वडा सदस्यद्वारा इञ्जिनियरलाई कुटपिट, कुटपिटविरुद्ध कर्मचारी आन्दोलनमा

त्रिपुरासुन्दरी गाउँपालिका स्थायी घरभई लिसंखुपाखर गाउँपालिकाको इञ्जिनियर पदमा कार्यरत कपिल श्रेष्ठलाई सोही गाउँपालिका-१ का वडा सदस्य दावादोर्जे तामाङले इञ्जिनियरकै कार्यकक्षमा गएर कुटपिट गरेको भन्दै चैत १९ गतेदेखि अनिश्चितकालका लागि लिसंखुपाखर गाउँपालिकाका कर्मचारीहरुले कार्यालयको काम ठप्प बनाएर आन्दोलन थालेका छन् । स्थानीय भ्याङ्छुप सेम्पा गुम्बा स्तुपाको निर्माणसम्बन्धी विवादमा योजनाको भुक्तानी दिन…

नेकपाका नौ जना कार्यकर्ता रिहा, अदालतद्वारा इन्सेक प्रतिनिधिलाई जिम्मा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नौ जना कार्यकर्तालाई चैत १५ गते रिहा गर्दा जिल्ला अदालतले इन्सेक जिल्ला प्रतिनिधिलाई जिम्मा लगाएको छ । राज्यविरुद्धको अपराध गरेको आरोपमा गत फागुन १७ गते चौतारा सागाचोकगढी नपा १० स्थित कार्कीटारबाट गिरफ्तार गरिएका उनीहरुलाई जिल्ला अदालतले चैत १३ गते धरौटीमा रिहा गर्ने आदेश गरेको थियो…

प्रहरी हिरासतमा दिनहुँ यातनाः नेकपा कार्यकर्ता

राज्यविरूद्ध विभिन्न अपराधजन्य गतिविधि गरेको आरोपमा गिरफ्तार गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरी हिरासतमा प्रहरीले यातना दिएको भन्दै चैत १३ गते जिल्ला अदातलतको परिसरमा पत्रकार र अधिकारकर्मीहरू सँग गुनासो गरे । थुनछेक बहसको क्रममा अदालत पुगेका उनीहरूले आफुहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको अवस्थामा चरम यातना दिएको गुनासो…

अदालत परिसरबाटै विप्लवका कार्यकर्ता पुनःगिरफ्तार

राज्यविरूद्ध अपराधका गतिविधि गरेको आरोपमा गिरफ्तार गरिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा तीन जना कार्यकर्तालाई अदालतले धरौटीमा रिहा गरेकै दिन चैत १३ गते बेलुका जिल्ला अदालत परिसरबाट प्रहरीले पुनःगिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा बलेफी गाउँपालिका–४ फुल्पीङकोटका रञ्जित भन्ने इन्द्रबहादुर ठकुरी, बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका सौगात भन्ने रेशम पौडेल र काभ्रे…

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेकोे आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध १३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १३ गते प्राथमिक…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका चौतारा सागाचोकगढी- १ लप्टेका १७ वर्षीय बालकलाई २९ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई माघ २६ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । जुगल गाउँपालिका-१ बाट फागुन २९ गते…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरी कार्यालयमा उजुरी

१६ वर्षीया बालिकालाई १६ वर्षीय बालकले बलात्कार गरेको आरोपमा फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले माघ २६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितपक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २०…

हाडनातामा यौन सम्बन्ध राखेको कसुरमा दुवैलाई पाँच–पाँच वर्ष कैदको फैसला

हाडनातामा यौन सम्बन्ध राखेको कसुरमा चौतारा सागाचोकगढी नगरपालिका–१३ ठूलोसिरूबारीका २८ वर्षीय डिलबहादुर श्रेष्ठ र २५ वर्षीया देवमाया श्रेष्ठलाई ०७५ फागुन २१ गते जिल्ला अदालतको आदेशले पाँच-पाँच वर्षको कैद फैसला सुनाएको छ । जेठाजु र बुहारीले ०७४ फागुन ९ गते हाडनातामा सम्बन्ध राखेको भन्दै देवमायाका पति लेखबहादुर श्रेष्ठले ०७४ फागुन १०…

प्रहरी हिरासतमा बालिका र महिलामाथि यातना

जिल्ला प्रहरी कार्यालयको महिला हिरासत कक्षमा राखिएका चारजना महिलालाई प्रहरीले कुटपिट गरी यातना दिएको भन्दै फागुन २१ गते इन्सेक जिल्ला प्रतिनिधिसँग यातना पीडितले चोट देखाउँदै गुनासो गरे । प्रहरी हिरासतमा राखिएका व्यक्तिहरूसँगको भेटघाटका क्रममा पीडितहरूले यस्तो गुनासो गरेका हुन् । पीडितहरूले पैताला र पिडुँलामा लागेको चोट देखाउँदै आफूहरूलाई रातको समयमा…

स्वास्थ्य चौकीमा सिटामोलसमेत नहुँदा बिरामीहरू मर्कामा

जुगल गाउँपालिका-५ बराम्चीमा रहेको स्वास्थ्य चौकीमा सिटामोल समेतको औषधिको अभावमा उपचार गर्न आएका बिरामीहरू मर्कामा परेका छन् । ज्वरो आएर स्वास्थ्य चौकीमा उपचार गर्न गएका बराम्चीका सोमप्रसाद तिमल्सिनाले सिटामोल समेतको औषधि नपाएको गुनासो गरे । त्यसैगरी सोही ठाउँकी अप्सरा सापकोटाले पनि चिसोका कारण छाति र टाउको दुख्ने रोगले स्वास्थ्य चौकी…