सिन्धुपाल्चोकको रुघाखोकीमा कोरोना भाइरस छैनः स्वास्थ्य मन्त्रालय

जुगल गाउँपालिका–३ गुम्बाको बस्तिमा कोराना भाइरससँग मिल्दो लक्ष्यण देखिएको भएपनि त्यो कारोना भाइरस नै नभएको स्वास्थय मन्त्रालयले प्रष्ट्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २९ गते यस्ते पुष्टि गरेको हो । रुघाखोकी र अत्याधिक ज्वरोले गाउँमा बिरामीको सङ्ख्या बढ्दा स्थानीयहरूमा त्रास फैलिएपछि कोरोना भाइरसको आशंकामा जुगल गाउँपालिकाले जाँचबुझको लागी…

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समस्या

जिल्ला सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नपा–७ सानुसिरुवारी स्वास्थ्य चौकीका प्रमुख तथा अहेव केशव नापितलाई सोही वडाको सचिवमा सरुवा गरेपछि सो स्वास्थ्य चौकीबाट हुने सेवामा अवरोध पुगेकोे छ । अहेव प्रमुख सहित पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा एकजना अनमी र एकजना खोप कार्यकर्ता मात्र बाँकी रहेका छन् ।…

अज्ञात समूहद्धारा प्रहरी चौकी आक्रमण दुईजना प्रहरी घाइते

पाँचपोखरी थाम्पाल गाउँपालिका–८ मा रहेको तिपेनी प्रहरी चौकीमा ०७६ माघ २५ गते बिहान एक बजेको समयमा अज्ञात समूहले ढुङ्गामुढा गरी आक्रमण गरेका छन् । आक्रमणबाट चौकीका इन्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन्  । मोटरसाइकल चढेर आएका ८÷१० जनाको समुहले प्रहरी चौकीमा ढुङ्गामुढा गरी आक्रमण…

वडा अध्यक्षलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पाँचजना गिरफ्तार

जुगल गाउँपालिका–५ का वडा अध्यक्ष सनतकुमार अधिकारीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा सोहि ठाउँका पाँचजनालाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितहरुले ०७६ माघ २० गते चनौटे स्थित श्री रत्नराज्य माविको वार्षिक उत्सव कार्यक्रम सकेर सोहि विद्यालयको क्यान्टीनमा खाजा खानलाग्दा कुटपिट गरी घाइते बनाएको पीडितपक्षले बताएका छन् । घाइते वडा अध्यक्षको…

बालिका बलात्कार घटनाका आरोपि गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नगरपालिका–१२ खत्रीथोकका ७० वर्षीय चन्द्रबाहादुर मग्रान्तिलाई ०७६ माघ २१ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । आरोपीतले माघ १० गते पीडितकै घरमा बलात्कार गरेको पीडितकी आमाको आरोप छ । पीडितको पक्षबाट पीडितकी आमाले ०७६ माघ २१ गते उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका…

दिगो विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूको भनाई

दिगो विकासका लागि नागरिक समाज र सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने कुरा सरोकारवालाहरूले औल्याएका छन् । इन्सेक सिन्धुपाल्चोकद्वारा ०७६ माघ ९ गते चौतारामा आयोजित “विकासको लागी नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य” विषय अन्र्तक्रिया कार्यक्रममा जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूले सो कुरा बताएका हुन् । अन्र्तक्रिया कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नगरपालिका–१३ का २४ वर्षीय सरोज वि.क.लाई ०७६ माघ ५ गते बेलुकी प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ०७६ पुस १९ गते बालिकालाई विवाह गर्छु भनि घरमा ल्याई बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितको पक्षबाट पीडितकी आमाले इलाका प्रहरी कार्यालय मेलम्चीमा ०७६…

तीनजना कृषि प्राविधिकको भरमा सिङ्गो नगरपालिका

चौतारा सागाचोकगढी नगरपालिका–७ सिरुबारीका कृषक दुर्गाप्रसाद श्रेष्ठले लगाएको तरकारी बारीमा रोग लाग्दा के उपचार गर्ने भन्ने सल्लाह लिन कृषि प्राविधिक पाउनु भएन । समयमा नै प्राविधिक सल्लाह नपाउदा उहाँले लगाएको काउली तरकारी रोगले डढ्याे । ‘समयमा नै प्राविधिक सल्लाह लिएर उपचार गर्न पाएको भए तरकारीमा लागेको रोग निको हुन्थ्यो होला…

बलात्कार आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका ४ पाङताङका ६३ वर्षीय जीतबहादुर तामाङलाई २०७६ पुस २२ गते बेलुका घरबाट प्रहरीले गिरफ्तार गरेको छ । पीडितले बलात्कार बिरुद्व २०७६ पुस २१ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले बताउनुभयो । डीएसपी काफ्लेका अनुसार पुस २१…

वर्ष पुस्तकका लागि सङ्लित घटनाहरूको पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस १७ गते चौतारामा सम्पन्न भयो । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धितालले सिन्धुपाल्चोकमा सन् २०१९ को जनवरीदेखि डिसेम्बर ३१ सम्ममा सङ्कलन गरिएका मानव अधिकार उलङ्घन तथा ज्यादतिका घटनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा व्यक्तिगत…