स्वास्थ्य चौकीमा सिटामोल समेतको औषधि नहुँदा बिरामीहरू मर्कामा

बाह्रबिसे नगरपालिका-३ मा रहेको स्वास्थ्य चौकीमा सिटामोलसमेतको औषधि नहुँदा बिरामीहरू औषधि उपचारबाट वञ्चित भएका छन् । बर्थिङ सेन्टरसमेत रहेको उक्त स्वास्थ्य चौकीमा निशुल्क वितरण गरिने औषधिको अभावका कारण बिरामीहरू आउनसमेत छाडेको अनमी बबिता शाहले बताइन् । सरकारले स्वास्थ्य चौकीहरूबाट ३८ किसिमको औषधि निशुल्क वितरण गरिने भनिएता पनि सो स्वास्थ्य चौकीमा…

नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ १३ गते सिन्धुपाल्चोकमा आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्य, अवसर र चुनौति विषयक छलफल कार्यक्रमामा सरोकारवालाहरूले नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यमा जोड दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले जिल्ला समन्वय समितिले नागरिक संस्थाहरूसँग समन्वय…

सरकारी निकायको ढिलासुस्तीले भूकम्प पीडितको राहत पाउन समस्या

सरकारी निकायको ढीलासुस्तीका कारण राहत पाउन समस्या भएको भूकम्प पीडितले गुनासो गरेका छन् । इन्सेक सिन्धुपाल्चोकको आयोजनामा जेठ ५ गते चौतारा साँगाचोकगढी नपा-६ स्थित गौरातीमा आयोजित भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित भूकम्प पीडितहरूले यस्तो गुनासो गरेका हुन् । आफूले निरन्तर भूकम्प पीडितको समस्या लिएर विभिन्न सरकारी…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका-५ बलेफीका ३० वर्षीय पासाङ तामाङलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ३१ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १ गते…

प्रहरी हिरासतमा राखेर यातना दिएको भन्दै प्रहरी चौकी घेराउ

आफन्तलाई प्रहरीले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासतमा राखेर यातना दिएको भन्दै जेठ २ गते स्थानीयले इलाका प्रहरी कार्यालय बाह्रबिसे घेराउ गरेका छन् । लिसङ्खुपाखर गाउँपालिका-६ स्थित सिलढुङ्गाको एक पसलमा काम गरी बस्ने सोही ठाउँका विजय श्रेष्ठ, हेमराज पाण्डे र रविन पाण्डेलाई जेठ २ गते बिहान चोरीको आरोपमा प्रहरीले…

राहत नपाएको भन्दै भूकम्प पीडितद्वारा जिल्ला प्रशासन कार्यालयमा उजुरी

मेलम्ची नपा-१० शिखरपुर स्थित सञ्जेलटारका भूकम्प पीडितहरू मध्ये २४ घरपरिवारले हालसम्म पुनःनिर्माणको लागि राहत नपाएको भन्दै वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । ६३ वर्ष अघिदेखि इन्द्रावती गाउँपालिका-४ का राजेन्द्रमान ताल्चाभडेल लगायत ६ जनाको जग्गामा खनजोत गरी घर बनाएर बसोबास गर्दै आएका मेलम्ची नपा-१० का पहले माझी,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिशङ्खुपाखर गाउँपालिका-२ लिशङ्खुका २६ वर्षीय विकास भनिने मिनु योञ्जनलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७५ वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-३ स्थित गुम्बा स्थायी घरभई सोही गाउँपालिका-१ सेलाङ स्थित बासखर्कमा अस्थायी बसोबास गर्दै आएका ५४ वर्षीय पासाङ लामालाई वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले वैशाख २ गते जिल्ला…

स्वास्थ्य चौकीमा तोकिएका औषधि नहुँदा सेवाग्राही समस्यामा

भोटेकोशी गाउँपालिका-५ चाकु बजारमा रहेको स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवाग्राही बिरामीहरू समस्यामा परेका छन् । सरकारबाट निशुल्क वितरण गरिने औषधि स्वास्थ्य चौकीमा उपलब्ध नभएको तीन महिना भएको स्थानीयले आरोप लगाएका छन् । भोटेकोशी खोलाको बगरमा पालमुनी बसेर बिरामीहरूलाई जाच गर्नुपर्छ बिरामी जाँचेर औषधि दिन पाइँदैन भन्दै स्वास्थ्य चौकीको बिजोग भएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-७ स्थित सिपापोखरेका ३१ वर्षीय ध्रुव भन्ने दुर्गाबहादुर रोक्कालाई चैत २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २० गते भिमटार प्रहरी चौकीमा मौखिक उजुरी दिएको थियो । घटना पछि आरोपित भागेर…