुरेको भन्दै मृतकका बुबा तनहुँ जिल्ला बन्दीपुर नपा–४ का विष्णुबहादुर गुरुङले जेठ…

May 22, 2021  
प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि घोषणा

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि मध्यावधि निर्वाचन कात्तिक २६ र मङ्सिर ३ गते गरी दुई चरणमा हुने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । धारा ७६(७) बमोजिम प्रतिनिधि सभा विघटन गरी अर्को निर्वाचनके…

May 22, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ७ गते)

जेठ ७ गते ८ हजार ४ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ९७ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जेठ ७ गते परीक्षण गरिएकामध्ये ३८ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।…

May 21, 2021  
नवलपरासी घटनाप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को नेपाल भारत सीमा नाका नजिकैको प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले जेठ ६ गते विज्ञप्ति प्रकाशन गरी घाइतेलाई थप उपचारको लागि बुटवल लैजाने क्रममा मृत्यु भएको…

May 21, 2021  
एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९६ जना पीडित

इन्सेकले वैशाख महिनामा ५७ जना महिला र ३९ जना पुरुष गरी ९६ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाबाट पीडित भएको जनाएको छ । जेठ ७ गते वैशाख महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ वैशाख महिनामा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी ९६ जना पीडित भएका र चार ओटा…

May 21, 2021