विभिन्न जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन, रोक्न आग्रह

निर्वाचनको मिति नजिकिएसँगै विभिन्न जिल्लामा राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरेको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार उम्मेदवारहरूले निर्वाचन आचारसंहित विपरीत चुनावी प्रचारप्रसार गरेको विषयमा मानव अधिकार सञ्जाल नेपालगञ्जले ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा लागेका राजनीतिक दललाई अबिलम्व कानुनी दायरामा…

November 23, 2017  
निर्वाचन कार्यालयमा सकेट बम

जिल्ला निर्वाचन कार्यालय विदुरमा मङ्सिर ७ गते सकेट बम फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । सकेट बम कसले राख्यो भन्ने पहिचान नभएको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तबहादुर कुँवरले बताए । निर्वाचनको सामग्री वितरण भइरहेको बेलामा बिहान बम राखेको…

November 23, 2017  
नुवाकोटको ढिकुरे निषेधित क्षेत्र, चुनाव अघिका सबै कार्यक्रम प्रभावित

जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका-१ ढिकुरे बजारलाई मङ्सिर ७ गतेका सभा जुलुस गर्न नपाईने गरी निषेधित क्षेत्र घोषित गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्वमा चौघडा, पश्चिममा वर्राफेदी डाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघडा चारकिल्ला भित्र पर्ने ढिकुरे बजारमा मङ्सिर ७…

November 23, 2017  
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको छ । इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार शिवपुरी गाउँपालिका-३ लिखुस्थित महेन्द्र माविका शिक्षक ४३ वर्षीय मधुसुदन पौडेललाई प्रहरीले मङ्सिर ६ गते राति घरबाट गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द…

November 23, 2017  
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई विभिन्न जिल्लाबाट गिरफ्तार गरेको छ । इन्सेक पर्वत जिल्ला प्रतिनिधि किशोर सापकोटाका अनुसार निर्वाचन बिथोल्न सक्ने आरोपमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज ढकबहादुर क्षेत्रीलाई प्रहरीले मङ्सिर ५ गते फलेवास नपा-१ कार्कीनेटाबाट गिरफ्तार गरेको छ ।…

November 22, 2017  
स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र फिर्ता

सुनापती गाउँपालिका-४ बेथानलाई रामेछापको स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर ६ गते मध्यान्ह १२ बजेदखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले बताए । सम्भावित झडपलाई मध्यनजर गर्दै सो निर्णय…

November 22, 2017  
सकेट बम बनाउन लागेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

थाक्रे गाउँपालिका-७ निवासी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३७ वर्षीय कृष्ण खतिवडालाई मङ्सिर ६ गते बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित प्रहरीले गिरफ्तार गरेको छ । थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावी सभा बिथोल्नका लागि सकेट बम बनाउन लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा गिरफ्तार…

November 22, 2017  
नागरिकका समस्याप्रति मिडिया चनाखो बन्न आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कार्यक्रममा मङ्सिर ६ गते आयोजित विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी नागरिक समाजका अगुवाहरूले सर्वसाधारणका समस्या समाधान गर्न सञ्चार माध्यम तथा सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरू जिम्मेवार भएर लागिदिन आग्रह गरेका छन् । इन्सेकको आयोजना युएसएआइडीको आर्थिक तथा…

November 22, 2017  
प्राचार्य डा. खरेललाई दुई दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले रत्नराज्य उच्च माध्यमिक विद्यालय, बानेश्वर, काठमाडौँकी प्राचार्य डा. गीता शिवाकोटी खरेलसँग दुई दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको निर्वाचन प्रसारप्रसारमा सहभागी भएको भन्दै आयोगले मङ्सिर ६ गते उनलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । खरेलले सामाजिक सञ्जाल युट्यूवमार्फत काठमाडौं क्षेत्र…

November 22, 2017  
पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षण सम्बन्धी अभिमुखीकरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम मङ्सिर ६ गते सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन आचारसंहिता, पर्यवेक्षणको उद्धेश्य, पर्यवेक्षकका काम, कर्तव्य एवम् दायित्वका विषयमा जानकारी गराइएको थियो । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनको लागि निर्धारण गरिएका प्रक्रिया र मापदण्डहरूको…

November 22, 2017