पारदर्शी, जबाफदेही र समन्वयात्मक भूमिका निभाउन प्रतिबद्ध

विकासका लागि पारदर्शी, जबाफदेही र समन्वयात्मक भूमिका निर्वाह गर्न जिल्लाका सरोकारवालाहरू प्रतिबद्ध भएका छन् । युएसएआइडीको आर्थिक तथा एफएचआईको प्राविधिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चारजगतबिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लाका विकासका साझेदार संस्थाका प्रतिनिधि, सञ्चारजगतका प्रतिनिधि तथा नागरिक…

June 17, 2018  
भूकम्प पुनर्निर्माण कार्य सुस्त गतिमा भएकोमा चिन्ता व्यक्त

जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शङ्कर बर्माले सिन्धुलीको पुनर्निर्माणको गति सुस्त भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा जेठ २१ गते कमलामाई नगरपालिकाको ऐसेलुजङ्घारमा आयोजित भूकम्पपछिको पुनर्निर्माण सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्…

June 4, 2018  
हत्या गरिएको अवस्थामा अपरिचित युवतीको शव फेला

जिल्लाको गोलञ्जोर गाउँपालिका-७ खुर्कोटको सुनकोशी किनारमा हत्या गरिएको अवस्थामा अपरिचित एक युवतीको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । जेठ ११ गते दिउँसो पहिचान नखुलेकी एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मध्यान्ह १२ बजेतिर प्रहरीलाई नदीको किनारमा चोटसहितको शव भएको खबर आएपछि इलाका…

May 26, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घ्याङलेख गाउँपालिका-३ तामाजोर लप्सेकी ४२ वर्षीया सुपरानी गोलेलाई हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति एकिम गोलेलाई जेठ ५ गते गिरफ्तार गरेको छ । आरोपित एकिमले मादक पदार्थ सेवन गर्न २ सय रुपियाँ पैसा नदिएको रिसमा जेठ ४ गते दिउँसो खाना पस्कने पुन्युले हिर्काएर पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय…

May 20, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई भारतको नयाँ दिल्लीमा १० हजार भारतीय रुपियाँमा जागिर लगाइदिने, मिठो खान लाउन दिने र गरगहना लगाउन पाउने भन्दै फकाईफुल्याई सर्लाहीको नयाँरोडमा लगि एक होटलमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । प्रहरीले वैशाख ३० गते सर्लाहीको हरिवन नगरपालिका-१०…

May 14, 2018  
गाउँपालिका अध्यक्षबाट राजीनामा दिन नेकपाको दबाव

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको जिल्ला जनपरिषद् सिन्धुलीले राजिनामा दिई गाउँपालिका खाली गर्न दवाव सहितको पत्र पठाएको छ । जनपरिषद्को पूर्वी ब्युरो (मेची, कोशी सगरमाथा र जनकपुर) को आधार इलाकाका रुपमा विकसित गर्ने र पुरानो सत्तालाई खारेज गर्ने भन्दै हरिहरपुरगढी गाउँपालिका खाली गर्न दवाव…

April 21, 2018  
सिन्धुली अस्पतालमा एक सातादेखि शल्यक्रियासहितका अत्यावश्यक सेवाहरू अवरूद्ध

सिन्धुली जिल्ला अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष सुवास कार्की र मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमबिचको विवादका कारण अस्पतालका विशेषज्ञ सहितका महत्वपूर्ण सेवाहरू एक सातादेखि बन्द भएका छन् । अध्यक्षले अस्पतालको प्रशासन तथा व्यवस्थापनमा हस्तक्षेप गर्न थालेपछि जिल्ला अस्पतालमा सञ्चालन हुँदै आएका शल्यक्रियासहित सम्पूर्णसहितका अत्यावश्यक सेवाहरू अवरूद्ध भएका हुन् । सिन्धुली अस्पताल…

April 19, 2018  
राज्यले द्वन्द्वपीडितको न्याय र परिपूरणमा ध्यान दिनुपर्छः संस्थापक अध्यक्ष प्याकुरेल

राष्ट्रपतिका राजनीतिक, मानव अधिकार तथा सामाजिक सल्लाहकार एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष शुसील प्याकुरेलले द्वन्द्वपीडितलाई राज्यले बृहद शान्ति सम्झौता अनुसार न्याय तथा परिपूरणको व्यवस्था गर्नु पर्ने बताएका छन् । सिन्धुलीका मानव अधिकारकर्मी, पत्रकार तथा सामाजिक अभियन्ताहरूसँग नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी आगामी कार्यदिशा विषयमा चैत…

April 2, 2018  
लाभग्राहीको प्रश्न-ऐलानीमा घर भएका पीडितले के गर्ने?

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा फागुन २८ गते मरिण गाउँपालिकाको कपिलाकोटमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभग्राही र जनप्रतिनिधि दुवै पक्षबाट एउटै खालका समस्या सार्वजनिक भए-'ऐलानीका भूकम्प पीडितले के गर्ने ?' सार्वनिक सुनुवाइ कार्यक्रममा भूकम्पपीडितले मरिण क्षेत्रमा भूकम्पका धेरै समस्या रहेको औँल्याए । कार्यक्रममा…

March 14, 2018  
नागरिक समाजसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नागरिक समाज, सामाजिक संस्थाले ल्याउने विषय र कार्यक्रमहरूमा आफू सकारात्मक रहेको बताउँदै नागरिक समाजसँग सधैँ सहकार्य गरेर अगाडि बढ्ने बताएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीले फागुन ११ गते सिन्धुलीमाढीमा आयोजना गरेको वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर तथा चुनौतीहरू…

February 24, 2018