नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय सिन्धुलीको आयोजनामा सन २०१८ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सिन्धुलीमाढीमा मङ्सिर १४ गते सम्पन्न गरिएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले सिन्धुलीमा सबैभन्दा बढी हिंसा घरघरमा हुने गरेको भन्दै यसलाई निर्मूल पार्न…
बाबुआमा विहीन बालिकालाई इन्सेकको सहयोग
कमलामाई नगरपालिका-१३ की ९ वर्षीया बालिकालाई इन्सेक जिल्ला कार्यालय सिन्धुलीले न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेको छ । घरेलु हिंसाबाट पीडित भएकी पूजा वि.कको कोखबाट जन्मेकी स्वर्णिका बिक आमाको मृत्यु र बावुको अत्तोपत्तो नहुँदा अविभावक विहीन बन्न पुगेकी छिन् । बालिकालाई ओरेकका जिल्ला संयोजक सपना थापा, सामाजिक परिचालक तथा स्थानीय…
भूकम्प पछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा मङ्सिर ६ गते कमलामाई नगरपालिकाको भिमानमा भूकम्पपछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्प पीडितका गुनासो सम्बोधन गर्दै कमलामाई नगरपालिका उपमेयर मञ्जु देवकोटाले पुसमा हुने परिषद्बाट बजेट नै छुट्याएर ऐलानी…
कथित बोक्सीको आरोपमा धामीद्वारा डामिएकी महिलाको उपचार हुँदै
पिशाच लागेको उपचार गर्ने भन्दै कमलामाई नगरपालिका–१२ रानीचुरीकी ३७ वर्षीया पुर्णमाया गुर्मछान मगरलाई धामीले तातो पन्युले डामेर घाइते बनाएका छन् । नियमित झारफुक गर्ने धामी दुर्गाबहादुर मगरले तातो पन्युले डाम्दा पुर्णमायाको अनुहार पुर्ण रूपले डढेको छ भने जीउमा समेत चोट लागेको छ । सामान्य काम्ने तथा अनावश्यक बोल्ने जस्तो रोग…
राज्यले उचित सम्बोधन गर्न नसक्दा भूकम्प पीडितका समस्या उस्तै
कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले भूकम्प पीडितका समस्या तीन वर्ष बितिसक्दा पनि उस्तै रहेको बताएकी छिन् । राज्यले उचित रूपमा पीडितहरूलाई सम्बोधन गर्न नसक्दा समस्या ज्यूँकात्यूँ रहेको उनले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा असोज १४ गते कमलामाई नगरपालिका–२ निवुवाटारमा गरिएको भूकम्पपछिको…
नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य जरूरीः नागरिक समाज
स्थानीय सरकार र नागरिक समाजबीच केही मतभेद र तालमेल नमिलेको जिल्लास्थित नागरिक समाजका अगुवाहरूले आरोप लगाएका छन् । उनीहरूले आपसी सहकार्यका लागि वातावरण तयार गर्न स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रहसमेत गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका लागि…
बालबालिकामा भाइरलको प्रकोपः तीन जनाको मृत्यु, ५ सय बढी प्रभावित
पछिल्लो दुई सातादेखि जिल्लाका बालबालिकाहरूमा मौसमी भाइरलको सङ्क्रमण देखिएको छ । विशेष गरि यस्तो सङ्क्रमण देखिनेमा पाँच वर्ष मुनिका बालबालिकाहरू रहेका छन् । सङ्क्रमणमा परेका बालबालिकाहरूमा रूघाखोकी, जरो, छातिमा इन्फेक्सन तथा घाँटीमा समस्या देखिने गरेको जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमले बताइन् । भाइरलका कारण तीन बालिबालिकाहरूको मृत्यु भएको…
बालविवाह कसुरमा ८ वर्ष ३ महिना कैदको फैसला
१४ वर्षीय बालिकालाई विवाह गरी बलात्कार गरेको ठहर गर्दै मरिण गाउँपालिका-चौकीटारका २५ वर्षीय श्यामकुमार दमाईलाई जिल्ला अदालतले असार १९ गते ८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले दमाईलाई बालविवाह गरेबापत ३ महिना कैद तथा १ हजार रुपियाँ जरिबाना र बलात्कार गरेकोमा ८ वर्षकैद…
पारदर्शी, जबाफदेही र समन्वयात्मक भूमिका निभाउन प्रतिबद्ध
विकासका लागि पारदर्शी, जबाफदेही र समन्वयात्मक भूमिका निर्वाह गर्न जिल्लाका सरोकारवालाहरू प्रतिबद्ध भएका छन् । युएसएआइडीको आर्थिक तथा एफएचआईको प्राविधिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चारजगतबिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लाका विकासका साझेदार संस्थाका प्रतिनिधि, सञ्चारजगतका प्रतिनिधि तथा नागरिक…
भूकम्प पुनर्निर्माण कार्य सुस्त गतिमा भएकोमा चिन्ता व्यक्त
जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शङ्कर बर्माले सिन्धुलीको पुनर्निर्माणको गति सुस्त भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा जेठ २१ गते कमलामाई नगरपालिकाको ऐसेलुजङ्घारमा आयोजित भूकम्पपछिको पुनर्निर्माण सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्…