बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–११ का ३५ वर्षीय देवेन्द्र लामालाई ०७६ साउन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले साउन ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको इलका प्रहरी कार्यालय मेलम्चीका…

प्रतिबन्धित नेकपाले आह्वान गरेको बन्दको दिन वडा कार्यालयमा आगजनी

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले साउन १५ गते आह्वान गरेको नेपाल बन्दको दिन मेलम्ची नगरपालिका-१० शिखरपुरको वडा कार्यालयमा अपरिचित व्यक्तिहरूको समूहद्वारा आगजनी गरेको छ । साउन १५ गते बिहानको राति अपरिचित व्यक्तिहरूको समूहले वडा कार्यालयमा आगजनी गरेको स्थानीय बालकृष्ण आचार्यले बताए । आचार्यका अनुसार उक्त समूहले वडा…

प्रतिबन्धित विप्लव नेत्तृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

मेलम्ची नगरपालिका-१ फटकसिलाका २१ वर्षीय रविन्द्र चौलागाईलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको आरोपमा प्रहरीले साउन ११ गते गिरफ्तार गरेको छ । चौलागाईलाई प्रहरीले इन्द्रवती गाउँपालिका-४ नवलपुरबाट ११ गते गिरफ्तार गरी साउन १३ गते सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए । उनलाई साउन १२ गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउँपालिका–५ सुनखानीका ४१ वर्षीय नारायण भूजेलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २८ गते बलात्कार गरेको भन्दै  पीडित पक्षले आरोपितविरूद्ध असार १ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनायो । बलात्कारपछि फरार आरोपितलाई जिल्ला प्रहरी…

बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-१ का ३४ वर्षीय नेमा लामाविरूद्ध पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको छ । पीडित मलिलालाई आरोपितले जागिरमा लगाइदिने प्रलोभनमा पारेर ०७५ जेठ १५ गते मेलम्ची नगरपालिका-८ डाँडाथोकबाट काठमाडौँ लगेको र पीडित महिला हालसम्म पनि सम्पर्कमा नआएको…

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमनपछि कारागारमा सुधार

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमनपछि चौतारा जेलमा सुधार भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले असार ५ गते जेलभित्र एक कार्यक्रम राखेर सो कुराको घोषणा गरेकी हुन् । भूकम्पले ध्वस्त बनाएपछि यसवर्ष मात्र सञ्चालनमा आएको चौतारा कारागारमा बन्दीहरूलाई घुम्ने ठाउँको अभाव मात्र होइन पुस्तकालय, खेल खेल्ने…

सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा जेठ २९ गते चौतारा सागाचोकगढी नपा–३ मा भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा चौतारा सागाचोकगढी नपा–३ का वडा अध्यक्ष टेकबहादुर तामाङले पहिलेको भन्दा अहिलेको अवस्थामा भूकम्प पीडितहरूको आवास पुनर्निर्माणमा सहज भएको बताए । अध्यक्ष तामाङले केही छिटपुट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु जिल्ला सल्लेरी घर भई हाल बाह्रबिसे नगरपालिका–६ सोताङमा पेन्टिङको काम गरी बस्ने २४ वर्षीय पासाङ शेर्पालाई जेठ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ २३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा…

विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता इन्द्रावती गाउँपालिका–२ पाटीगाउँका ४३ वर्षीय पूर्ण मल्ल ठकुरीलाई प्रहरीले जेठ २० गते सदरमुकाम चौताराबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका ठकुरीलाई अनुसन्धानको लागी प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासैनीले बताए । केही वर्ष अघिदेखि घर छाडेर काठमाडौँ बस्दै…

सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ को आयोजनामा जेठ १० गते लिसङ्खुपाखर गाउँपालिकामा सेवा प्रदायक निकाय र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रमका लिसङ्खुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगङ्गा मोक्तानले कर्मचारीको समस्याले जनताले भनेको जति सेवा दिन समस्या भएको बताइन् । उनले कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न…