न्यायको माग गर्दै गङ्गामाया छैठौं पटक आमरण अनसनमा
सशस्त्र द्वन्द्वको समयमा कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै गोरखा फुजेल-७ की गङ्गामाया अधिकारी साउन २७ गतेदेखि पुनः आमरण अनसन बसेकी छन् । उनले अनसन बसेको यो छैठौँ पटक हो । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको भोलिपल्ट छोराको हत्यामा संलग्नलाई…
स्थानीय स्रोतको सही परिचालन आवश्यकः अध्यक्ष प्याकुरेल
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्थानीय स्तरमा भएका स्रोतहरूको पहिचान गरी सही ढङ्गले परिचालन गर्न सके मात्र सभ्य समाजको निर्माणमा टेवा पुग्ने बताएका छन् । नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण परियोजनाको साउन २७ गते आयोजित समीक्षा कार्यक्रममा सम्बोधन…
गाविस सचिव नहुँदा भूकम्पपीडितका लागि अनुदान सम्झौतामा समस्या
गाविसहरूमा गाविस सचिव नहुँदा भूकम्प पीडितसँग पुनःनिर्माणको अनुदान सम्झौता गर्न समस्या परेको छ । अनुदान सम्झौताको लागि गाउँगाउँमा प्राविधिकहरूको टोली खटिएर गए पनि प्राविधिकहरू भने बेकामे बनेका छन् । भूकम्प पीडितहरूसँग अनुदान सम्झौता गर्न गाविस सचिवलाई जिम्मा दिइएको छ । तर, जिल्लाका ६८ गाविसमध्ये २८ गाविसमा गाविस सचिव नभएपछि अनुदान…
बलात्कार प्रयास गरेको ठहरमा २ वर्ष ६ महिना कैदको फैसला
अपाङ्गता भएकी ६३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको ठहर गर्दै भरतपुर उमनपा-२३ का ३४ वर्षीय बुद्धि सुनारलाई चितवन जिल्ला अदालतले साउन २६ गते २ वर्ष ६ महिना कैद सजाय फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त फैसला सुनाएको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । गत जेठ…
विद्यालयमा लगाइएको ताला ४६ महिनापछि खुल्यो
शिक्षक र अभिभावक बीचको विवादका कारण तालाबन्दी गरिएको कमलामाई नपा-४ जरायोटारमा रहेको मनकामना प्रावि ४६ महिनापछि साउन २४ गते खुलेको छ । तालाबन्दी खुलेपछि अहिले कक्षा कोठाभित्र पठनपाठन सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक बिनु खड्का र तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर रानाको मिलेमतोमा आर्थिक अनियमितता भएको, पढाइमा गुणस्तरता दिन…
गुठीको जग्गाको कारण भूकम्पपीडित अनुदान सम्झौताबाट वञ्चित
सरकारले भूकम्प पीडितहरूलाई निजी आवास निर्माणको लागि अनुदान रकम प्रदान सम्झौता प्रक्रिया अघि बढाए पनि नुवाकोटका तीन गाविसमा सयौं भूकम्पपीडित भने सम्झौताबाट वञ्चित भएका छन् । सरकारले गुठीको जग्गामा बस्नेहरूको लागि सम्झौता गर्ने नीति नबनाएको भन्दै गाविस सचिवले सम्झौता गराउन अस्वीकार गर्दै आएका छन् । जिल्लाको सबैभन्दा दुर्गम गाविस घ्याङफेदी,…
कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा साउन २५ गते हस्ताक्षरित विज्ञप्तिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनद्वारा प्रदत्त सुरक्षित रूपमा बाँच्न पाउने प्रत्येक व्यक्तिको जीवन र स्वास्थ्यको अधिकारबाट प्राकृतिक प्रकोपका कारण…
द्वन्द्व पीडितद्वारा न्यायको लागि पहल गरिदिन इन्सेकसमक्ष अनुरोध
सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी गर्ने अवधि सकिएको थाहा नपाएको भन्दै सशस्त्र द्वन्द्वका क्रममा यातना पाएर पीडित भएका भोटेनाम्लाङ्ग गाविस-८ का ५५ वर्षीय भाइकाजी गुरुङले साउन २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिसमक्ष न्यायको लागि पहल गरिदिन अनुरोध गरेका छन् । ०५४ चैत १४ गते इलाका प्रहरी…
बलात्कार प्रयास आरोपितविरुद्ध किटानी जाहेरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
२७ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपितविरुद्ध प्रहरीमा दिइएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले साउन २५ गते इन्सेकलगायतका अधिकारकर्मीहरूलाई बताएकी छन् । पीडितले बलात्कार प्रयास घटनामा संलग्नलाई कारबाही गर्न र आफूलाई न्याय दिलाई दिन अधिकारकर्मी र सञ्चारकर्मीसँग आग्रहसमेत गरेकी छन् । पिडा गाविस-६ का ३५ वर्षीय ज्ञानबहादुर मगरले ०७३…
भारतीय अधिकारकर्मी इरोम शर्मिलाले १६ वर्षलामो अनसन तोडिन्
भारतीय अधिकारकर्मी इरोम शर्मिलाद्वारा १६ वर्षलामो अनसन साउन २५ गते तोडेकी छन् । विशेष शक्तिसहित सेना परिचालन गर्ने ऐनविरुद्ध अनसनमा उत्रेकी शर्मिलाले आज अनसन तोडेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन् । द्वन्द्वमा पिल्सिएको भारतको उत्तर-पूर्वी राज्य मणिपुर निवासी ४४ वर्षीया शर्मिलाले आजै अदालतसामु उपस्थित भएर अनसन तोड्ने घोषणा गरेसँगै…