फुजेल काण्डको मुद्दा काठमाडौँमा सार्न माग गर्दै पाटन उच्च अदालतमा निवेदन

गोरखा जिल्ला फुजेलकी गङ्गामाया अधिकारीले चितवन जिल्ला अदालतमा चलिरहेको छोरा कृष्णप्रसा अधिकारीको हत्यासम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा सार्ने आदेश गरी पाउँ भनी उच्च अदालत पाटनमा भदौ २८ गते निवेदन दिएकी छन् । नेपालको संविधानको धारा २० को उपधारा (९), धारा २१ को उपधारा (२), धारा १४५ को उपधारा (२) तथा…

September 14, 2017  
मानवीय सहायतामा अविलम्ब जुट्न आयोगको आग्रह

विगत केही दिन देखि भइरहेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हालसम्म डुबान तथा बाढी पहिरोबाट विभिन्न जिल्लामा ६४ जनाको मृत्यु भएको, ४४ जना घाइते भएका, ३६ जना बेपत्ता भएका,  करिब १९ हजार घरपरिवार…

August 13, 2017  
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन २४ गते ललितपुरको महालक्ष्मी नगरपालकास्थित लामाटारमा जिल्ला विकास समिति ललितपुरसँगको सहकार्यमा भूकम्प पीडितहरूको अवस्था र पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । भत्किएका घर पुनर्निर्माण गर्न नक्साको डिजाइनको अभाव भएको, खानेपानी, ढल, बिजुली, सडक जस्ता विकास निमार्ण कार्यले गर्दा पीडित, झन…

March 8, 2017  
आयोगको प्रतिवेदन संसद्मा छलफल हुनु जरुरी

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन व्यवस्थापिका–संसद्मा छलफल हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । आयोगद्वारा माघ २ गते आफ्नै कार्यालय हरिहरभवनमा आयोजित आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो विषयवस्तुले प्रवेश पाएको हो । आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष बुझाउँदै आए पनि त्यसले संसद्मा प्रवेश…

January 15, 2017  
मधेसी नागरिकमाथि संवैधानिक भन्दा पनि भावनात्मक विभेदः सरोकारवाला

तराईमधेसका नागरिकमाथि संवैधानिक भन्दा पनि भावनात्मक र व्यवहारिक विभेद भएको एक कार्यक्रमका सरोकारवालाले औँल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र ल एसोसिएटको संयुक्त आयोजनामा पुस ६ गते ललितपुरमा आयोजित "मधेसका मागहरूको विश्लेषण, प्रान्त, सीमा र स्वायत्तताको सवाल" विषयक एक अन्तरकृया कार्यक्रममा सरोकारवालाले सो कुरा औँल्याएका हुन् । कार्यक्रममा…

December 21, 2016  
ललितपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मङ्सिर २६ गते महालक्ष्मी नगरपालिकाको लुभुमा भूकम्पपीडितहरूको अवस्था र पुनर्निर्माण अभियानबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकारमैत्री वातावरणका लागि उतरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकाको संयुक्त वडा कार्यालय लुभुमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विनाशकारी भूकम्पपछि भत्किएका घर पुनर्निर्माण…

December 11, 2016  
द्वन्द्व पीडितलाई न्याय दिलाउन नसक्नु कमजोरीः मानव अधिकार आयोग

सशस्त्र द्वन्द्वको विधिवत अन्त्य हुनु सकारात्मक कदम भए पनि द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याई पीडितलाई न्याय दिलाउन नसक्नु कमजोरी भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगले मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौताका १० वर्ष र मानव अधिकारको अवस्थाका बारेमा प्रतिवेदन सार्वजनिक गर्दै…

November 21, 2016  
बेपत्ता नागरिकको अवस्था सार्वजनिक गरः आयोग

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको १० वर्षहुनै लाग्दा समेत बेपत्ता व्यक्तिहरूको खोजविन गरी स्थिति सार्वजनिक नगरिनु दुःखद पक्ष भएको भन्दै उनीहरूको  खोजविन गरी स्थिति सार्वजनिक गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । बलपूर्वक बेपत्ता पारिनबाट संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा भदौ १३ गते विज्ञप्ति जारी गर्दै आयोगले तत्कालीन…

August 30, 2016  
द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न आफन्तजनको माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्याक्तिका परिवारका सदस्य तथा आफन्तजनले उनीहरूको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), नेपाल रेडक्रस सोसाइटी, र बेपत्ता परिवार समाज नेपालले सशस्त्र द्वन्द्वका बेला बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा भदौ १३ गते ललितपुरमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले यस्तो…

August 30, 2016  
ललितपुरको हरिसिद्धीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भदौ १० गते ललितपुरको हरिसिद्धीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकारमैत्री वातावरणका लागि उतरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भूकम्प पीडितहरूको अवस्था र पुनर्निर्माण अभियानका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका सहभागीहरुले विनासकारी भूकम्पपछि बाँडिएको राहत मुख्य पीडितसम्म पुग्न नसकेको,…

August 26, 2016