पेट्रोल बम प्रहार घटनाका दोषीलाई कारबाही गर्न माग

अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र द काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न नेपाल पत्रकार महासङ्घले माग गरेको छ । महासङ्घले चैत १५ गते एक विज्ञप्ति जारी गरी काठमाडौँको पर््रदशनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियन…

March 29, 2017  
समाज कल्याण परिषदको कदमप्रति सरोकारवाला रूष्ट

समाज कल्याण परिषदले सामाजिक सङ्घसंस्थालाई नियन्त्रण गर्ने अभिप्रायले अनावश्यक दुःख दिने गरेको भन्दै काठमाडौँमा आयोजित एक कार्यक्रममा सरोकारवालाले अबिलम्ब त्यस्तो कदमको अन्त्य गरी सहजीकरण र नियमन गर्नुपर्नेमा जोड दिएका छन् । इन्सेकद्वारा चैत १५ गते काठमाडौँमा आयोजित पारस्पारिक जबाफदेहीता परियोजना अन्तर्गत समाज कल्याण परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिक…

March 28, 2017  
बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बकैया गाउँपालिका-१२, ठिङ्गनका २८ वर्षीय ठुलोबावु डिमडुङ्लाई ११ वर्षकैद गर्ने फैसला गरेको छ । अदालतले पीडितलाई पिडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । न्यायाधीश दयाराम ढकालको चैत १५ गतेको इजलासले उक्त फैसला गरेको हो । बालिकालाई फकाएर डिमडुङले…

March 28, 2017  
बलात्कार घटनाका विभिन्न मुद्दामा कैद सजायको फैसला

विभिन्न जिल्ला अदालतमा चलिरहेका बलात्कारसम्बन्धी मुद्दामा कैद फैसला भएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर मनपा-२२ का ४२ वर्षीय प्रकाश श्रेष्ठलाई जिल्ला अदालत चितवनको चैत १४ गतेको फैसलाले १० वर्षकैद सजाय सुनाएको छ । न्यायाधीश सुवासबाबु…

March 27, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा-१ घोर्थलीका २२ वर्षीय राजकुमार मगरलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि उजुरी भने चैत १३ गते इलाका प्रहरी…

‘अनलाइन निर्देशिका’ खारेजको माग गर्दै सर्वोच्चमा रिट

अनलाइन निर्देशिका खारेजको माग गर्दै चैत १३ गते सर्वोच्च अदालतमा रिट दायर भएको राससले जनाएको छ । पत्रकार प्रवेश सुवेदी, अधिवक्ताद्वय बाबुराम अर्याल र सन्तोषबाबु सिग्देलले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र संविधानको प्रावधान विपरीत निर्देशिका आएकाले बदर गरी पाउँ भनी रिट निवेदन पेश गरेका हुन् । अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण,…

March 26, 2017  
पत्नीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार

जुगल गाउँपालिका-४ पाकुकी २३ वर्षीया सशीकला लामिछानेलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २५ वर्षीय पति प्रेमबहादुर लामिछानेलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई माइतीघर गएकी पत्नीलाई ससुरालीमै पुगेर आरोपितले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएकी छन् । घटना भएलगत्तै पीडितले तेम्बाथान प्रहरी चौकीमा उजुरी…

नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा जोड

नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा काभ्रेपलाञ्चोक, सिन्धुली र दोलखामा आयोजित कार्यक्रमका सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । यूएसएडको सहयोगमा इन्सेकद्वारा चैत १३ गते धुलिखेल, सिन्धुलीमाढी र चरिकोटमा आयोजित पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रियामा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । इन्सेक काभ्रे जिल्ला…

March 26, 2017  
मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने

निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको राससले जनाएको छ । स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता…

March 25, 2017  
विविध कार्यक्रम गरी सत्य अधिकार दिवस मनाइयो

प्रत्येक वर्षमार्च २४ तारिखका दिन अन्तर्राष्ट्रियस्तरमा मनाइने गरिएको सत्यको अधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सत्य जान्न पाउने अधिकारको माग गर्दै द्वन्द्व पीडित तथा अधिकारकर्मीहरूले काठमाडौँको वीर अस्पतालको प्रवेशद्वार अगाडि एक घण्टा धर्ना दिए । 'विगत १२ वर्षको सशस्त्र द्वन्द्वका कारण आफन्तहरू गुमाएका परिवारजनले आफन्त किन…

March 24, 2017