शिक्षकको यातनाका कारण विद्यार्थी बेहोस !

बागमती गाउँपालिका–४ प्युटारस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी दर्शन गौतमलाई होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गराउँदा बेहोस भएको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालकलाई विज्ञान विषय पढाउने कक्षा शिक्षक ब्रजकिशोर शाहले होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गर्न लगाएका…

December 4, 2018  
स्थानीय सरकासँग सहकार्य र निगरानीका लागि आग्रह

विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनुसार काम भए नभएको निगरानी गर्नु पर्ने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबिच सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन् । कार्यक्रममा…

November 30, 2018  
पीडितलाई अनुदान दिन र समयमा नै पुनर्निर्माण गर्न आग्रह

लाभग्राहीमा छुटेका वास्तविक भूकम्प पीडितहरूलाई अनुदानको व्यवस्था गर्न र पहिलो किस्ता लिएर निर्धारित समयमा घर बनाउने लाभग्राहीलाई आग्रह गरिएको छ । महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा मङ्सिर ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र महालक्ष्मी नगरपालिका-७ को संयुक्त आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले सो आग्रह गरेका…

November 21, 2018  
भूकम्प पीडितको गुनासो सम्बोधन गर्न तत्काल पहल गर्ने प्रतिबद्धता

भूकम्प पीडितहरूले समयमा अनुदान नपाएको, पहिलो किस्ता अनुदान लिएपनि दोस्रो किस्ता लिन झञ्झट व्यहोर्नु परेकोप्रति सरोकारवालाल पीडासमन गर्दै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ललितपुर महानगरपालिका-२४ धापाखेलमा मङ्सिर २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र ललितपुर महानगरपालिका-२४ को संयुक्त आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा…

November 19, 2018  
इन्सेक अध्यक्ष प्याकुरेललाई बधाई ज्ञापन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश १ को सरकारले प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेकोमा बधाई ज्ञापन गरिएको छ । ललितपुरमा कात्तिक १५ गते एक कार्यक्रमको आयोजना गरी इन्सेकका संस्थापक, पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्य, कार्यसमितिका सदस्य तथा कर्मचारीहरूले बधाई ज्ञापन गरिएको…

November 1, 2018  
निर्णय प्रक्रिया सङ्घीयता अनुसार लैजानु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले संस्थाको निर्णय प्रक्रिया सङ्घीयता अनुसार लैजानु पर्नेमा जोड दिएका छन् । इन्सेक केन्द्रीय कार्यालयद्वारा कात्तिक १४ गते ललितपुरको गोदावरीमा आयोजित मानव अधिकारमैत्री उत्तरदायित्व प्रवर्धन परियोजनाको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन सत्रमा अध्यक्ष प्याकुरेलले उक्त विषयमा जोड दिएका हुन् । अध्यक्ष प्याकुरेलले सत्य स्थापित…

November 1, 2018  
नागरिक समाज र पत्रकारबीच सहकार्यमा जोड

नागरिक समाज र पत्रकारबीचकोे सहकार्यले सामाजिक विकासमा टेवा पुग्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ ले ललितपुरमा असोज २५ गते आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले नागरिक समाज र पत्रकारबीच सहकार्य गर्न सके समस्याको खोजी गरी…

October 11, 2018  
इलाका प्रहरी कार्यालय टुङ्गुनमा तोडफोड

महाँकाल गाउँपालिका–३, गोटिखेलमा रहेको इलाका प्रहरी कार्यालय टुङ्गुनमा स्थानीइको एक समूहले असोज १८ गते तोडफोड तथा आगजनी गरेको छ । उक्त समूहले प्रहरी कार्यालयको पोष्ट, खाट, प्रतिक्षालय, साइन बोर्ड, ब्यारेकको ढोका, काठको कुर्सी, क्यारेमबोर्ड, टेबललगायतका सामग्री तोडफोड गरेको इलाका प्रहरी कार्यालय टुङ्गुन, गोटिखेलका सई मनोहरी थापाले बताए । १३ वर्षीया…

October 5, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको बसन्तपुर, बेतिया घर बताउने १९ वर्षीय बब्लुकुमार माझीलाई असोज १९गते गिरफ्तार गरेको छ । असोज १८ गते नै स्थानीयले आरोपितलाई प्रहरीमा बुझाएका थिए । आरोपित प्रहरीको थुनुवा कक्षबाट भागेपछि असोज १८ गते प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका थिए । आरोपितलाई माथिल्लो…

October 5, 2018  
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरणका लागि एकताबद्ध हुनुपर्नेमा जोड

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्नका लागि राज्यका सबै मानव अधिकारका रक्षक एकताबद्ध हुनुपर्नेमा सरोकावालाले जोड दिएका छन् । मानव अधिकार आयोग प्रदेश ३ कार्यालयले असोज १५ गते आयोजना गरेको ‘मानव अधिकार कार्यान्वयनको अवस्था र चुनौती’ विषयको अन्तरक्रियामा पछिल्लो समयमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको हुँदा न्यूनीकरणका…

October 2, 2018