बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ । आयोगले हालै उपत्यकास्थित विभिन्न विद्यालयहरूमा स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना तथा बालबालिकामा कोरोना सङ्क्रमणको जोखिमको अवस्था सम्बन्धमा स्थलगत अनुगमन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय सौतेलो बाबुलाई प्रहरीले चैत २२ गते गिरफ्तार गरेको छ । अपाङ्गता भएकी पीडित बालिकालाई ०७७ फागुन २६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले फागुन २७ गते महानगरीय प्रहरी परिसर, जावलाखेलमा आरोपितविरुद्ध उजुरी दिनुभएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको…
महिला अधिकारको संरक्षणमा आयोगको भूमिका विषयक छलफल
राष्ट्रिय मानव अधिकार आयोगले महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरूसँग महिला अधिकारको अवस्था सम्बन्धमा छलफल गरेको छ । आयोगको छैठौँ रणनीतिक योजना निर्माणको सन्दर्भमा आयोगले ०७७ चैत १८ गते एक प्रेस नोट प्रकाशन गरी विभिन्न क्षेत्र र समुदायसँग छलफल तथा सुझावहरू लिएको आयोगले जनाएको हो । त्यस…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७, गिम्दीका ३२ वर्षीय रवि केप्छाकी मगरविरुद्ध चैत २ गते महानगरिय प्रहरी वृत चापागाउँमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई ०७७ पुस २५ गते विभिन्न प्रलोभनमा पारी, डरत्रास देखाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध उजुरी दिएको प्रहरी वृत चापागाउँले जनाएको हो…
सहकारीमा आबद्ध महिलालाई महिला अधिकारसम्बन्धी अभिमूखीकरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन) नेपाल र सम्झना कृषि सहकारी संस्था लि. को संयुक्त आयोजनामा फागुन २४ गते चापागाउँमा महिला अधिकारः मानव अधिकार विषयक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नपालको आधार’ भन्ने मूल नाराका साथ १ सय ११…
बालकको मृत्यु भएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण
जुम्ला जिल्ला गुठीचौर गाउँपालिका–३ का १३ वर्षीय बालक पदमबहादुर बुढाको प्रहरीको कुटपिट तथा यातनाबाट मृत्यु भएको भनिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले ०७७ फागुन ७ गते विज्ञप्ति प्रकाशित गरी कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले उक्त घटनाको अनुगमन गरेको समेत जनाएको छ । आयोगको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा जिल्ला पोखरिया नगरपालिका–६, श्रीसिया गाउँ घर भई महाँकाल गाउँपालिका–४, कालेश्वर, खन्तिडाँडास्थित नवोदय आधारभूत विद्यालय भवन निर्माणमा ज्यामी काम गर्ने २३ वर्षीय राजकुमार ठाकुरलाई प्रहरीले ०७७ फागुन ६ गत गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७७ फागुन ५ गते साँझ प्रलोभनमा पारी, डरत्रास देखाई…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को विमोचन, सङ्क्रमणकालीन न्यायका लागि निश्कर्षमा पुग्नु पर्नेमा परराष्ट्र मन्त्री ज्ञवालीको जोड
सङ्क्रमणकालीन न्यायका लागि पीडित केन्द्रित भई उनीहरूको सम्मानित जीवन यापनका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर अघि बढ्नु पर्ने धारणा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राख्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा फागुन ७ गते आयोजित “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१” को विमोचन समारोहमा उहाँले सो उक्त…
सन् २०२० मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार भन्दा बढी पीडित
ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०२० का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको…
२६ औँ प्रकाश मानव अधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई
अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा स्थापना भएको 'प्रकाश मानव अधिकार पुरस्कार' बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ । इन्सेकले माघ २७ गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रकाश मानव अधिकार पुरस्कार डाक्टर विश्वकर्मालाई हस्तान्तरण गरेको हो । इन्सेकका महासचिव रुद्र चर्मकारको संयोजकत्वमा रहेको…