बालाजुमा साझा बसमा आगजनी
नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा फागुन २८ गते बालाजु बाइपासमा साझा यातायातको बस जलाएको राससले जनाएको छ । बा ४ ख ५६४८ नं को बसका चालक, परिचालक र सुरक्षामा खटिएका प्रहरी खाना खान गएको मौका छोपी बालाजु बाइपासमा रोकि राखिएको बसबाट यात्रु ओराली पेट्रोल छर्केर आगो लगाइएको साझाका…
स्वास्थ्य केन्द्रमा निःशुल्क औषधिको अभाव
चितवनका स्वास्थ्य केन्द्र (हेल्थ पोष्ट) मा निःशुल्क पाइने औषधिको अभाव भएको छ । त्यस्तै यहाँ रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पनि पर्याप्त मात्रामा औषधि पुगेको छैन । चितवनमा ३५ वटा हेल्थ पोष्टहरू छन् । तर, हेल्थ पोष्टमा निःशुल्क भनिएका औषधिहरू पुग्न सकेका छैनन् । जसले गर्दा स्थानीय नागरिक निःशुल्क औषधि पाउनबाट…
भूकम्प पीडितको गुनासो-'हामीले कहिले अनुदान पाउने ?'
भक्तपुरका भूकम्पपीडितहरूले अझै अनुदान नपाएको गुनासो गरेका छन् । अनन्तलिङ्गेश्वर नगरपालिकाको आयोजना एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरको सहजिकरणमा फागुन २६ गते अरनिको उच्च माध्यामिक विद्यालययमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पपीडितहरूले पहिलो किस्ताको अनुदान रकम समेत नपाएको गुनासो गरेका हुन् । भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म…
मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दले जनजीवन प्रभावित
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित भएको इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरले जनाएको छ । मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार विराटनगर बजार तथा रङ्गेली क्षेत्र प्रभावित बढी प्रभावित भएको छ । बन्दका कारण विराटनगरमा बजार, यातायात विद्यालय पूर्ण रूपमा बन्द रहेका छन् ।…
इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा फागुन २७ गते चौतारा नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्पपछि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयमा गरिएको सार्वजनिक सुनुवाइमा चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले चौतारा नगरपालिकाको नगर परिषदबाट नै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको र भूकम्प पीडितलाई आवास…
कञ्चनपुर घटनाको विरोधमा भारतीय नम्बर प्लेटका गाडीमा आगजनी, ठाउँठाउँमा विरोध
पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा फागुन २६ गते भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाको विरोधमा फागुन २७ गते देशका विभिन्न भागमा विरोध प्रदर्शन गरिएको छ । इन्सेक कैलाली जिल्ला प्रतिनिधि रविना चौधरीका अनुसार कञ्चनपुर…
मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार
मधेसी मोर्चामा आवद्ध सांसदहरूले व्यवस्थापिका संसदको फागुन २७ गतेको बैठक बहिष्कार गरेका छन् । संसद बैठक सुरू हुनासाथ सङ्घीय समाजवादी फोरम नेपालका सांसद अशोक राईले सप्तरी घटनामा सरकारले अनावश्यक बल प्रयोग गरी नागरिकको हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गरे । सांसद राईले आफ्नो कुरा राखे लगत्तै मोर्चामा आवद्ध सांसदहरूले…
गाविस र नगरपालिकाको संरचना विघटन, स्थानीय तहको सङ्ख्या ७ सय ४४ कायम
सरकारले विद्यमान गाँउ विकास समिति र नगरपालिकाको संरचना फागुन २७ गतेबाट लागु हुने गरी विघटन भएको जनाउँदै स्थानीय तहको सङ्ख्या निर्धारण गरेको छ । स्थानीय विकास मन्त्रालयमा फागुन २७ गते आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले २०४७ सालको संविधानपछि अस्तिवमा रहेका सबै गाविस र नगरपालिकाको संरचना…
आयोगको स्वतन्त्र अनुगमन कार्यमा अवरोध नपुर्याउन आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले तराई मधेसमा आन्दोलनकारीले अवरोध पुर्याएकोमा आपत्ति प्रकट गर्दै आन्दोलनकारीबाट भएको अवरोधको भत्सर्ना गरेको छ । तराई मधेसमा भएका आन्दोलनको अनुगमनका क्रममा २०७२ मङ्सिर १७ गते सर्लाहीमा बा.७ च. ७४७६ को गाडीमा आगजनी गरिएको, २०७३ फागुन २४ र २६ गते आयोगको अनुगमन टोलीले प्रयोग गरिरहेका क्रमशः बा.७…
बलात्कार घटनाको आरोपमा गिरफ्तार
२२ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माङ्खा गाविस-६ का २२ वर्षीय विश्वास पहरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडितले फागुन २५ गते लामोसाँघु प्रहरी चौकीमा उजुरी गरेकी थिइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन २५ गते बाह्रबिसेस्थित…