भदौ ३ गतेसम्म नाम दर्ता गराएकालाई मतदानको अधिकार

आगामी मङ्सिर १० गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भदौ ५ गतेसम्म १८ वर्षउमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम रहेकाहरूले मात्र मतदान गर्न पाउने भएका छन् । भदौ ८ गते बसेको निर्वाचन आयोगको बैठकले सरकारले निर्वाचनको मिति तोकेको दिन भदौ ५ गतेसम्म १८ वर्षउमेर…

August 25, 2017  
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले यसअघि पनि स्थानीय तहको पहिलो र…

August 25, 2017  
भरतपुरमा आचार्य र काफ्लेको पक्षमा फैसला

उच्च अदालत पाटन अन्तर्गत हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाभ कर्णको इजलासले भरतपुर महानगरपालिका वडा नम्बर ४ र ७ का वडा अध्यक्षका विषयमा परेको निवेदन खारेज गरेको छ । उपेन्द्रराज सापकोटा र श्यामप्रसाद लामिछानेले उच्च अदालतमा पुनः मतगणनाको माग राख्दै वडा अध्यक्षमा विजयी वडा नं ४ का हरि आचार्य र वडा नं…

August 25, 2017  
भूकम्प पीडितद्वारा घर निर्माणका लागि काठ उपलब्ध गराउन माग

भूकम्पले भत्किएको घर निर्माणको लागि सालको काठ उपलब्ध गराउन बेलकोटगढी नपा-२ का भूकम्प पीडितहरूले माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा र जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रको सहयोगमा भदौ ६ गते कुमरीमाआयोजित भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले घर बनाउनको लागि गाउँमा काठको अभाव…

August 24, 2017  
कथित बोक्सी आरोपमा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

कथित बोक्सीको आरोपमा अभद्र ब्यवहार गरेको भन्दै चौतारा साँगाचोकगढी नपा-१ स्थित स्याउलेकी ४२ वर्षीया रसमाया तामाङले सोही ठाउँका ४० वर्षीय तोकबहादुर तामाङविरुद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले भदौ ६ गते दिउँसो स्थानीय खर्कमा कथित बोक्सीको आरोप लगाउँदै खुर्पा देखाएर ज्यान मार्ने धम्की…

कानुनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानुन नबन्दा काममा ढिलाइ भएको राससले जनाएको छ । नेपालको संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका र नगरपालिकाले  उपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था छ । समितिमा गाउँसभा वा…

August 23, 2017  
माग पुरा नगरेको भन्दै आन्दोलनकारीबाट त्रिविका भीसी, रेक्टर, र रजिष्ट्रार कार्यालयमै थुनिए

आन्दोलनरत आंशिक प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई भदौ ६ गते साढे ४ बजेदेखि राति ९ बजेसम्म थुनेका छन् । आन्दोलनरत आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पस बल्खुभित्रै थुनेका हुन् । आंशिक प्राध्यापक सङ्घको नेतृत्वमा गत वैशाख १ गतेदेखि आन्दोलनरत आंशिक प्राध्यापकहरूले आंशिक सेवालाई खारेज गर्न र करार…

August 22, 2017  
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्छःनिर्वाचन आयोग

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुन सक्ने बताएका छन् । प्रमुख आयुक्त यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले मङ्सिर १० गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अर्को चरणमा पनि…

August 22, 2017  
गाउँ कार्यपालिका बैठकमा माओवादी आक्रमणको निन्दा

थाक्रे गाउँ कार्यपालिका बैठकमा आक्रमण गरेको विषयमा जिल्लामा क्रियाशील विभिन्न निकायहरूले भदौ ६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी भत्सर्ना गरेका छन् । थाक्रे गाउँपालिका-६ स्थित गाउँ कार्यपालिकाको भदौ ४ गते बैठक चलिरहेको अवस्थामा बैठक कक्षभित्र प्रवेश गरी नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापाको नेतृत्वमा आएका ७० जनाको समूहले जथाभावी आक्रमण गरेको…

August 22, 2017  
दुई तिहाइ नपुग्दा संविधान संशोधन विधेयक अस्वीकृत

व्यवस्थापिका-संसदबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ दुई तिहाइ मत नपुग्दा अस्वीकृत भएको राससले जनाएको छ । भदौ ५ गते बसेको संसद्को बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य…

August 21, 2017