दुई विद्यार्थी सङ्गठनबिच भएको झडपमा दुई जना घाइते

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अखिल र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बिच पुस १९ गते झडप भएको छ । सामाजिक सञ्जालमा कक्षा कोठाको विषयमा गरेको पोष्टलाई लिए दुई विद्यार्थी सङ्गठनका विद्यार्थीबिच झडप भएको हो । झडपमा अखिलका विद्यार्थी किसन घिमिरे र विकलचन्द्र श्रेष्ठ…

January 3, 2018  
प्रदर्शनका क्रममा आन्दोलनकारी विद्यार्थी र प्रहरीबिच झडप्, ६ जना घाइते

नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विभिन्न माग गर्दै पुस १८ गते काठमाडौँमा प्रदर्शन गरेपछि प्रहरीसँग भएको झडपमा परी आन्दोलनकारी दुई जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थीले प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न, पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ता गर्न, नयाँ सरकार गठनको…

January 2, 2018  
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला   

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चितवन जिल्ला अदालतले रत्ननगर-१२ बस्ने २९ वर्षीय करण घिमिरेलाई १० वर्ष कैद गर्ने फैसला गरेको छ । साथै अदालतले घिमिरेबाट ५० हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई भराउन समेत फैसला गरेको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले पुस १७ गते यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी…

January 2, 2018  
पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौँबाट सञ्चालित तीव्रखबर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले पुस १६ गते विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव रमेश बिष्टले सो अनलाइनका कार्यकारी सम्पादक रोशन कार्कीलाई चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर,…

December 31, 2017  
मानव अधिकारको रक्षाका लागि दण्डहीनताको अन्त्य आवश्यकः अधिकारकर्मी

मानव अधिकारको रक्षाका लागि दण्डहीनताको अन्त्य आवश्यक रहेको एक कार्यक्रममा मानव अधिकारकर्मीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय काठमाडौँले पुस १६ गते काठमाडौँमा आयोजना गरेको सन् २०१७ को पछिल्ला ६ महिनाको मानव अधिकार अवस्था विषय अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले यस्तो बताएका हुन् । समुदायमा महिला तथा…

December 31, 2017  
जातीय विभेद गरेको कसुरमा २ हजार रुपियाँ जरिबाना, पीडितलाई २५ हजार क्षतिपूर्ति

गोकुलगङ्गा गाउँपालिका-४ का ४० वर्षीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा प्रवेश गरेको आरोपमा जातीय विभेद गरेको कसुरमा चार जनालाई जिल्ला अदालत रामेछापले जनही २ हजार रुपियाँका दरले जरिबाना गरेको छ । साथै अदालतले पीडितलाई आरोपितहरूबाट २५ हजार रुपियाँ जरिबाना भराउन निर्णय गरेको छ । न्यायाधीश कृष्णप्रसाद पौडेलको इजालसले पुस १६ गते सो…

December 31, 2017  
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले उदयपुर र सर्लाहीमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ । इन्सेक उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काका अनुसार सन् २०१७ मा उदयपुरमा ६३ ओटा मानव अधिकार विरूद्धका घटनाहरू अभिलेख गरिएको छ । मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशनको पुर्वसन्ध्यामा पुस १५…

December 30, 2017  
भूकम्पपीडितका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम पुस १४ गते ललितपुर महानगरपालिका-१९ स्थित अग्नीशालामा सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा भूकम्पपछि पीडितको अवस्था, राज्य पक्षबाट पाएको राहत तथा सहयोग बारे छलफल भएको थियो । कार्यक्रममा भूकम्पपीडितहरूले आफूले पाएको आर्थिक सहयोग सन्तोषजनक नभएको गुनासो गरे । स्थानीय…

December 30, 2017  
राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश पुस १४ गते प्रमाणीकरण गरेकी छन् । सरकारले राष्ट्रियसभाको निर्वाचन एकल सङ्क्रमणीय निर्वाचन प्रणालीद्वारा गर्ने निर्णय गर्दै सोसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो । तर, राजनीतिक दलहरूको विवादका कारण राष्ट्रपतिले सो अध्यादेश प्रमाणीकरण नगरी सहमति एवम् सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्दै…

December 29, 2017  
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सन् २०१७ मा सङ्कलिन मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व समीक्षा बैठक पुस १४ गते धनुषा, पर्सा, चितवन, ललितपुर र बारा जिल्लामा सम्पन्न भएको छ । धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार इन्सेकको आयोजनामा पुस १४ गते जनकपुरमा नेपाल मानव…

December 29, 2017