सङ्क्रमणकालीन न्यायका संयन्त्रहरुको गठन सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण

सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्ने आयोगहरूलाई पूर्णता दिने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले भदौ ५ गते एक विज्ञप्ति जारी गरी सङ्क्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्‍याउनु पर्ने सम्बन्धमा विस्तृत शान्ति सम्झौताको बेलादेखि सजग रहेको जनाएको छ । समय–समयमा आफ्ना धारणा व्यक्त गर्दै आइरहेको आयोगले सञ्चार…

August 23, 2019  
बलात्कारपछि हत्या प्रयास गरेको कसुरमा २० वर्ष कैदको फैसला

२१ वर्षीया महिलालाई गोदावरी नगरपालिका-२ गोदामचौरमा सामूहिक बलात्कार गरी हत्या प्रयास गरेको आरोपसम्बन्धी घटनामा उच्च अदालत पाटनले भदौ २ गते उक्त घटनाका आरोपितहरूलाई जनही २० वर्ष जेल सजायको फैसला सुनाएको छ । जिल्ला अदालतले आरोपितहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई सामूहिक बलात्कारमा १० वर्ष ज्यान मार्ने उद्योगमा १०…

August 20, 2019  
ज्येष्ठ नागरिक विधेयक सुधारमा राष्ट्रिय मानव अधिकार आयोगको सुझाव

राष्ट्रिय मानव अधिकार आयोगले संसदमा विचाराधीन ज्येष्ठ नागरिक विधेयकमा सुधार गरिनु पर्ने विषयहरूमा सुझाव दिएको छ । सरोकारवालाहरूसंँगको छलफलबाट सङ्कलित सम्बन्धित विषयमा आयोगले साउन २३ गते प्रतिनिधि सभा महिला तथा सामाजिक समितिमा सुझाव पेश गरेको हो । आयोगले पूर्व न्यायाधीश, कानुन व्यवसायी तथा नेपाल बार एशोसिएशन, ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत…

August 9, 2019  
नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा र १५ लाख जोखिममा

राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा करिब ३५ हजार व्यक्ति बेचबिखनमा परेको र १५ लाख मानिस जोखिममा रहेको जनाएको छ । मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष अनूपराज शर्माले आन्तरिक तथा सीमापार मानव बेचबिखन दुवै उत्तिकै रहेको बताए । साउन २० गते आयोगको सभाहलमा प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष शर्माले भने–‘मानव…

August 7, 2019  
सङ्क्रमणकालीन न्यायको व्यवस्थापनमा दुई आयोगबिच समन्वय र सहकार्यमा जोड

सङ्क्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय मानव अधिकार आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग बीच समन्वय र सहकार्यको आवश्यकतामा जोड दिइएको छ ।   साउन १६ गते राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिव कृष्णजीवी घिमिरे तथा कर्मचारीहरूसँग भेटघाट तथा छलफल गरी सहकार्यमा…

August 3, 2019  
नख्खु कारागारमा कैदिबन्दीहरूबिच कुटाकुट हुँदा एक जनाको मृत्यु

नख्खु कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका दुई जना कैदीबन्दीहरूबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।   साउन १७ गते भएको झगडाको क्रममा ३५ वर्षीय पूर्णबहादुर राजीलाई ५० वर्षीय पवनकुमार महतोले भुइँमा बिच्छ्याएको ब्लक इँटाले हिर्काउँदा राजीको मृत्यु भएको हो ।   ब्लक इँटाले हिर्काउँदा घाइते भएका राजीलाई…

August 2, 2019  
सार्वजनिक सेवा प्रवाहमा उपभोक्ता मानव अधिकारको संरक्षणमा मानव अधिकार आयोगको जोड

राष्ट्रिय मानव अधिकार आयोगले गुणस्तरीय सेवा र वस्तुमाथिको पहुँचको सुनिश्चितता उपभोक्ता अधिकारको प्रथम मापदण्ड भएको जनाएको छ । ललितपुरस्थित आयोगको कार्यालयमा साउन १२ गते आयोजित सार्वजनिक सेवा प्रवाहमा उपभोक्ताका मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले संविधान तथा कानुनले संरक्षित गरेका अधिकारहरूको उपभोग तथा संरक्षणका लागि जोड दिए । उनीहरूले…

July 29, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापा जिल्ला बिर्तामोड नगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१५ साम्पाङचोकमा झारफुक गरी बस्ने ४० वर्षीय सर्बु राईलाई साउन ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ७ गते झारफुक गर्ने बहानामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन…

July 25, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला चन्द्रपुर नगरपालिका, कलटोल घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका–२८, हरिसिद्धि, गुमोजचोकमा बस्ने २८ वर्षीय राजु वाईवालाई साउन ५ गते गिरफ्तार गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार आरोपितले बालिकाका अभिभावकलाई गलैँचा कारखानामा काम गरेर सुखी जीवन…

July 22, 2019  
आप्रवासी कामदारका हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू गरिएको छ । ०७६ साउन ५ गते आयोगले ललितपुरस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि यही कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन गरिन लागको जानकारी दिएको हो । सम्मेलनमा…

July 21, 2019