सरकारले कार्यकर्तालार्इ बाँड्यो १६ करोड
निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपियाँ वितरण गरेको छ । यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो । सरकारबाट आर्थिक सहायताको नाममा रकम बुझ्ने कार्यकर्ताले औषतमा एकजनाले एक लाख २३ हजार ४ सय…
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार
तारकेश्वर गाउँपालिका-२ तारूकाकी २२ वर्षीया सविना अधिकारी र उनका २३ वर्षीय देवर विनोद अधिकारीलाई नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ । नवजात शिशुको मङ्सिर १२ गते जन्मिनासाथ हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश भट्टराईले जानकारी दिए ।
देशमा भइरहेका गम्भीर घटनाप्रति आयोगद्वारा दुःख व्यक्त
मुलुकका विभिन्न ४५ ओटा जिल्लाहरूमा प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा हिंसात्मक घटनाहरूमा बृद्धि भइरहेको अनुगमनबाट पाइएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । मङ्सिर १२ गते दाङको तुलसीपुरमा राजनीतिक दलको आमसभास्थल नजिकै बम विष्फोट हुँदा सात जना सुरक्षाकर्मी घाइते भएको र म्यादी प्रहरी विनोद चौधरीको…
देशका विभिन्न ठाउँमा बम विष्फोट
सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार को धनगढीमाई नपा-७ स्थित जिरोमाइलमा मङ्सिर ११ गते राति अज्ञात समूहले बम विष्फोट गराएको छ । अज्ञात समूहले पूर्वबाट पश्चिमतर्फगइरहेको जिपबाट प्रेसर कुकर बम फयालेर राति ८ः३० बजेतिर विष्फोट गराएको स्थानीयवासीहरूले बताए । बम विष्फोट सडक छेउको झाडीमा भएकोले मानवीय तथा भैतिक क्षति नभएको…
महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत मोटरसाइकल र्याली
महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत रामेछापमा विभिन्न कार्यक्रम भएका छन् । 'लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ: कोहि नछुटौँ' भन्ने मुल नाराका साथ सुरू भएको १६ दिने अभियान अन्तर्गत जिल्ला सदरमुकाम मन्थलीलगायत अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रमहरू सञ्चालन भएका छन् । अभियान अन्तर्गत सदरमुकाम मन्थलीमा मङ्सिर १२ गते…
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा एमाले विरूद्ध उजुरी
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाहीको माग सहित मङ्सिर १२ गते आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्दै एमालेले आचारसंहिता उल्लङ्घन गरेको भन्दै काठमाडौँ महानगरपालिका वडा नं. ३२ का अमृत कार्कीले उजुरी दर्ता गराउँदै कारबाहीको माग गरेका…
उपसचिवहरूको काज सरुवा बदर गर्न गृह मन्त्रालयलाई निर्देशन
निर्वाचन आयोगले मङ्सिर ११ गते निर्वाचन आचारसंहिता विपरीत हुने गरी नेपाल प्रशासन सेवाका ६ जना उपसचिवको काज सरुवा गर्ने गृह मन्त्रालयको निर्णयलाई अभिलम्ब बदर गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले आयोगको स्वीकृति नै नलिई तीन जना प्रमुख जिल्ला अधिकारी सहित ६ जना उपसचिवलाई काज सरुवा गर्ने निर्णय गरेको थियो…
उम्मेदवारको गाडीमा आगजनी प्रयास, एकजना अरोपित गिरफ्तार
चितवनमा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनाव विरोधी गतिविधि बढेका छन् । सर्वसाधरणलाई आतङ्कित पार्ने र उम्मेदवारलाई लक्षित गरी आक्रमणका घटना सार्वजनिक भइरहेका छन् । यस्ता गतिविधिमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको चितवन प्रहरीले जनाएको छ । मङ्सिर ११ गते बिहान ४ बजेको समयमा रत्ननगर नपा-२ स्थित चितवन…
राप्रपा प्रजातान्त्रिकका महामन्त्री ध्रुवबहादुर प्रधानसँग आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) का महामन्त्री तथा उक्त पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानले आचारसंहिता उल्लङ्घन गरेकोमा २४ घण्टा भित्रमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । मौन अवधि शुरू भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र आफ्नो पार्टीको निर्वाचन चिन्ह राखी प्रचारप्रसार गरेको र…
आचारसंहिता विपरीत राखिएका चुनावी सामग्री हटाउन निर्देशन
मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले दलका प्रतिनिधीहरू एवम् उम्मेदवारहरूलाई २४ घण्टा भित्र आचारसंहिता विपरीत राखिएका सबै प्रचार सामग्री हटाउन निर्देशन दिएका छन् । भक्तपुर जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्सिर १० गते आयोजना गरेको आचार संहितासम्बन्धी छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । भक्तपुरको विभिन्न स्थानमा…