आचारसंहिता विपरीत राखिएका चुनावी सामग्री हटाउन निर्देशन
मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधीहरू एवम् उम्मेदवारहरूलाई २४ घण्टा भित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामग्री हटाउन निर्देशन दिएका छन् । भक्तपुर जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर १० गते आयोजना गरेको आचार संहितासम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । भक्तपुरको विभिन्न स्थानमा…
झडपलाई नियन्त्रणमा लिन हवाई फायर, अवस्था समान्य
बलेफी गाउँपालिका-८ को टोकास्थित कालीदेवी प्रावि मतदान केन्द्रमा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाउने र नपाउने पक्षबिचको विवादका कारण भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । झडपमा बेलफी गाउँपालिका वडा नं. ८ का वडा सदस्य…
शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्नः निर्वाचन आयोग
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचन मङ्सिर १० गते ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ । पहिलो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विषयमा मङ्सिर १० गते आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधि…
निर्वाचन शान्तिपूर्ण, सरकारबाट आचारसंहिता उल्लङ्घन बढी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्ना पर्यवेक्षकहरूबाट प्राप्त सूचनाका आधारमा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन आजै निर्वाचन आयोगमा बुझाएको छ । पर्यवेक्षण प्रतिवेदनसँगै आचारसंहिताको उल्लङ्घनका तथ्याङ्कहरूसमेत आयोगमा पेश गरिएको र उक्त तथ्याङ्कमा आचारसंहिता उल्लङ्घनका घटना सरकारबाटै बढी भएको जनाएको छ । इन्सेकले मङ्सिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश…
प्रदेश नं. ३ अन्तर्गतका ६ जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सुरू (अपडेट-१ बजे)
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ३ अन्तर्गतका रामेछाप, दोलखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ६ जिल्लामा मङ्सिर १० गते बिहानबाट शान्तिपूर्ण रूपमा निर्वाचन सुरू भएको सूचना जिल्ला प्रतिनिधिहरूबाट प्राप्त भएको छ । जिल्ला प्रतिनिधिहरूबाट प्राप्त सूचना अनुसार दोलखा र धादिङ जिल्लामा लोकतान्त्रिक…
लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबाट मतदातालाई आवरोध, पाँच जना गिरफ्तार
तामाकोशी गाउँपालिका- ३ स्थित हेल्थपोष्ट भवन मतदान केन्द्रमा आउँदै गर्दा सोही ठाउँका ७७ वर्षीय रुद्रप्रसाद पोखरेल गुलेलीले हानेको ढुङ्गाले लागेर घइते भएका छन् । घाइते पोखरेलको पिडुँलामा चोट लागेको छ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले मतदान केन्द्रमा आउने मतदाताहरूलाई ढुङ्गा र वीयरको बोतलले हानी अबोरोध गरेपछि सो ठाउँमा थप सुरक्षाकर्मी परिचालन…
धादिङ खनीयवासस्थित मतदान केन्द्र 'कब्जा'मा लिएको आरोप
खनीयावास गाउँपालिका-२ स्थित बेन्दी देवी मावि मतदान केन्द्रमा मङ्सिर १० गते लोकतान्त्रिक गठबन्धनले बाम गठबन्धनका कार्यकर्तामाथि अक्रमण गरी सो मतदान केन्द्र 'कब्जा'मा लिएको बाम गठबन्धनको आरोप छ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले बाम गठबन्धनका कार्यकर्ताहरूलाई कुटपिट गर्दै मतदान केन्द्र कब्जामा लिएपछि मतदान सुरू हुन नसकेको स्थानीय मङ्गोल तामाङले बताए । आक्रमणमा…
मतदान सुरू, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि सुरू भएको राससले जनाएको छ । प्रदेश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश…
निर्वाचनको सम्पूर्ण तयारी पूरा, उत्साहका साथ मतदानमा सरिक हुन आयोगको आग्रह
निर्वाचन आयोगले पहिलो चरणमा भोलि मङ्सिर १० गते बिहान ७ बजेदेखि अपराहृन ५ बजेसम्म हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद…
करारमा नियुक्तिका लागि दरबन्दी थप्न आयोगको असहमति
त्रिभुवन विश्वविद्यालयले करारमा दरबन्दी थपका लागि मागेको सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेको राससले जनाएको छ । उक्त विश्वविद्यालयमा कार्यरत आङ्शिक प्राध्यापकलाई करारमा नियुक्तिका लागि १ हजार ४ सय २० दरबन्दी थप गर्न सहमति माग भएको थियो । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको आज बसेको बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेको…