बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरी कार्यालयमा उजुरी

१६ वर्षीया बालिकालाई १६ वर्षीय बालकले बलात्कार गरेको आरोपमा फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले माघ २६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितपक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २०…

हाडनातामा यौन सम्बन्ध राखेको कसुरमा दुवैलाई पाँच–पाँच वर्ष कैदको फैसला

हाडनातामा यौन सम्बन्ध राखेको कसुरमा चौतारा सागाचोकगढी नगरपालिका–१३ ठूलोसिरूबारीका २८ वर्षीय डिलबहादुर श्रेष्ठ र २५ वर्षीया देवमाया श्रेष्ठलाई ०७५ फागुन २१ गते जिल्ला अदालतको आदेशले पाँच-पाँच वर्षको कैद फैसला सुनाएको छ । जेठाजु र बुहारीले ०७४ फागुन ९ गते हाडनातामा सम्बन्ध राखेको भन्दै देवमायाका पति लेखबहादुर श्रेष्ठले ०७४ फागुन १०…

प्रहरी हिरासतमा बालिका र महिलामाथि यातना

जिल्ला प्रहरी कार्यालयको महिला हिरासत कक्षमा राखिएका चारजना महिलालाई प्रहरीले कुटपिट गरी यातना दिएको भन्दै फागुन २१ गते इन्सेक जिल्ला प्रतिनिधिसँग यातना पीडितले चोट देखाउँदै गुनासो गरे । प्रहरी हिरासतमा राखिएका व्यक्तिहरूसँगको भेटघाटका क्रममा पीडितहरूले यस्तो गुनासो गरेका हुन् । पीडितहरूले पैताला र पिडुँलामा लागेको चोट देखाउँदै आफूहरूलाई रातको समयमा…

स्वास्थ्य चौकीमा सिटामोलसमेत नहुँदा बिरामीहरू मर्कामा

जुगल गाउँपालिका-५ बराम्चीमा रहेको स्वास्थ्य चौकीमा सिटामोल समेतको औषधिको अभावमा उपचार गर्न आएका बिरामीहरू मर्कामा परेका छन् । ज्वरो आएर स्वास्थ्य चौकीमा उपचार गर्न गएका बराम्चीका सोमप्रसाद तिमल्सिनाले सिटामोल समेतको औषधि नपाएको गुनासो गरे । त्यसैगरी सोही ठाउँकी अप्सरा सापकोटाले पनि चिसोका कारण छाति र टाउको दुख्ने रोगले स्वास्थ्य चौकी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ थुम्पाखरका २२ वर्षीय विकाश नेपाली र सोही ठाउँका २७ वर्षीय गणेश नेपालीलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले फागुन १२ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडितपक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको…

अपहरण घटनाका आरोपित गिरफ्तार

सागाचोकगढी नपा १ घरभई स्याउले स्थित श्री सेतीदेवी मावि कक्षा ५ मा पढ्दै आएकी १३ वर्षीया स्वस्तीका चुहानलाई अपहरण गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला चित्लाङ गाउँपालिका–३ स्थायी घर भई सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी नपा–६ पिपलडाँडामा पुनर्निर्माणसम्बन्धी काम गरी बसेका १९ वर्षीय सुमन मगरलाई फागुन १५ गते गिरफ्तार गरेको छ ।…

अपाङ्गता भएकी एकल महिलालाई फलामको घन प्रहार गरी हत्या

त्रिपुरासुन्दरी गाउँपालिका–४ की अपाङ्गता भएकी ४१ वर्षीया एकल महिला रत्नमाया थामीलाई अपरिचित व्यक्तिले फलामको घन प्रहार गरी हत्या गरेको अवस्थामा पीडितकै घरमा माघ १४ गते शव फेला परेको छ । अविवाहित थामी शारीरिक रूपले अपाङ्गता भएकैले एकल रूपमा बस्दै आएकी थिइन् । राति घरमा सुतिरहेको अवस्थामा आफ्नै कोठामा भएको फलामको…

स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवाग्राही मर्कामा

चौतारा सागाचोकगढी नपा–७ स्थित सानुसिरुवारीको स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवा लिन आएका बिमारीहरू बिना औषधि खाली हात फर्कनु परेको छ । औषधि खरिद गर्ने जिम्मा नगरपालिकाको भएको र अहिलेसम्म नगरपालिकाबाट आउनुपर्ने औषधि नआएकोले बिरामीहरूलाई औषधि दिन नपाएको स्वास्थ्य चौकीका अनमी लक्ष्मी श्रेष्ठले बताइन् । स्वास्थ्य चौकीमा औषधि अभाव भएको बारे…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउपालिका ५ गुन्साका ५१ वर्षीय मानवहादुर गोलेलाई ०७५ माघ ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिला गुन्सा स्थित आफ्नै गाइ गोठमा बसिरहेको बेला आरोपितले ०७५ पुस २६ गते दिउसो जवरजस्ती बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडितपक्षले माघ २ गते…

दृष्टिविहीन बालकलाई विद्यालयमा थुनेर यातना दिएको आरोप

जुगल गाउँपालिका–४ घरभई चौतारा सागाचोकगढी नपा–५ स्थित बनदेवी मावि, चौतारामा अध्ययरत दृष्टिविहीन ११ वर्षीय कर्म तामाङलाई सोही विद्यालयकी शिक्षिका सावित्री सिल्वालले माघ ९ गते दिउँसो कार्यालय कोठामा थुनेर तीन घण्टा सम्म यातना दिएको पीडित पक्षको आरोप छ । दिउँसो २ः३० बजे बाट अफिसकोठामा ताला लगाएर बन्द गरी थुनेर राखेपछि पीडित…