संविधान संशोधन विधेयकमाथि बहस सुरु
सर्वोच्च अदालतमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि आजदेखि बहस सुरु भएको राससले जनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस सुरु भएको हो । निवेदक अधिवक्ता टीकाध्वज खड्काका तर्फबाट अधिवक्ताहरु शम्भु थापा, डा चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायतले बहस गरे…
बेचविखन गरेको कसुरमा २० वर्षकैदको फैसला
२४ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा जिल्ला अदालतले तनहुँ जिल्ला पूर्कोट-६ की ३७ वर्षीया शोभा सापकोटालाई २० वर्षकैद हुने फैसला गरेको छ । पुस १७ गते आइतबार भएको फैसलामा अतिरिक्त जिल्ला न्यायाधीश नारायण सुवेदीले २० वर्षकैदका साथै २ लाख जरिबाना र पीडितलाई १ लाख रुपियाँ पुनःस्थापना कोषबाट भराउने फैसला गरिएको…
सन् २०१६ मा नेपाली मिडियाः शान्तिपूर्ण तर दण्डहीनता कायमै
गएको एक वर्ष (सन् २०१६) मा नेपाली मिडियाले शान्तिपूर्ण वातावरण पाए पनि प्रेस स्वतन्त्रताविरुद्धका अपराधमा दण्डहीनता कायमै रहेको एक अध्ययनले देखाएको छ । फ्रिडम फोरमले पुस १६ गते सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनका अनुसार गत वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा भने कमी आएको छ । सन् २०१५…
आयोगलाई बलियो बनाउन स्थानीय तहमै सुझाव सङ्कलन सुरु
नेपालको संविधानको भावना अनुरुप विभिन्न समुदायको हकअधिकारको संरक्षण, सम्वर्द्धन र सशक्तीकरणका लागि गठन हुने आयोगको विधेयकमाथि स्थानीय तहमै पुगेर सुझाव लिन सुरु गरिएको राससले जनाएको छ । व्यवस्थापिका-संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले सुर्खेतमा समावेशी र धनगढीमा थारु आयोगको विधेयकमाथि छलफल गरी राय सुझाव सङ्कलन अभियान सुरु गरेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
शारिरिक अपाङ्गता भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौबिसे गाविस-३ का १९ वर्षीय उमेश रञ्जितकारलाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय खानीखोलामा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला…
वरिष्ठ साहित्यकार दीक्षितको निधनप्रति शोक व्यक्त
मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको पुस १४ गते बिहान निधन भएको छ । उनको निधनले नेपाली भाषा र साहित्यको क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै इन्सेक, जवाफदेहिता निगरानी समितिलगायतका सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा पुस १४ गते…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
७३ वर्षीया महिलालाई पुस १३ गते बलात्कार प्रयास गरेको आरोपमा आगिनचोक गाविस-२ का २३ वर्षीय च्यामे नेपालीलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका कारण घाइते भएकी पीडित महिलाको स्वास्थ्य उपचार सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हुन नसकेपछि जिल्ला अस्पतालमा लगेर उपचार गरिएको प्रहरीले जनाएको छ । पुस १४…
मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा ०७३ पुस १३ र १४ गते धुलिखेलमा आयोजित मानव अधिकार रक्षकहरूको राष्ट्रिय भेला मानव अधिकार रक्षकहरूको अधिकार संरक्षण गर्न ऐन बनाइ लागु गर्नुपर्नेलगायत सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मानव अधिकार रक्षकहरूको सुरक्षाका आवश्यक संयन्त्रसहित विशेष व्यवस्था गर्न र मानव अधिकार…
सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचनासम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समितिले सङ्घ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको कार्य विस्तृतीकरण गरी सोसम्बन्धी प्रतिवेदन पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको राससले जनाएको छ । मुख्यसचिव डा सोमलाल सुवेदीको संयोजकत्वमा रहेको समितिले नेपालको संविधानको अनुसूची ५, ६, ७, ८ र ९ मा…
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर उमनपा-१३ तोरीखेतका २० वर्षीय सुमन भनिने गाइने विकलाई जिल्ला अदालत चितवनले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले पुस १३ गते उक्त फैसला सुनाएको हो । साथै पीडितलाई महिला तथा बालबालिका कार्यालयबाट २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने गरी…