पहिलो किस्ताको रकम नपाएको भूकम्पप्रभावितहरुले गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गजुरी गाउँपालिकाको आयोजनामा फागुन २९ गते राईगाउँमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पप्रभावितहरूले पहिलो किस्ताको रकम नपाएको गुनासो गरेका छन् । कार्यक्रममा गजुरी गाउँपालिका-५, राइगाउँका विजय राईले लाभग्राही सूचीमा परेर पनि हालसम्म पहिलो किस्ताको रकम पाउन नसकेको गुनासो पोखेका छन् । त्यस्तै गाउँमा बनाएको घर…
लाभग्राहीको प्रश्न-ऐलानीमा घर भएका पीडितले के गर्ने?
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा फागुन २८ गते मरिण गाउँपालिकाको कपिलाकोटमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभग्राही र जनप्रतिनिधि दुवै पक्षबाट एउटै खालका समस्या सार्वजनिक भए-'ऐलानीका भूकम्प पीडितले के गर्ने ?' सार्वनिक सुनुवाइ कार्यक्रममा भूकम्पपीडितले मरिण क्षेत्रमा भूकम्पका धेरै समस्या रहेको औँल्याए । कार्यक्रममा…
दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारी पुनः निर्वाचित
सङ्घीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् । अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बनेकी राष्ट्रपति भण्डारीलाई यसपटक वाम गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का साथै सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि…
उद्योगीमाथि गोली प्रहार, आरोपित गिरफ्तार
सिर्द्धार्थनगर उद्योग वाणिज्य सङ्घ कार्यसमिति सदस्य तथा रवि सपिङ्ग सेण्टर र करण इन्टरपराइजेजका प्रोप्राइटर ३८ वर्षीय हरिश सेठियामाथि भारतीय नम्बर प्लेट भएको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन् । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार युपी ५६ ई ४१४९ नं.को मोटरसाइकलमा आएका अपरिचित दुईजनाले फागुन २८…
अज्ञात समूहको अक्रमणबाट घोडाघोडी नगरपालिकाका मेयर घाइते
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि फागुन २८ गते साँझ अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । तीन जनाको समूहमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले टाउकामा खुकुरी र तिघ्रामुनी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहोरालाई उद्घृत गर्दै इन्सेक धनगढी कार्यालयका प्रलेख अधिकृत कर्ष्णबहादुर बिकले जानकारी दिए ।…
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले काठमाडौँका २६ वर्षीय दिनेश अधिकारीलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश स्वीकृत पराजुलीको फागुन २८ गते बसेको इजलाशले अधिकारीलाई ६ वर्षकैद र पीडितका नाममा १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । पीडित बालिकालाई अधिकारीले ०७३ मङ्सिर २४ गते…
राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि
राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि सुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका…
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा देशैभर विभिन्न कार्यक्रम
१०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा फागनु २४ गते देशैभर विविध कार्यक्रमको आयोजना गरिएको इन्सेक कार्यालय तथा इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक कार्यालय धनगढीका अनुसार आर्थिक सशक्तीकरण सहितको 'सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाहरूको जीवनस्तर रूपान्तरण' भन्ने मूल नाराका साथ धनगढीको चौराहबाट सुरू भएको प्रभातफेरी धनगढी बजार…
बलात्कारजस्ता जघन्य आपराधका आपराधीलाई कडा कारवाही गर्ने मन्त्री थापाको प्रतिबद्धता
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले बलात्कारजस्ता महिला हिंसाका जघन्य घटनामा संलग्नलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेकी छन् । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा फागुन २४ गते काठमाडौँमा विभिन्न सङ्घसंस्थाको आयोजनामा आयोजित प्रभातफेरिपछिको सभालाई सम्बोधन गर्दै मन्त्री थापाले सो प्रतिबद्धता जनाउँदै महिला हिंसाको अन्त्यका…
महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीरः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् । १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा फागुन २४ गते शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरूले भोग्नु परेका समस्या अन्त्यका लागि…