यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा प्रहरीले पाँचपोखरी थाम्पाल गाउँपालिका–१ बासखर्कका २३ वर्षीय रमेश बिकलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको थियो । सोही उजुरीको आधारमा…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–१३ ठूलोसिरुवारीका २१ वर्षीय विशाल केसीलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार…

गाउँपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिकले पाएनन् सामजिक सुरक्षा भत्ता

गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता माग नगर्दा त्रिपुरासुन्दरी गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकहरूले गत साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्  । सरकारले तीन-तीन महिनामा वितरण गर्दे आएको सामाजिक सुरक्षा भत्ता कर्मचारी र स्थानीय जनप्रतिनिधिको लापरवाहीका कारण ५ सय ९९ जना महिला र ४ सय ७५ पुरुष गरी १ हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका–८ सिपापोखरेका ४५ वर्षीय सानुचुइके भन्ने कृष्णबहादुर नेवारलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ३१ गते पीडितकै घरमा गएर बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले असोज १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रहरीले…

जबाफदेहिता बृद्धिका लागि नागरिक समाज र सञ्चार जगतको साझा प्रतिबद्धता आवश्यक

नागरिक सङ्गठनहरू खुम्चेर रहेको वर्तमान अवस्थामा सङ्गठित भएर क्रियाशील हुनका लागि नागरिक समाज र सञ्चार जगतको साझा प्रतिबद्धताको खाँचो रहेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र शर्माले जोड दिएका छन् । इन्सेक सिन्धुपाल्चोकद्वारा पारस्परिक जबाफदेहिता परियोजना अन्र्तगत असोज ९ गते चौतारामा आयोजित विकासका लागि नागरिक समाज तथा सञ्चार जगतको भूमिका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ थुम्पाखर घर भई सोही ठाउँको चामुनादेवी आधारभूत विद्यालयका शिक्षक २८ वर्षीय राजु कुँवरलाई असोज ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २ गते विद्यालयको कक्षा कोठा भित्रै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले…

कुटपिट घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

इन्द्रवती गाउँपालिका-१ सिंपालकाभ्रेकी ७२ वर्षीया सेवाग्राही कौशल्या थापामगरलाई सोही वडाका वडा अध्यक्ष श्रीलामाले कुटपिट गरी दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । सेवाग्राही महिलालाई आरोपितले साउन २२ गते स्थानीय महिला समूहको तर्फबाट वडा कार्यालयमा आर्थिक सहयोग माग्न जाँदा कुटपिट गरी लडाएर…

मेलम्ची खानपानी आयोजना क्षेत्रमा जिल्ला प्रशासन कार्यालयद्वारा कर्फ्यू आदेश जारी

मेलम्ची खानेपानी आयोजनाका मजदुरहरूले आफ्नो पारिश्रमिक पाउनु पर्ने माग गर्दै आन्दोलन गरेको तेस्रो दिन भदौ २० गते जिल्ला प्रशासन कार्यालयले मेलम्ची खानेपानी आयोजनास्थल वरपर कर्फ्यू लगाएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३) क अनुसार मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ…

प्रहरीको गोली र अश्रुग्यास प्रहारबाट दुई जना मजदुर घाइते

प्रहरीको गोली र अश्रुग्यासको प्रहारबाट भदौ १९ गते बर्दिया जिल्ला बारबर्दिया नपा–९ स्थायी घर भई मेलम्ची खानेपानी कार्यालयको सुपरभाइजर पदमा कार्यरत ३२ वर्षीय सन्तोष चौधरी र मेलम्ची नपा–९ स्थित ज्यामीरेका ३० वर्षीय बालमुकुन्द अधिकारी घाइते भएका छन् । मेलम्ची खानेपानी आयोजनाले मजदुरलाई ज्याला नदिएको भन्दै भदौ १८ गतेदेखि आन्दोलनमा उत्रिएका…

प्रहरी हिरासतमा महिलामाथि यातना

हत्या आरोपमा भदौ ९ गते गिरफ्तरीमा परी इलाका प्रहरी कार्यालय मेलम्चीमा थुनामा रहेकी मेलम्ची नगरपालिका–४ स्थित थकनीकी २८ वर्षीया अस्मिता तामाङलाई प्रहरीले कुटपिट गरी यातना दिएको उनले इन्सेक जिल्ला प्रतिनिधिसँग बताएकी छन् ।   भदौ १७ गते हिरासत अनुगमनको क्रममा इलाका प्रहरी कार्यालय पुगेका जिल्ला प्रतिनिधिसँग पीडित महिलाले भदौ ९…