२५ बुँदे घोषणापत्र जारी गर्दै ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला सम्पन्न (घोषणापत्रको पूर्ण पाठसहित)

मानव अधिकारका अन्तर्राष्ट्रिय सिद्धान्तहरुः सहअस्तित्व, मानवीयता र आत्मसम्मान, समानता, पारस्परिकता, न्यायोचितता, अहिंसा तथा स्वशासनप्रति प्रतिबद्धता जनाउँदै ११ औँ मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ सम्पन्न भएको छ । मङ्सिर २२ देखि २९ गतेसम्म सप्ताहव्यापी रूपमा चलेको महाभेलाले २५ बुँदे घोषणापत्र जारी गरेको छ । महाभेलाको सन्दर्भमा मुलुकभर आयोजित विभिन्न विषयगत कार्यशाला, गोष्ठी,…

December 16, 2019  
मानव अधिकार रक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

मानव अधिकार रक्षाका कार्यक्रम सबै स्थानीय तहसम्म गर्नु पर्नेमा मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २९ गते आयोजना गरिएको ११ आँै मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ को समापन समारोहमा वक्ताहरुले उक्त कुरा बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले…

December 16, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–१४ का १७ वर्षीय बालकलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३१ गते घरमा बोलाएर बलात्कार गरेको र पछिल्लो पटक मङ्सिर २५ गते पनि बलात्कार गरेको पीडितकी आमाले बताउनु भएको छ । पीडितकी आमाले मङ्सिर २६ गते…

December 15, 2019  
मानव अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री थापा

मानव अधिकारको संरक्षण, सम्बर्द्धन र नागरिकको स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४ गते राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले देशमा शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि प्रतिबद्धता व्यक्त गर्दै…

December 11, 2019  
बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई जिल्ला अदालत ललितपुरको इजलासले मङ्सिर २० गते १८ वर्ष ६ महिना कैद र १ लाख २५ हजार रुपियाँ जरिबानाको सजाय गर्ने फैसला गरेको छ…

December 7, 2019  
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । आरोपित बालक भएकाले अपराध संहिता २०७४ को दफा २१९ (ख) बमोजिम आधा सजाय निर्धारण गरेको अदालतले जनाएको छ । न्यायाधीश…

December 5, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला बेथानचोक गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–२४, धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते विभिन्न प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिनुभएको थियो । पीडित बालिकाकी…

November 27, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला घर भइ ललितपुर महानगरपालिका–१८, नख्खुस्थित मेडिसिटी अस्पतालमा कार्यरत डा.रोहितकुमार झालाई ०७६ मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर ८ गते अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएकी महिलालाई बलात्कार प्रयास गरेको पीडित महिलाले बताउनु भएको…

November 26, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला गौरीगङ्गा गाउँपालिका–२ घर भई काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बस्ने ३० वर्षीय रोहितप्रसाद ढुङ्गानालाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बलात्कार प्रयास गर्न ढुङ्गानालाई सघाएको आरोपमा जुम्ला जिल्ला सिञ्जा गाउँपालिका–१ घर भई काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका–३२ जडिबुटी…

November 26, 2019  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतहट जिल्लाको रङ्गपुर घर भई महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने ३४ वर्षीय चक्रबहादुर योन्जन लामालाई जिल्ला अदालतले मङ्सिर २ गते आठ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । आरोपितको जायजेथा सम्पति नभएकाले सरकारी कोषबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति दिने…

November 20, 2019