सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाद्वारा संसद् बैठक बहिष्कार
सरकार गठन गर्दा सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले व्यवस्थापिका संसदको कात्तिक २६ गतेको बैठक बहिष्कार गरेको छ । चार्डपर्व सकिएपछि पहिलो पटक बसेको संसद बैठकमा विषेश समय लिएर बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले तीन बुँदे सहमति कार्यान्वयन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बराम्ची गाविस-२ विश्वकर्मा टोलका ६० वर्षीय सुनबहादुर विकलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १४ गते आरोपित विकले बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय जलबिरेमा उजुरी गरेकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा…
तराई, मधेश र थरुहट आन्दोलनका क्रममा लागेका मुद्दाहरू फिर्ता
सरकारले तराई, मधेस र थरुहट आन्दोलनका क्रममा लागेका २ सय ८ ओटा मुद्दाहरूमध्ये ७४ ओटा मुद्दाहरू प्रचलित कानुनी व्यवस्था बमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले कात्तिक २५ गते विज्ञप्ति जारी गर्दै २२ ओटा मुद्दाहरूमा पूर्ण सफाई र पाँच ओटा मुद्दामा प्रचलित…
बहिर्गमित पूर्व लडाकुद्वारा आफ्ना मागसहित धर्ना जारी (फोटो फिचरसहित)
माओवादीका बहिर्गमित पूर्व लडाकुद्वारा नयाँवानेश्वरस्थित संसद भवन अगाडि कात्तिक २५ गते पनि आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनीहरूले नयाँ बानेश्वरमा आज दिनभर धर्ना दिएका छन् । विभिन्न सात बुँदे माग राख्दै उनीहरू कात्तिक २२ गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा छन् । कात्तिक २२ गते उनीहरूले एकीकृत नेकपा माओवादी केन्द्रको केन्द्रीय…
पत्रकारविरूद्ध अपराधजन्य दण्डहीनता बढ्दै गएकोप्रति सरोकारवालाद्वारा चिन्ता व्यक्त
सरोकारवालाहरूले देशमा व्याप्त दण्डहीनताको कारण पत्रकारमाथि भौतिक तथा पेशगात असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पत्रकारविरूद्ध हुने अपराधजन्य अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कात्तिक २४ गते काठमाडौँमा आयोजना गरिएको 'नेपालमा पत्रकार सुरक्षाः युनेस्कोको पत्रकार सुरक्षा सूचकका दृष्टिबिन्दुबाट विश्लेषण' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै सरोकारवालाहरू सो चिन्ता व्यक्त गरेका…
१ सय ९५ जना बालश्रमिक परिवारमा पुनःस्थापित
रत्ननगरका होटल तथा लजहरूमा कार्यरत १ सय ९५ जना बालबालिकालाई श्रमबाट मुक्त गरी परिवारमा पुनःस्थापना गरिएको छ । बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको रत्ननगर उद्योग बाणिज्य सङ्घले करिब तीन वर्षको अथक प्रयासपछि श्रमिक बालबालिकालाई श्रम मुक्त गरी परिवारमा पुनःस्थापना गरेको हो । सङ्घले ७४ जनालाई श्रमबाट मुक्त गरी…
घरजग्गाको स्वामित्वविहिन पीडितहरू अनुदानबाट वञ्चित
भूकम्पले घर भत्केकेा छ । उनीहरू १८ महिनादेखि टहरामा बस्दै आएका छन् । भूकम्पपीडितको रातो परिचयपत्र पनि उनीसँग छ । एक धुर पनि आफ्नो नाममा जग्गा नभएकाले भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदान रकम हाँडीखोला गाविस-७ का धोवे वनकरियाले पाउन सकेका छैनन् । उनी अनुदान…
स्वयम् उपस्थित भएर जवाफ दिन निलम्वित कार्कीलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतको कात्तिक २३ गतेको इजलासले म्याद तामेलीमा अवरोध गरेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीसहित चार जनालाई अदालतमा स्वयम् उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतको म्याद बुझन नमानेको र अवरोध गरेको भन्दै कार्कीसहित चारजनाविरुद्ध कारबाही गर्न माग…
न्यायाधीश अनुपस्थित हुँदा अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी सर्यो
चितवन अदालतका न्यायाधीश टेकनारायण कुवँर अनुपस्थित हुँदा कात्तिक २३ गते फैसला हुने भनिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी सरेको छ । यो मुद्दाको पेशी मङ्सिर १२ गतेलाई तोकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले बताए । फुजेलका अधिकारीको माओवादी सशस्त्र सङ्घर्ष उत्कर्षमा रहेका बेलामा चितवनको रत्ननगरमा तत्कालीन…
नियन्त्रण लिइएका बहिर्गमित पूर्व लडाकुको अवस्था बारे मानव अधिकारकर्मीद्वारा अनुगमन
बर्हिगमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकूहरूलाई प्रहरीले कात्तिक २३ गते बिहान एकीकृत नेकपा माओवादी केन्द्रको कार्यालयबाट प्रहरीले गिरफ्तार गरेपछि उनीहरूको अवस्था बारे मानव अधिकारकर्मीहरूले अनुगमन गरेका छन् । अनुगमनको क्रममा गिरफ्तारीमा परेका पूर्व लडाकूहरूको अवस्था सामान्य पाइएपनि पूर्व लडाकुहरूले भने धरपकडको क्रममा आफुहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका…