सामूहिक बलात्कारपछि हत्या घटनाका ६ जना आरोपित गिरफ्तार

बनेपा नगरपालिका-१० उग्रतारा जनागाल की ५७ वर्षीया नानु आलेमगरलाई भदौ १३ गते सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले भदौ २१ गते ६ जनालाई गिरफ्तार गरेको छ । साथीको घरमा जान्छु भनेर भदौ ११ गते घरबाट हिँडेकोमा भदौ १३ गते नजिकैको मकैबारीमा प्रहरीले निर्वस्त्र अवस्थामा आलेमगरको शव फेला पारेको थियो…

September 7, 2017  
ठाउँ अभावमा नवजात शिशु र सुत्केरीको भूइँमै उपचार

मेडिकल सिटीको रूपमा चर्चा पाएको भरतपुर र जिल्लाकै सुविधा सम्पन्न मानिएको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक पूर्वाधार नहुँदा सुत्केरी र नवजात शिशुहरू भूइँमै राखेर उपचार गराइएको छ । विश्व स्वास्थ्य सङ्गठनले बच्चा जन्मदेखि २४ घण्टासम्मको अवधि निकै चुनौतिपूर्ण हुने उल्लेख गरेको छ । त्यस्तै २४ घण्टा अघि अस्पतालबाट डिस्चार्ज समेत…

September 5, 2017  
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी देशैभर मनाइएको छ । इन्सेक रामेछाप जिल्ला प्रतिनिध नवराज पथिकका अनुसार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । महिला तथा बालबालिका कार्यालय रामेछाको आयोजनामा भदौ २०…

September 5, 2017  
मानव बेचबिखन रोकथामका लागि सबैको सहयोग आवश्यकः सभामुख

व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तिमगरले मानव बेचबिखन तथा ओसारपसार जघन्य आपाराध भएकाले यसको रोकथामका लागि सबैको सहयोग आवश्यक हुने बताएकी छन् । 'अबको गन्तव्यः मानव बेचबिखनको अन्त्य' भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवसका अवसरमा भदौ २० गते काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभामुख…

September 5, 2017  
नागरिक दैनिकलाई लगाइएको मुद्दाप्रति इन्सेकको ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा नागरिक दैनिकले समाचार प्रकाशन गरेको भन्दै निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले ८० करोड रुपियाँ बराबरको क्षतिपूर्ति मागदाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।   नागरिक दैनिकले आयल निगममा…

September 5, 2017  
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनसम्बन्धी विधेयक संसदबाट पारित

व्यवस्थापिका संसदको भदौ १९ गते बसेको बैठकले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी छुटाछुटै विधेयक पारित गरेको छ । नेपालको संविधानको धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ । नेपाली काङ्ग्रेसका सांसद आन्नदप्रसाद ढुङ्गाना, राधेश्याम अधिकारी, शङ्कर भण्डारीलगायतका १९ सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न…

September 4, 2017  
निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न आयोगको आग्रह

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई भदौ १९ गते आग्रह गरेको छ । आचारसंहिता लागू हुने नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, व्यक्ति निकाय तथा पदाधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगले अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता…

September 4, 2017  
भूकम्पपछिको पुनर्निर्माणको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

भूकम्पपछिको पुनर्निर्माणको प्रभाकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम भदौ १८ गते रामेछापको खाँडादेवी गाउँपालिका-४ राजगाउँमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान नेपालको संयुक्त आयोजनामा रजगाउँका माझी समुदायमा भूकम्पपछिको पुनर्निर्माणको अवस्थाका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा खाँडादेवी-४ का वडा सदस्य एवम् स्थानीय माझी समुदायका…

September 4, 2017  
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २ हजार पर्यवेक्षक खटिने

निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनको लागि पर्यवेक्षण गर्न करिब २ हजारको संख्यामा पर्यवेक्षकलाई अनुमति दिने भएको राससले जनाएको छ । आयोगका अनुसार तेस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि केहीबाहेक अधिकांश अघिल्ला निर्वाचनको पर्यवेक्षणको अनुमति पाएका…

September 3, 2017  
आयोगले कडाइका साथ आचारसंहिता पालना गराउने

तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको राससले जनाएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फी रूपमा आलोचना र आरोप खेपिरहेको आयोगले…

September 2, 2017