बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला चन्द्रपुर नगरपालिका, कलटोल घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२८, हरिसिद्धि, गुमोजचोकमा बस्ने २८ वर्षीय राजु वाईवालाई साउन ५ गते गिरफ्तार गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार आरोपितले बालिकाका अभिभावकलाई गलैँचा कारखानामा काम गरेर सुखी जीवन…

July 22, 2019  
आप्रवासी कामदारका हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू गरिएको छ । ०७६ साउन ५ गते आयोगले ललितपुरस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि यही कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन गरिन लागको जानकारी दिएको हो । सम्मेलनमा…

July 21, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा ललितपुरमा असार २५ गते सम्पन्न गरेको छ । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टिकाराम दाहालले सबैले सबै ठाउँमा अधिकारको उपभोगसँगै कर्तव्यको पालना गरे मात्र मानव अधिकारको संरक्षण हुने बताएका छन् ।…

July 11, 2019  
प्रहरी हिरासतबाटै तीन जना थुनुवा 'फरार' !

महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको हिरासतबाट असार २४ गते बिहान करिब २ बजे तीन जना थुनुवा शौचालयको ग्रिल भत्काएर भागेका छन् । फरार हुनेमा रामेछाप जिल्ला घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्दै आएका विकास भनिने २५ वर्षीय राजेश श्रेष्ठ, उदयपुर जिल्ला घर भई नयाँ बसपार्क काठमाडौँ बस्दै आएका २८ वर्षीय सम्सेर…

July 10, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला पाँचखाल नगरपालिका–५, घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बस्ने २० वर्षीय निशान अधिकारीलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १८ गते साँझ ग्वार्कोबाट घरमा पुर्‍याइ दिने भन्दै आफ्नै कोठामा लगेर बन्धक बनाई बलात्कार गरेको…

July 6, 2019  
सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुर, मानव अधिकार सञ्जाल ललितपुर र कोन्ज्योसोम गाउँपालिका-१, चौघरेको संयुक्त आयोजनामा असार १८ गते कोन्ज्योसोम गाउँपालिका-१, चौघरेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङ्तानले मोटरबाटो नपुगेका कारण निजी आवास पुनर्निर्माण गर्न…

July 4, 2019  
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल ललितपुरको आयोजनामा महाँकाल गाउँपालिका–५, चन्दनपुर, नमनडाँडामा भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम असार १४ गते सम्पन्न भएको छ । कार्यक्रममा महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले निजी आवास निर्माणमा भूकम्प पीडितहरूको गुनासो अझसम्म पनि रही सर्वेक्षण गरिरहनु दुःखको कुरा भएको बताए ।…

July 1, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला घर भई हाल ललितपुर बस्ने बस्ने ५१ वर्षीय हजुरबुबालाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मिठाइ खुवाउने बहानामा असार ८ गते बलात्कार गरेको भन्दै पीडितकी फुपू दिदीले असार १० गते आरोपितविरूद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा लिखित उजुरी…

June 26, 2019  
विद्यालय तथा घरबाट अपहेलित भएको भन्दै ११ वर्षीय बालकद्वारा आत्महत्या

बागमती गाउँपालिका–२ माल्टास्थित कालिदेवी माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक समिर लुङ्वाले विद्यालय तथा घरपरिवारबाट अपहेलित भएको सुसाइट नोट लेखेर असार ७ गते आत्महत्या गरेका छन् । लुङ्वाले सुसाइट नोटमा कक्षामा छात्रहरूलाई मात्रै पिट्ने, छात्राहरूलाई केही पनि नगर्ने गरेको र आफूलाई कसैले पनि माया नगरेको भनी सुसाइड नोटमा…

June 26, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला धुनिबेसी नगरपालिका, नौबिसे घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका–१४, ठैब चोकमा बस्ने २० वर्षीय विजय तामाङलाई असार ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फेसबुकबाट साथी बनाइ ०७५ पुस २३ गते बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको महानगरीय…

June 23, 2019