बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असोज १४ गते इलाका प्रहरी कार्यालय कटोकरपुरमा उजुरी दिएको थियो । उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका…

October 3, 2019  
गाउँपालिकामा कर्मचारी नहुँदा सर्वसाधारण मर्कामा

खाँडादेवी गाउँपालिकामा एक वर्षदेखि कर्मचारी नहुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा पर्न गएको छ । कुल नौ ओटा वडा रहेको सो गाउँपालिकाको वडा नं ७ खाँडादेवीका सचिव पासाङ लामा एक्लैले नौ ओटै वडाको पञ्जिकरणको काम गर्नु परेकोले आफूसहित सर्वसाधारणले सास्ती भोग्नु परेको बताए । अन्य कुनै पनि वडामा वडा सचिव नहुँदा…

October 3, 2019  
राप्रपा कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपिट

मन्थली नगरपालिका-५ का वडाध्यक्ष ६२ वर्षीय रामबहादुर कार्कीलाई असोज ६ गते बिहान सोही वडामा बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृसङ्गठन युवा परिषद्का जिल्ला सदस्य २३ वर्षीय सानोबाबु कार्कीले कुटपिट गरे । केही वर्षअघि भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भई शारीरिक रूपमा अपाङ्गता भएका कार्कीलाई विकास निर्माणको विषयमा विवाद हुँदा आरोपितले…

September 24, 2019  
वडा सचिवको भरमा गाउँपालिकाः नागरिकलाई सास्ती

लिखु तामाकोशी गाउँपालिकामा कर्मचारी नहुँदा सर्वसाधारणले सेवा लिन हैरान खेप्नु परेको छ । अहिले सो गाउँपालिका एकजना वडा सचिवका भरमा सञ्चालनमा छ । वडा सचिव केहरमान तामाङले वडा कार्यालय र गाउँपालिकाको काम समेत धानिरहेका छन् । गाउँपालिकाको वडा नं ६ खिम्तिका सचिव केहरमान तामाङ एक्लैले डेढ महिनादेखि वडा र गाउँपालिका…

September 24, 2019  
दुई वर्षदेखि वडा सचिव नहुँदा सेवा प्रभावित

गोकुलगङ्गा गाउँपालिकामा दुई वर्षदेखि वडा सचिवहरू नहुँदा नागरिकलाई प्रवाह गर्ने सेवा प्रभावित भएको छ । ६ ओटा वडा रहेको सो गाउँपालिकामा वडा नं. ३ रस्नालु र वडा नं. ६ फर्पुमा दुई जना मात्र वडा सचिव रहेको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए । दुई जना मात्र वडा सचिवले काम गरिरहेको सो…

August 28, 2019  
अज्ञात पक्षद्वारा मिनीट्रकमा आगजनी

मन्थली नगरपालिका-५ सुनारपानीमा भदौ ९ गते राति अज्ञात पक्षद्वारा मिनीट्रकमा आगजनी गरिएको छ । ट्रक चालक सन्देश कार्कीको घरनजिकै पार्किङमा राखिएको बा ५ ख ३७४४ नम्बरको मिनीट्रकमा रातको करिब ११ बजेतिर अज्ञात पक्षले आगो लगाई जलाएको र आगजनीबाट ट्रक जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनायो । रातको १२ बजेतिर मिनीट्रकमा…

August 28, 2019  
विद्यालय भवन नबन्दा चार वर्षदेखि छाप्रोमै पढाइ !

विनासकारी भूकम्पले २०७२ सालमा क्षति भएको विद्यालय पुनःनिर्माण नहुँदा लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको त्रीपुरेश्वर माविका विद्यार्थीहरू चार वषदेखि बाँसको छाप्रामा पढ्दै आएका छन् । भूकम्पले विद्यालय भत्किएको चार वर्ष बित्दा पनि सो विद्यालयको पुनर्निर्माणको काम सुरू हुन सकेको छैन । १२ कक्षासम्म पठनपाठन हुने सो विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थीहरू…

August 25, 2019  
गाउँपालिकाबाट प्रवाह हुने सेवा तीन सातादेखि अवरूद्ध, सेवाग्राही मर्कामा

गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यबिच भएको विवाद टुङ्गोमा नपुग्दा लिखु तामाकोशी गाउँपालिकाले प्रवाह गर्ने सेवा तीन सातादेखि अवरूद्ध भएको छ । गत साउन १६ गते भएको गाउँ कार्यपालिका बैठकमा छलफलको क्रममा गाउँपालिका अध्यक्ष ४५ वर्षीय गोविन्दबहादुर…

August 22, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा आत्मसमर्पण

जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गर्न आएका खाँडादेवी गाउँपालिका-१ राकाथुमका नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युष्टि पार्टीका जिल्ला कमिटी सदस्य ४९ वर्षीय कालमान तामाङ र सोही ठाउँ बस्ने सोही पार्टीका जिल्ला कमिटि सदस्य ४६ वर्षीय जसबहादुर तामाङलाई प्रशासनले साउन २७ गते इन्सेक जिल्ला प्रतिनिधि नवराज पथिक र जिल्लाका पत्रकार सुमित…

August 13, 2019  
वडाको कार्य नगरपालिकाको केन्द्रबाट सञ्चालन, सेवाग्राहीलाई सास्ती

मन्थली नगरपालिकाका ६ ओटा वडा कार्यालयहरूले अहिले पनि नगरपालिकाको केन्द्र रहेको सहरमा नै बसेर कामकाज गर्दै आएका छन् । वडा कार्यालयहरू केन्द्रबाटै सञ्चालन हुँदा सर्वसाधारणलाई वडाको कागज लिन केन्द्रसम्म धाउनुपर्ने बाध्यता भएको छ । मन्थली नगरपालिकाको केन्द्र जिल्लाकै सदरमुकाम पनि हो । गाउँमा वडा अध्यक्ष र कर्मचारी नबस्दा सिफारिस तथा…

August 8, 2019