निर्वाचन आयोगमा तीन जनाको नाम सिफारिस

संवैधानकि परिषद्को माघ १४ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह रहेका छन् । सिफारिस भएका दाहाल र पौडेल पूर्व सचिव हुन् भने शाह पूर्व सहसचिव हुन् । संसदीय सुनुवाइको प्रक्रिया पूरा…

January 27, 2017  
अान्दाेलनका क्रममा ४७ राउण्ड रबरका गोली प्रहार, ६ जना घाइते

खानीगाउँ गाविस ढिकुरेमा स्थानीय निकाय पुनर्संरचनाको सीमाङ्कनको विरोधमा आन्दोलनरत स्थानीय र प्रहरीबिच माघ १२ गते झडप हुँदा ६ जना आन्दोलनकारी घाइते भएका छन् । सीमाङ्कनको विरोधमा स्थानीयले बन्द गरेको ढिकुरेमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. रामशरण महत बन्द गर्न नहुने भन्दै जागरण सभा गर्न गएका थिए । उक्त…

January 25, 2017  
निर्वाचनका लागि कानुनी आधार तय, दुई विधेयक पारित

आगामी माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रका तीनै तहको निर्वाचनका लागि कानुनी आधार तयार भएको राससले जनाएको छ । व्यवस्थापिका–संसद्को माघ १२ गते बसेको बैठकले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेसँगै निर्वाचनका लागि कानुनी आधार तयार भएको हो । सो विधेयकमाथिको…

January 25, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७३ माघ ११ गते १५ वर्षीय  बालकलाई गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपित बालकले पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको माघ ४ गते नै चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण…

मतदाता नामावली र निर्वाचन आयोगसम्बन्धी विधेयक समितिबाट पारित

व्यवस्थापिका-संसद् राज्य व्यवस्था समितिले मतदाता नामावलीसम्बन्धी कानुन र निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी एकीकरण गर्न बनेको विधेयक २०७३ लाई पारित गरेको राससले जनाएको छ । मतदाता नामावलीसम्बन्धी विधेयकमा सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदानका लागि फोटोसहितको परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव परिएको समितिका सदस्य डा गङ्गाधर तुलाधरले जानकारी दिए…

January 24, 2017  
स्वच्छ वातावरण कायम गर्न माग गर्दै मुद्दा

संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने माग गर्दै वातावरणीय विकास तथा संरक्षण कानुन मञ्चले माघ १० सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको राससले जनाएको छ । सरकारले र सम्बन्धित निकायले प्रत्येक जनताको स्वच्छ वातावरण र स्वस्थ रुपमा बाँच्न पाउने हकलाई संरक्षण नगरेको जनाउँदै मञ्चका अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले माघ…

January 24, 2017  
सरकारी वकिलद्वारा बहस बहिष्कार, महान्यायाधिवक्ताको समर्थन

सरकारी वकिलले उच्च अदालतमा नियुक्ति गरिएका न्यायाधीशको विरोधमा माघ ९ गते  देशभरिका न्यायालयमा बहस बहिष्कार गरेका छन् । न्यायाधीश नियुक्तिमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारी वकिल र चार कर्मचारी सङ्गठनले माघ ९ गतेदेखि देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेको निजामती कर्मचारीको आधिकारिक सङ्गठन महान्यायाधिवक्ता कार्यालयका अध्यक्ष गजराज घिमिरेले जानकारी दिएको…

January 22, 2017  
पुनःसंरचनाप्रति असन्तुष्टी जनाउँदै आन्दोलन, झडपमा १६ जना घाइते

स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई बुझाएको पुनर्संरचना प्रतिवेदनमा जिल्ला प्राविधिक सहयोग समितिले सिफारिस गरे अनुसार गाउँपालिका नै गायव बनाएको भन्दै चार ओटा गाविसमा आन्दोलनरत स्थानीयले माघ ७ गते सदरमुका विदुरमा रहेको जिल्ला विकास समितिको कार्यालयमा आक्रमण गरी तोडफोड गरेका छन् । जिल्ला प्राविधिक सहयोग समितिले चौघडा, थानसिङ, सुर्यमति र खानीगाउँ…

January 20, 2017  
बलात्कार गरेको ठहरमा १७ वर्षीय बालकलाई ११ वर्ष कैदकाे फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १७ वर्षीय बालकलाई ११ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश दयाराम ढकालको माघ ७ गतेको इजलाशले आरोपितबाट ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले…

January 20, 2017  
मातृ भाषाको शिक्षा लागु गर्न सरोकारवाला उदासिन भएको गुनासो

आधारभूत तहमा मातृभाषाको शिक्षाको अधिकारलाई नेपालमा संवैधानिक अधिकारको रूपमा नै व्यवस्था गरेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन गर्न सरोकारवालले उदासिनता देखाएको स्थानीयको गुनासो रहेको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा माघ ७ गते सदरमुकाम मन्थलीमा भएको मातृ भाषाको शिक्षा र मानव अधिकार विषयक अन्तरक्रिया कार्याक्रमका सहभागी वक्ताहरूले सो गुनासो…

January 20, 2017