आयोगको स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्‍याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तराई मधेसमा आन्दोलनकारीले अवरोध पुर्‍याएकोमा आपत्ति प्रकट गर्दै आन्दोलनकारीबाट भएको अवरोधको भत्सर्ना गरेको छ । तराई मधेसमा भएका आन्दोलनको अनुगमनका क्रममा २०७२ मङ्सिर १७ गते सर्लाहीमा बा.७ च. ७४७६ को गाडीमा आगजनी गरिएको, २०७३ फागुन २४ र २६ गते आयोगको अनुगमन टोलीले प्रयोग गरिरहेका क्रमशः बा.७…

March 9, 2017  
बलात्कार घटनाको आरोपमा गिरफ्तार

२२ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माङ्खा गाविस-६ का २२ वर्षीय विश्वास पहरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडितले फागुन २५ गते लामोसाँघु प्रहरी चौकीमा उजुरी गरेकी थिइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन २५ गते बाह्रबिसेस्थित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थितीकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-११ का ३८ वर्षीय श्याम विश्वकर्मालाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित विश्वकर्माले फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा फागुन २६ गते उजुरी दिएका थिए । पीडितको युवतीको स्वास्थ्य परीक्षण हेटौँडा…

March 9, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-१२ पदमपोखरीका ५४ वर्षीय सानुकान्छा दाहाललाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा फागुन २५ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा फागुन २६ गते गरिएको प्रहरीले जनायो…

March 9, 2017  
थुनुवाद्वारा हिरासतमै अनसन सुरु

गुम्बा गाविस-६ बोल्दे स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका २४ वर्षीय पासलाल तामाङले अनशन सुरू गरेका छन् । ज्यान मारेको घटनामा पीडितलाई उद्धार गर्ने कार्यमा आफू लागेको र घटनामा आफू निर्दोष हुँदाहुँदै पनि अदालतले पुर्पक्षका लागि थुनामा राखेको भन्दै तामाङ फागुन २४ गतेदेखि अनसनमा बसेका हुन्…

सप्तरी घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले सप्तरी घटनाका ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को फागुन २५ गते बसेको बैठकले सप्तरी घटनामा ज्यान गुमाएका परिवारजनप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्ति स्वरुप उक्त रकम दिने निर्णय गरेको हो । बैठकले घटनामा घाइते भएकाहरूलाई निशुल्क उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको…

March 8, 2017  
विवाह गरेको दुई साता नबित्दै कथित बोक्सीको आरोपमा घर निकाला

गोकर्णेश्वर नगरपालिका-१६ आरुबारीकी उपमा भण्डारीलाई विवाहको दुई साता नबित्दै कथित बेक्सीको अरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेको राससले जनाएको छ । फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी भण्डारीलाई परिवारले बोक्सीको आरोपमा परिवारले दाइजो कम ल्याएको निहुँमा कथित बोक्सीको आरोप लगाई घर निकाला गरेको आरोप छ । भण्डारी सोही नगरपालिकाको वडा…

March 8, 2017  
मधेसी मोर्चाको बन्दले जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको दोस्रो दिन फागुन २५ गते मध्यपश्चिमाञ्चल क्षेत्रका बाँके, बर्दिया र दाङ जिल्लाको जनजीवन प्रभावित भएको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बन्दका कारण गुलरिया बजार पूर्ण रूपमा बन्द रह्यो । जिल्लाबाट सञ्चालन हुने लामो…

March 8, 2017  
विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष "महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था भने सन्तोषजनक मान्न सकिने अवस्था नरहेको इन्सेकले जनाएको छ । इन्सेकले फागुन…

March 8, 2017  
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन २४ गते ललितपुरको महालक्ष्मी नगरपालकास्थित लामाटारमा जिल्ला विकास समिति ललितपुरसँगको सहकार्यमा भूकम्प पीडितहरूको अवस्था र पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । भत्किएका घर पुनर्निर्माण गर्न नक्साको डिजाइनको अभाव भएको, खानेपानी, ढल, बिजुली, सडक जस्ता विकास निमार्ण कार्यले गर्दा पीडित, झन…

March 8, 2017