ऐन निर्माण गरी संसदमा पेश गर्न मानव अधिकार समितिको निर्देशन

सामाजिक न्याय तथा मानव अधिकार समितिको माघ २८ गते बसेको बैठकले द्वन्द्वकालीन न्यायको विषयमा छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन निर्माण गरी संसदमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समयसिमाभित्र आयोगहरूले काम सम्पन्न नगरेपछि माघ २७ गतेको मन्त्रिपरिषद् बैठकले…

February 11, 2017  
सङ्क्रमणकालीन न्यायका लागि गठित दुवै आयोगको अवधि एक वर्ष थप

सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको समय अवधि एक वर्ष थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ २७ गते बसेको बैठकले १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा राज्य र तत्कालीन नेकपा माओवादी पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा जघन्य अपराधको घटनाको छानबिन गरी दोषीलाई कारबाही…

February 9, 2017  
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरु

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा क्षेत्रभित्र कार्यक्रम सञ्चालित विद्यालयका बालअधिकार चेतना समूहका पदाधिकारीहरूका लागि ०७३ माघ २७ देखि २९ गतेसम्म आयोजित क्षमता अभिवृद्धि तालिमको धुलिखेलमा सुरु गरिएको छ । तालिमको शुरुवात गर्दै इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाए । बालअधिकार चेतना समूहका पदाधिकारीहरूले…

February 9, 2017  
नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ २५ गतेदेखि नेपालको नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू भएको छ । तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जिम्मेवारी बहन गरेकाहरू जवाफदेही बन्नुपर्ने बताए । उनले लोकतन्त्र र अराजकता सँगै जान नसक्ने भन्दै अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरू थप…

February 7, 2017  
जातीय विभेद घटनाका आरोपित गिरफ्तार

बेताली गाविस-३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरभित्र प्रवेश गर्दा ५ हजार रुपियाँ जरिबाना गरेको आरोपमा प्रहरीले सोही ठाउँका पुजारी ४० वर्षीय छत्रबहादुर बुढाथोकी र ५० वर्षीय भीमबहादुर बुढाथोकीलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडितले मन्दिर जस्तो पवित्र ठाउँमा आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरी चौकी बेतालीमा माघ…

February 6, 2017  
मन्दिरभित्र प्रवेश गरेको आरोपमा दलितलाई ५ हजार रुपियाँ जरिबाना

रामेछापको बेताली गाविस३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर भित्र पसेको आरोपमा सोही ठाउँका पुजारी छत्रबहादुर बुढाथोकीलगायतले ५ हजार रुपियाँ जरिबाना तिराएका छन् । सेरकाली मन्दिरमा पसेको भन्दै माघ २२ गते मन्दिरका पुजारी बुढाथोकीलगायतका कथित माथिल्लो जातिका मानिसहरूले मन्दिर चोख्याउन भन्दै मन्दिरमा रुद्री लगाएर ५ हजार रुपियाँ जरिबाना तिराएका हुन्…

February 5, 2017  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति परशुराम भण्डारीलाई गिरफ्तार गरेको राससले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल लैजाँदै…

February 4, 2017  
गाविस सचिवहरू आन्दोलनमा उत्रिएपछि सेवाग्राही मर्कामा

आफूहरूले पाउँदै गरेको प्रोत्साहन भत्ता कटौती गरेको भन्दै विभिन्न जिल्लाका गाविस सचिवहरू आन्दोलित भएपछि गाविसको कामकाज ठप्प भएको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार माघ २० गते जिल्लाका ५९ जना सचिवहरूले स्थानीय विकास अधिकारी युवराज सुवेदीलाई संयूक्त रूपमा कार्यालयको छाप बुझाएर जिल्ला विकास समितिमा धर्ना दिएका थिए…

February 3, 2017  
आयोगहरू निष्कृय बनेको सरोकारवालाहरूको आरोप

सरोकारवालाहरूले सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार तथा मानवीय कानुनको उल्लङ्घनका घटनाहरूको निष्पक्ष छानबिन गरी पीडितलाई परिपूरण र न्याय प्रदान गर्ने उद्देश्यका लागि गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग निष्कृय बनेको आरोप लगाएका छन् । द्वन्द्वपीडित साझा चौतारी र जवाफदेहिता निगरानी समितिले माघ २० गते काठमाडौँमा…

February 2, 2017  
सामूहिक बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

रानिवास गाविस-२ डाँडाटोलकी १७ वर्षीया विपना माझीको माघ १९ गते राति सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले रानीबास-२ साखामोरका १८ वर्षीय निरोज माझीसहित चार जनालाई माघ २० गते गिरफ्तार गरेको छ । प्रहरीले माझिसहित सोही ठाउँका अजय परियार, पवन बिक र रामजी खत्रीलाई गिरफ्तार गरेको जनाएको छ । प्रभात उमावि…

February 2, 2017