देश निर्वाचन उन्मुख, ठूलो उत्साहका साथ मनोनयन दर्ता

आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानी काठमाडौँसहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन…

May 2, 2017  
प्रधानन्यायाधीश माथि लगाइएको महाभियोगका फिर्ता लिन नागरिक समाजको माग

नागरिक समाजका प्रतिनिधिहरूले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग तत्काल फिर्ता लिएर लोकतन्त्रको मूल्य र मान्यतालाई स्थापित गर्न माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा वैशाख १९ गते आयोजित न्यायिक स्वतन्त्रता र स्थानीय तह निर्वाचनको सुनिश्चितताका लागि संयुक्त नागरिक खबरदारी सभा कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूले सो माग गरेका हुन् । नागरिक…

May 2, 2017  
महाभियोग प्रस्ताव, लोकतान्त्रिक एवम् न्यायिक इतिहासमा एक दुखद् एवम् निन्दनीय क्षणः निगरानी समिति

जवाफदेहीता निगरानी समितिले वैशाख १९ गते प्रेस विज्ञप्ति प्रकाशन गर्दै नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका सांसदहरूले संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्घ माहाभियोग प्रस्ताव दर्ता गरेको घटना मुलुकको लोकतान्त्रिक एवम् न्यायिक इतिहासमा एक दुखद् एवम् निन्दनीय क्षण भएको जनाएको छ । 'यस घटनाप्रति जवाफदेहीता निगरानी समिति घोर आपत्ति प्रकट गर्दै खेद व्यक्त…

May 2, 2017  
प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु

देशभरका ७ सय ४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न वैशाख १९ गते मनोनयन दर्ता सुरु भएको राससले जनाएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज विहान १० बजे देखि ५ बजेसम्मको समय तय गरेको छ…

May 2, 2017  
प्रधानन्यायाधीशलाई लगाइएको महाभियोगप्रति आपत्ति

नागरिक समाजका अगुवाहरुले नेपालको संविधान २०७२ जारी भए पश्चात निकट भविष्यमै हुन गइरहेको स्थानीय तहको निर्वाचनको सङ्घारमा आएर विगत केही दिनदेखि उत्पन्न राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 'नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरु तथा आम नागरिकहरुले उत्साहपूर्वक सहभागी भइरहेको, निर्वाचन आयोगले सम्पूर्ण तयारी…

May 2, 2017  
मनोनयनमा उत्साहपूर्वक सहभागी हुनुहोस्- प्रमुख निर्वाचन आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि वैशाख १९ गते हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेका छन् । आयोगद्वारा वैशाख १८ गते आयोजित पत्रकार सम्मेलनमा उनले यस्ते अह्वान गरेको राससले जनाएको छ । पत्रकार सम्मेलनमा उनले भने-“पूर्व निर्धारित निर्वाचनका कार्यक्रममा…

May 1, 2017  
महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्वप्रधानन्यायाधीशहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनूपराज शर्मा र मीनबहादुर रायमाझीले वैशाख १८ गते संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मूल्यमान्यताको जगेर्ना तथा स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत…

May 1, 2017  
जनअधिकार जनताकै घर दैलोमा पुर्‍याउन नागरिक समाजको भूमिका महत्वपूर्णः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको अधिकार जनताकै घर दैलोमा पुर्‍याउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने भएकाले 'स्वच्छ निर्वाचनका लागि नागरिक अभियान' मार्फत भूमिका निर्वाह गर्न लागिएको बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख १७ गते काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा…

April 30, 2017  
प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको राससले जनाएको छ । महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थक रहेका छन् । सो प्रस्ताव सत्ता साझेदार दुवै दलका २ सय ४९ जना सांसदको हस्ताक्षरसहित वैशाख १७…

April 30, 2017  
प्रहरीले चलाएको गोली लागेर मालेका उम्मेदवार घाइते

आगामी स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका-११ मा नेकपा मालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ५२ वर्षीय कृष्णबहादुर कुमाल प्रहरी तालिम केन्द्रका प्रहरीले वैशाख १७ गते दिउँसो २ बजे चलाएको गोली लागेर घाइते भएका छन् । गोली लागेर घाइते भएका पीडित कुमालको उपचार नारायणी सामुदायिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय…

April 30, 2017