थुनुवाद्वारा हिरासतमै अनसन सुरु

गुम्बा गाविस-६ बोल्दे स्थायी घर भई हाल जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका २४ वर्षीय पासलाल तामाङले अनशन सुरू गरेका छन् । ज्यान मारेको घटनामा पीडितलाई उद्धार गर्ने कार्यमा आफू लागेको र घटनामा आफू निर्दोष हुँदाहुँदै पनि अदालतले पुर्पक्षका लागि थुनामा राखेको भन्दै तामाङ फागुन २४ गतेदेखि अनसनमा बसेका हुन्…

जातीय भेदभाव तथा छुवाछुत सम्बन्धमा अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछुतको अवस्था विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम फागुन १९ गते चौतारामा सम्पन्न गरेको छ । आयोगले दुई दिनसम्म विभिन्न गाउँ स्तरमा जातीय भेदभावको अवस्था अनुगमन गरेर जिल्लामा रहेका सरोकारवालाहरूबिच अन्तरक्रिया गरेको आयोगका अधिकृत सोमराज सुवेदीले बताए । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले मानवले…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया एक महिलालाई फागुन ५ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा नपा-३ का २४ वर्षीय युवराज बिकलाई फागुन ७ गते गिरफ्तार गरेको छ । पीडितले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७३ माघ ११ गते १५ वर्षीय  बालकलाई गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपित बालकले पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको माघ ४ गते नै चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण…

सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था सार्वजनिक नहुँदा पीडित परिवार विस्थापित

तातोपानी सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी बलद्वारा ०७१ चैत ११ गते बेपत्ता बनाएका हगाम गाविस-७ घर भई तातोपानी गाविसमा मजदुरी गरी बस्ने २० वर्षीय कुमार तामाङको हालसम्म अवस्था सार्वजनिक नहुँदा पीडितकी पत्नी डोल्मा तामाङ र उनकी दुई वर्षीया छोरी गाउँबाट विस्थापित भएका छन् । घर परिवार र गाउँलेहरूको नराम्रो…

कुटपिट घटनाका आरोपित गिरफ्तार

चौतारा नपा-५ देउरालीकी ३७ वर्षीया धनमाया श्रेष्ठलाई माघ १ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति मोहनप्रसाद श्रेष्ठलाई माघ २ गते गिरफ्तार गरेको छ । पीडित महिलाले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले…

इन्सेकको टोलीद्वारा प्रहरी हिरासत अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरी हिरासत अनुगमन गरेको छ । अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालयले प्रहरी हिरासतमा रहेका थुनुवा तथा हिरासतमा रहेकाहरूको मानव अधिकार पूर्णरूपले पालना गरेको देखिएको संयोजक गौतमले बताए । प्रहरी हिरासतमा राखिएका…

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुस ७ गते जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन गरेको छ । मानव अधिकारकर्मीहरूको भेलाले रामचन्द्र बस्नेतको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूह गठन गरिएको हो । निगरानी समूहका सदस्यहरूमा उद्धव अधिकारी,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुम्पाखर गाविस-७ का २६ वर्षीय युवराज तामाङलाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका सई राजु पाण्डेले बताए ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्थली गाविस-१ सिमखर्कका ४० वर्षीय सोनाम शेर्पालाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण बाह्रबिसे स्थित…