चुनाव हुन नदिने चेतावनी दिँदै लाठी जुलुस प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसका विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजमा जेठ १४ गते लाठी जुलुस प्रदर्शन गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार प्रदर्शनकारीहरूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै लाठी…

May 28, 2017  
चार ओटै क्षेत्रमा कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विभिन्न जिल्लाहरूमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको जेठ १२ गते इन्सेकका चार ओटा क्षेत्रीय कार्यालयमा वार्षिक समीक्षा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार इन्सेक केन्द्रीय कार्यालयका लेखा तथा व्यवस्थापन विभाग प्रमुख प्रेम पराजुलीले…

May 28, 2017  
भोट नदिएको भन्दै कुटपिट गरेको आरोप

किस्पाङ गापा-१ भाल्चेकी २૪ वर्षिया मन्जुमाया घलेलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले रुख चिन्हमा भोट नदिएको आरोप लगाउँदै कुटपिट गरेको नेकपा माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडाले जेठ ११ गते विज्ञप्ति निकाल्दै जेठ १० गते राति पीडित घलेलाई किस्पाङ गापा-१ बाट पराजित उम्मेदवार शुकबहादुर घलेको निर्देशनमा…

May 26, 2017  
सहमतीय सरकारका लागि राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ११ गते सहमतीय सरकार गठनका लागि आह्वान गरेकी राससले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १० गते आफ्नो पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि जेठ ११ गते राष्ट्रपतिले सो आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा २९८ को उपधारा ९२० मा सात दिनभित्र…

May 25, 2017  
जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्धः प्रमुख आयुक्त डा यादव

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन् । स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको छलफल कार्यक्रममा उनले भने-“कहीँकतै दुविधा र भ्रममा नपरी…

May 25, 2017  
प्रेस काउन्सिलका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराललाई कानुनविपरीत नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ । गोकर्णेश्वर नगरपालिका-२ बस्ने ३७ वर्षीय बैकुण्ठप्रसाद भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा बराललाई कानुनविपरीत नियुक्ति गरेको उल्लेख गर्दै…

May 23, 2017  
घाइतेहरूलाई उपचारमा अवरोध पुर्‍याएको एमालेको आरोप

ज्वालामूखी गाउँपालिका-३ उखुबारी (कोलेडाँडा) मा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते भएको झडपमा घाइते भएका आफ्ना कार्यकर्ताहरूलाई उपचारमा अवरोध पुर्‍याएको सोही गाउँपालिकाका एमाले अध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीले जेठ ९ गते पत्रकार सम्मेलन गरी आरोप लगाएका छन् । झडपमा घाइते भएका एमाले कार्यकर्ताहरूलाई थप उपचार गर्न अन्यत्र लैजान नदिएर काङ्ग्रेस…

May 23, 2017  
जनसङ्ख्याका अधारमा २२ स्थानीय तह थप गर्ने सरकारको निर्णय

सरकारले १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको राससले जनाएको छ । यो सँगै स्थानीय तहको सङ्ख्या ७ सय ६६ पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जेठ ८ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको सङ्ख्या पुनरावलोकन गर्न गठित कार्यदलको सुझावका आधारमा सरकारले उक्त निर्णय गरेको सूचना…

May 23, 2017  
कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊः अदालत

सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णय गर्नाका कारण देखाउन सरकारका नाममा आज कारण देखाऊ आदेश जारी गरेको राससले जनाएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा संविधानसँग सम्बन्धित भएको हुँदा संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ । टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता…

May 22, 2017  
एमाले र काङ्ग्रेस कार्यकर्ताबीच झडप जना पाँच घाइते

नेकपा एमाले र नेपाली काङ्ग्रेस कार्यकर्ताबिच जेठ ६ गते राती ज्वालामुखी गाउँपालिका-३ कोलेमा झडप हुँदा दुबैपक्षका गरी पाँच जना घाइते भएका छन् । [caption id="attachment_5144" align="aligncenter" width="384"] नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ता बिच झडप हुँदा घाइते भएका ज्वालामूखी गाउँपालिका अध्यक्ष विनोद तिमल्सिना ।[/caption] झडपमा नेपाली काङ्ग्रेसका कार्यकर्ता ज्वालामुखी गाउँपालिकाका…

May 21, 2017