प्रहरी हिरासतमा राखेर यातना दिएको भन्दै प्रहरी चौकी घेराउ
आफन्तलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा राखेर यातना दिएको भन्दै जेठ २ गते स्थानीयले इलाका प्रहरी कार्यालय बाह्रबिसे घेराउ गरेका छन् । लिसङ्खुपाखर गाउँपालिका-६ स्थित सिलढुङ्गाको एक पसलमा काम गरी बस्ने सोही ठाउँका विजय श्रेष्ठ, हेमराज पाण्डे र रविन पाण्डेलाई जेठ २ गते बिहान चोरीको आरोपमा प्रहरीले…
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला घर भएका ३० वर्षीय सोनामसिं गुरुङलाई जिल्ला अदालतले ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले जेठ २ गते गुरुङलाई ६ वर्षकैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसला गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ वैशाख ५…
पत्नीको हत्या गरेको कसुरमा जन्मकैद
२६ वर्षीया रेखा राउतलाई कुटपीट गरी हत्या गरेको कसुरमा जिल्ला अदालत चितवनले जेठ २ गते भारत पूर्वी चम्पारण घर भई मजदुरीको क्रममा भरतपुर महानगरपालिका-३ बेलचोकमा बस्दै आएका ३५ वर्षीय पति पप्पु राउतलाई जन्म कैदको सजाय सुनाएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले उक्त साजय सुनाएको हो । ०७४ जेठ २१…
मेयर श्रेष्ठमाथि आक्रमण भएको एक महिनापछि घटनाका आरोपित गिरफ्तार
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई आक्रमण गर्न योजना बनाएको आरोपमा प्रहरीले झण्डै एक महिनापछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कुशल बोगटीलाई जेठ १ गते गिरफ्तार गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका रुप्सा घर भई हाल भक्तपुर सल्लाघरीमा बस्दै आएका…
बलात्कार घटनाका अदालतबाट दोषी करार व्यक्ति ३३ वर्षपछि गिरफ्तार
बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेको तर ३३ वर्षदेखि फरार रहेका गढी गाउँपालिका-४ का ५० वर्षीय रामशरण थापालाई प्रहरीले जेठ १ गते गिरफ्तार गरेको छ । थापालाई २०४२ जेठ ९ गते जिल्ला अदालत मकवानपुरले बलात्कार गरेको ठहर गर्दै सात वर्षकैद गर्ने फैसला गरेको थियो । २०४० सालमा थापाले हाडनाता पर्ने…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
५५ वर्षीया महिलालाई वैशाख २२ गते बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का ३५ वर्षीय किरण बस्नेतविरुद्ध पीडित पक्षले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । अपाङ्गता भएकी पीडित महिलालाई बलात्कार गरेको भनी प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले बताए । पीडित पक्षले वैशाख…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा वैशाख ३१ गते नै गरिएको जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई भारतको नयाँ दिल्लीमा १० हजार भारतीय रुपियाँमा जागिर लगाइदिने, मिठो खान लाउन दिने र गरगहना लगाउन पाउने भन्दै फकाईफुल्याई सर्लाहीको नयाँरोडमा लगि एक होटलमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । प्रहरीले वैशाख ३० गते सर्लाहीको हरिवन नगरपालिका-१०…
मन्थली नगरपालिकाले बनायो ११ वटा कानुन
मन्थली नगरपालिकाले ११ वटा कानुन निर्माण गरेको छ । नगरपालिकाले ११ वटा कानुन निर्माण गरी नगरसभबाट पारित गरेको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले जानकारी दिइन् । कार्कीका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याएको न्यायिक समितिको कार्यविधि केही संशोधनसहित पारित गरिएको छ । सोही कार्यविधिमा रहेर नगरपालिकाले न्याय सम्पादनको काम गर्ने छ…
भाटभटेनीमा ग्रिनेट विष्फोट
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपर मार्केटमा ग्रिनेट बम विष्फोट गराएको चितवन प्रहरीले जनाएको छ । आइतबार बिहान ४ बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रीनेट बम विष्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए । बम विष्फोट गराउनेको खोजी कार्य तीव्र पारिएको…