नौ बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको २३ औँ साधारण सभा सम्पन्न

नौ बुँदे घोषणापत्र जारी गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २३ औँ साधारण सभा काठमाडौँमा कात्तिक २२ गते सम्पन्न गरेको छ । घोषण पत्रमा नेपालको संविधान लागु भएपश्चात मुलुकमा स्थापित सङ्घीय शासन प्रणाली र जनअधिकारको रक्षा, विकास र सचेतनाका लागि इन्सेकद्वारा राष्ट्रव्यापी अभियान सञ्चालन गरिने उल्लेख छ । त्यसैगरी…

November 9, 2019  
यौन दुर्व्यवहार गरेको कसुरमा एक महिना कैदको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कालिका नगरपालिका–३ मिलनचोकका २२ वर्षीय विजय वाइवाविरूद्ध एक महिना कैदको फैसला गरेको छ । पीडित बालिकालाई वाइवाले गत भदौ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले भदौ १८ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको थियो । प्रहरीले वाइवालाई सोही…

November 9, 2019  
एउटै वडाका ८५ प्रतिशत बासिन्दा लालपूर्जाविहीन

कमलामाई नगरपालिकाका एकै वडाका ८५ प्रतिशत जनसङ्ख्या ४८ वर्षदेखि लालपूर्जा विहीन छन् । कमलामाई नगरपालिका–९ को भिमान बजार र आसपासका १२ ओटा बस्ती २०२८ सालदेखि लालपूर्जा विहीन अवस्थामा बस्दै आएको छ । ती बस्तीका १ हजार ३३ परिवारले ४८ वर्षसम्म पनि लालपूर्जा पाएका छैनन । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र…

November 9, 2019  
सामाजिक अभियन्ताहरूको सक्रियतामा बाल विवाह रोकियो

राक्सिराङ गाउँपालिका–८ चे गाउँमा हुन लागेको बाल विवाह सामाजिक अभियन्ताहरूको सक्रियतामा रोकिएको छ । स्थानीय श्री आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ७ मा अध्ययनरत १७ वर्षीया बालिकासँग कात्तिक २१ गते चेपाङ समुदायको परम्परा अनुसार केटापक्ष विवाहका लागि पोङ राख्न आएको थाहा पाएपछि अभियन्ताहरूको पहलमा विवाह रोकिएको हो । दीगो विकासका लागि…

November 9, 2019  
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता

आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २, दाङ क्षेत्र नं ३ (ख), बागलुङ क्षेत्र नं २ (ख) र भक्तपुर क्षेत्र नं १ (क) का लागि कात्तिक २१ गते मनोनयन दर्ता सौहादैपुर्ण रूपमा सम्पन्न भएका खबर जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक कास्की जिल्ला…

November 8, 2019  
मरिण गाउँपालिकाका सबै वडाहरू सचिवविहीन

मरिण गाउँपालिकाका सबै वडा कार्यालय अढाई वर्षदेखि सचिवविहीन छन् । सरकारले पटकपटक गरी कर्मचारी समायोजन गरे पनि यहाँका वडाहरूमा सचिव छैनन् । वडामा सचिव नहुँदा वडाका कामकाज समयमा सञ्चालन गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ । २०७३ फागुन २७ गतेबाट साविक कपिलाकोट, कल्पवृक्ष र महादेवस्थान गाविसलाई समेटेर मरिण गाउँपालिकाको गठन…

November 7, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णु फुँयालले जानकारी दिए ।   पीडित बालिकाको स्वास्थ्य…

November 7, 2019  
सरकारले निःशुल्क गरेको औषधिमा शुल्क तिर्दै मिर्गौला बिरामी

मिर्गौलाका बिरामीलाई सरकारले निःशुल्क दिने भनेको औषधिमा बढी मूल्य तिरेर बिरामीले औषधि खरिद गर्न बाध्य भएका छन् ।   मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपको माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलोसिस गर्ने औषधिमा बिरामीले बढी मूल्य तिर्न बाध्य भएका हुन् ।   सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले…

November 7, 2019  
बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले कात्तिक २० गते भरतपुर महानगरपालिका–१२ का विजय सुनार, भरतपुर मनपा–१२ का सागर गौतम बिक, भरतपुर मनापा– १२ कै निशान गुरुङ र भरतपुर मनपा–८ का सुजन पौडेललाई ११ वर्ष कैदसँगै १ लाख रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ । अदालतका श्रेष्तेदार रुद्रमणी…

November 7, 2019  
यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद फैसला

सात वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा माडी नगरपालिकाका ४५ वर्षीय अमिर सुनारलाई जिल्ला अदालतले एक वर्ष कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराइको इजलासले कात्तिक २१ गते सो फैसला गरेको हो । पीडित बालिकालाई सुनारले गत जेठ २९ गते यौन दुर्व्यवहार गरेको…

November 7, 2019