इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको सडक दुर्घटनामा ०७७ चैत ३१ गते मृत्यु भएको घटनाका दोषीउपर कारवाही सुनिश्चित गर्न इन्सेकले नियामक निकायसँग जोडदार माग गरेको छ । विगत दुई दशकभन्दा बढी समयदेखि इन्सेक अभियानमा आवद्ध कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका-४ निवासी पौडेलको मृत्यु भएको खबरले दुःखी बनाएको इन्सेकले जनाएको छ । इन्सेक…

April 14, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३१ गते)

चैत ३१ गते ४ सय ६० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार २ सय ३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७४…

April 13, 2021  
कोभिड–१९: परीक्षण गरिएकामध्ये ८ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ८.२१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले एक सातामा २८ हजार १ सय ८२ ओटा स्वाब परीक्षण गर्दा २ हजार ३ सय १४ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा ८ सय २३ जना सङ्क्रमित…

April 13, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै आरोपित लामाविरुद्ध पीडितका आफन्तले चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले बताउनु भयो…

April 12, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा एक्लै बसिरहेको अवस्थामा डर, धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितका आफन्तले ०७७ चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको…

April 12, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)

चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार १ सय ५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७४…

April 12, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा भीमसेन गाउँपालिका–६ घर भई विदुर नगरपालिका–५ देविघाट बस्दै आएका ४७ वर्षीय कलमउद्धिन मियाँलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ । घरमा कोही नभएको समयमा चैत २५ गते दिउँसो पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयमा…

April 11, 2021  
अधिकारीको हत्याका आरोपितलाई उच्च अदालतद्वारा सफाइ

उच्च अदालत पाटनको हेटौँडा इजलासले सशस्त्र द्वन्द्वको समयमा चितवनको बकुल्लहर चोकमा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपितलाई चैत २९ गते सफाइ दिएको छ । आफ्ना छोरा कृष्णप्रसादको हत्या गरेको आरोपमा कारबाहीको माग राखी गोरखा फुजेल निवासी छविलाल पौडेलसहित १२ जनाविरुद्ध बुबा नन्दप्रसाद र दाजु नुरप्रसाद अधिकारीले चितवन जिल्ला अदालतमा…

April 11, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत २९ गते)

चैत २९ गते ३ सय ३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार १ सय २५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७४ हजार २७…

April 11, 2021  
भूकम्पले भत्केको विद्यालय अझै बनेन, भवन अभावले विद्यार्थी टहरामा

२०७२ को विनाशकारी भूकम्पका कारण विस्थापित भई  उत्तरगया गाउँपालिका–५ खाल्टेमा रहेको क्याम्पमा बस्तै आएका ५ सय ६० बालबालिकाकालागि पढ्ने विद्यालय नहुँदा समस्यामा परेका छन् । नेपालको संविधानले आवासको हक नागरिकको मौलिक हकका रूपमा समेटिए पनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा बालबिलका अझैसम्म अस्थायी टहरामै…

April 11, 2021