पत्नीलाई छुरा प्रहार गरेको आरोपमा पति गिरफ्तार

ललितपुर महानगरपालिका-२ सानेपाकी २९ वर्षीया चन्द्रकला महर्जनलाई सामान्य घरायसी बिवादमा साउन ९ गते बिहान छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति पदम महर्जनलाई साउन ९ गते गिरफ्तार गरेको छ । पीडित चन्द्रकलाको पिठ्यूँमा छुरा प्रहार गरिएको छ । उनको उपचार भैँसेपाटीस्थित मेडिसीटी अस्पतालमा भइरहेको महानगरीय प्रहरी परिसर…

July 25, 2018  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

३० वर्षीया महिलालाई ललितपुर महानगरपालिका-१३ कुसुन्तीका ३४ वर्षीय टङ्क थापा र ललितपुर महानगरपालिका-१४ सातदोबाटोका २९ वर्षीय सरोज केसीले सामूहिक बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा साउन ७ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले साउन ६ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।…

July 23, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई असार २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२३ धापाखेलका ४१ वर्षीय जफत महर्जनविरूद्ध महानगरीय प्रहरी वृत्त सादोबाटोमा पीडित पक्षले असार २६ गते उजुरी दिएको छ । घटनापछि आरोपित महर्जन फरार रहेको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोकी सई सरिता भण्डारीले बताइन् । पीडितको स्वास्थ्य…

July 10, 2018  
ड. केसी र गङ्गामायाको आमरण अनसन व्यक्तिगत होइनः पूर्व प्रधानन्यायाधीश कार्की

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ड.गोविन्द केसी र गङ्गामाया अधिकारीको आमरण अनसन कुनै व्यक्तिगत नभइ ३ करोड नेपाली सवालको विषय भएको बताइन् । असार १९ गते ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले नेपाल सरकारबाट गठित उच्चस्तरीय माथेमा आयोगको प्रतिवेदनलाई लागु गरी स्वास्थ्य क्षेत्रको सुधारका लागि उठाएका मागहरू आम नेपालीका साझा सरोकारका…

July 3, 2018  
महाङ्काल गाउँपालिकाका अध्यक्षमाथि आक्रमण प्रयास तथा कार्यकक्षमा तोडफोड

महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दहालमाथि असार १८ गते महाङ्काल गाउँपालिका-३ घर भई हाल ललितपुर महानगरपालिका बस्ने नेपाली काङ्ग्रेस ललितपुरका जिल्ला सचिव भिमसेन घिमिरेले आक्रमण प्रयास गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका छन् । गाउँपालिकाका अध्यक्ष दहालका अनुसार काङ्ग्रेसका जिल्ला सचिव घिमिरे कार्यालयमा प्रवेश गरी आफूसँग असम्बन्धित कागजातको प्रतिलिपि मागेकाले अरूको…

July 3, 2018  
जातीय विभेद गरेको घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

रुपन्देही जिल्ला वुटवल उमनपा-६ घर भई ललितपुर मनपा-२४ धापाखेल बस्ने १७ वर्षीया उमा नेपालीलाई जातीय विभेद गरेको आरोपमा ललितपुर मनपा-२४ धापाखेलका ५३ वर्षीय राजन प्रधानविरुद्ध पीडित पक्षले असार १२ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गराएको छ । आरोपित प्रधानको घरमा लामो समयदेखि भाडामा बस्दै आएकी नेपालीलाई असार १२…

June 26, 2018  
भूकम्पपीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र गोदावरी नगरपालिका ४ नम्बर वडा कार्यालयको समन्वयमा भूकम्प पीडितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम गोदावरी नगरपालिका-४ स्थित बडिखेलमा असार ११ गते सम्पन्न गरिएको छ । भूकम्प पीडितको अवस्था र हालसम्म पीडितले पाएको राहत र सरकारी क्षेत्रबाट पीडितका लागि भएको प्रयास…

June 25, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा महाङ्काल गाउँपालिका-५ चन्दनपुर घरभई ललितपुर महानगरपालिका-१५ सातदोवाटो बस्ने ३२ वर्षीय रबी गुरुङविरुद्ध पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोवाटोमा जेठ ३१ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले जेठ ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले महानगरीय प्रहरी वृत्त सातदोवाटोमा उजुरी…

June 14, 2018  
विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ १६ गते ललितपुरमा पारस्परिक परियोजना अर्न्तर्गत नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका परियोजना प्रकुख श्रीराम बजगाइँले कार्यक्रमको उद्धेश्यका बारे प्रकाश पर्दै विकासका लागि नागरिक समाज र सञ्चारजगतले आ-आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका…

May 31, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोदावरी नपा-१२ बाँडेगाउँका २६ वर्षीय टेकबहादुर साहुविरुद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्षले जेठ १० गते उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले दिएको उजुरी दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोकी असई…

May 24, 2018