निर्वाचन आयोगद्वारा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने दुई चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका भदौ २६ गते सार्वजनिक गरेको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा कात्तिक ५ गते र दोस्रो चरणका ४५ जिल्लामा कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका आएको छ । त्यस्तै समानुपातिक…

September 12, 2017  
निर्वाचन आयोगद्वारा उपप्रधानमन्त्री गच्छदार र राज्यमन्त्री पुनसँग २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदार र जलस्रोत राज्यमन्त्री अमर सिंह पुनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । भदौ २४ गते निर्वाचन आयोगमा बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदार, राज्यमन्त्री अमर सिंह पुनसँग आचारसंहिता उल्लङ्घन गरेकाले किन कारबाही नगर्ने भन्दै…

September 10, 2017  
भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ २४ गते पनौती नपा-१ रयालेमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए । सार्वजनिक सुनुवाइमा सहभागीहरूले आफ्नै ढङ्गबाट बनाएका घरहरूलाई…

September 10, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-९ का २९ वर्षीय श्रीराम कार्कीलाई भदौ २३ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ३ गते बलात्कार गरेर फरार भएका आरोपित कार्कीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-८ बाट गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले…

September 9, 2017  
शिशु र सुत्केरीका लागि शैयाको व्यवस्था

भरतपुर अस्पतालमा अस्थायी रुपमा शैयाको व्यवस्थापन गरिएको छ । सुत्केरी वार्डमा भएको शैया अपुग भई सुत्केरी र शिशु भुइँमा सुत्न बाध्य भएकोमा अस्पतालले केही समयको लागि अस्पतालको प्यासेजमा शैयाको व्यवस्था गरेको हो । केही दिनअघि अनौपचारिक क्षेत्र सेाव केन्द्र (इन्सेक) अनलाइनमा शिशु र सुत्केरीको भुइँमै उपचार गराइरहेको समाचार प्रकाशन भएपछि…

September 9, 2017  
निःशुल्क वितरणको औषधि अभाव

सरकारले निशुःल्क रूपमा स्वास्थ्य संस्थामा उपलब्ध गराउँदै आएको औषधि नुवाकोटका स्वास्थ्य संस्थाहरूमा अभाव हुन थालेको छ । सरकारले समयमा नै औषधि उपलब्ध नगराउँदा स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले बताए । 'मौजुदा औषधि सकिएकोले स्वास्थ्य संस्थामा औषधि पठाउन समस्या भएको छ । १५…

September 9, 2017  
भ्रष्टाचारविरूद्धको राष्ट्रिय अभियान विभिन्न कार्यक्रमको आयोजना गरी सुरू

नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरूले भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान भदौ २३ गते देशव्यापि रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री, सभामुख, नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र तथा काठमाडौँ र ललितपुर महानगरपालिकाका कार्यालयमा पुगी भ्रष्टाचार विरूद्धको अभियानमा लग्न ज्ञापनपत्र बुझाएका छन् । यसैबिच ललितपुर महानगरपालिकाकी…

September 8, 2017  
विकास, वातावरण र मानव अधिकारका विषयमा आयोगद्वारा सरोकारवालासँग छलफल

राष्ट्रिय मानव अधिकार अयोगले विभिन्न सरोकारवालासँग विकास, वातावरण र मानव अधिकार विषयमा अन्तर्त्रिmयात्मक छलफल गरेको छ । भदौ २३ गते आयोगको कार्यालयमा विकास निर्माणका क्रममा वातावरणको विनास भइरहेको पर्रि्रेक्ष्यमा विकासलाई वातावरणमैत्री र मानव अधिकारमैत्री बनाउन पहल गर्ने उद्देश्यले छलफलको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष अनूपराज शर्माले मानव…

September 8, 2017  
मधेशी आयोगसम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले संविधानबमोजिमको मधेसी आयोगसम्बन्धी विधेयक, २०७४ सर्वसम्मतिले पारित गरेको राससले जनाएको छ । उक्त विधेयक उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारका तर्फबाट भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै भूमिसुधार मन्त्री दहितले विधेयकमा…

September 8, 2017  
हिरासतमा नै बालकको मृत्यु भएको भन्दै आफन्तद्वारा प्रशासनमा उजुरी

भोजपुर घर भई भीमेश्वर नपा-५ मावली घरमा बस्दै आएका १४ वर्षीय रवी केसीको प्रहरी हिरासत नै मृत्यु भएको भन्दै आफन्तले भदौ २३ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । बालक केसीलाई भदौ १८ गते चोरीको आरापमा प्रहरीले गिरफ्तार गरेको आफन्तले बताए भने प्रहरी कार्यालयले भदौ १९ गते गिरफ्तार गरेको…

September 8, 2017