जातीय विभेद घटनाका आरोपित गिरफ्तार
बेताली गाविस-३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरभित्र प्रवेश गर्दा ५ हजार रुपियाँ जरिबाना गरेको आरोपमा प्रहरीले सोही ठाउँका पुजारी ४० वर्षीय छत्रबहादुर बुढाथोकी र ५० वर्षीय भीमबहादुर बुढाथोकीलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडितले मन्दिर जस्तो पवित्र ठाउँमा आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरी चौकी बेतालीमा माघ…
मन्दिरभित्र प्रवेश गरेको आरोपमा दलितलाई ५ हजार रुपियाँ जरिबाना
रामेछापको बेताली गाविस३ का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिर भित्र पसेको आरोपमा सोही ठाउँका पुजारी छत्रबहादुर बुढाथोकीलगायतले ५ हजार रुपियाँ जरिबाना तिराएका छन् । सेरकाली मन्दिरमा पसेको भन्दै माघ २२ गते मन्दिरका पुजारी बुढाथोकीलगायतका कथित माथिल्लो जातिका मानिसहरूले मन्दिर चोख्याउन भन्दै मन्दिरमा रुद्री लगाएर ५ हजार रुपियाँ जरिबाना तिराएका हुन्…
मातृ भाषाको शिक्षा लागु गर्न सरोकारवाला उदासिन भएको गुनासो
आधारभूत तहमा मातृभाषाको शिक्षाको अधिकारलाई नेपालमा संवैधानिक अधिकारको रूपमा नै व्यवस्था गरेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन गर्न सरोकारवालले उदासिनता देखाएको स्थानीयको गुनासो रहेको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा माघ ७ गते सदरमुकाम मन्थलीमा भएको मातृ भाषाको शिक्षा र मानव अधिकार विषयक अन्तरक्रिया कार्याक्रमका सहभागी वक्ताहरूले सो गुनासो…
इलाका प्रशासन कार्यालय लाप्चानेको सेवा बन्द हुँदा स्थानीयलाई समस्या
रामेछापको इलाका प्रशासन कार्यालय प्रिति लाप्चानेको सेवा एक महिनादेखि बन्द हुँदा स्थानीय सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । इलाका प्रशासन कार्यालयमा सरकारले अधिकृत स्तरको कर्मचारी नखटाउँदा इलाका प्रशासन कार्यालये दिने सम्पूर्ण सेवा एक महिनादेखि बन्द भएको हो । जिल्लाका आठ ओटा गाविसका स्थानीयलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको सो…
भूकम्पपछिको पुनर्निर्माणको काम चुनौतीपूर्णः अधिकारकर्मी
रामेछाप जिल्लाका अधिकारकर्मीहरूले भूकम्प पछिको पुनर्निर्माणको काम थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा पुस ९ गते गरिएको छलफल कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले सो कुरा बताएका हुन् । छलफल कार्यक्रममा इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले विगतमा नागरिक राजनीतिक अधिकारको क्षेत्रमा काम गरिरहेका नेपालका…
रामेछापको मानव अधिकारको वार्षिक अवस्थाको समीक्षा
मानव अधिकार संरक्षण सञ्जाल रामेछापको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछापको आयोजनामा रामेछाप जिल्लाको मानव अधिकारको वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भयो । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि तयार पारेको घटनाहरू सार्वजनिक गरिएको थियो…
आवास निर्माणको लागि सरकारी प्रक्रिया झञ्झटिलोः भूकम्प पीडित
आवास निर्माणको लागि सरकारी कार्यालयहरूमा तोकिएको प्रक्रिया झञ्झटिलो भएको बेताली गाविसका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा गाविसको कार्यालय बेताली, युएसएड्/साझेदारी विकास परियोजना, गोगो फाउण्डेसन र जनभावना युवा क्लबको आयोजनामा मङ्सिर १८ गते बेताली गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले यस्तो गुनासो गरेका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई मङ्सिर १९ गते बलात्कार प्रयास गरेको आरोपमा टोकरपुर बस्ने २७ वर्षीय अरुण पटेललाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले आफूमाथि दुर्व्यवहार गरेको भनि सामुदायिक मेलमिलाप केन्द्र टोकरपुरमा मङ्सिर १९ गते नै निवेदन दिएपछि घटना सार्वजनिक भएको थियो । मेलमिलाप केन्द्रले सो निवेदन इलाका प्रहरी…
भूकम्पले पानीको मूहानमा क्षति पुर्याएपछि विद्यालयमा पीउने पानीको समस्या
बिनाशकारी भूकम्पले पानीको मूहानमा क्षति पुर्याएपछि नागदह गाविसमा रहेको झटेश्वर माध्यमिक विद्यालय धोवीमा खानेपानीको समस्या भएको छ । खानेपानीको मूहान बिग्रिएपछि विद्यालयमा पीउने पानीको हाहाकार भएको हो । विद्यालयका प्रधानाध्यापक केवल तिमल्सिनाका आनुसार पहिला देखि नै खानेपानीको समस्या भएको धोवी डाँडामा भूकम्पले खानेपानीको मूहानमा पनि क्षति पुर्याएपछि समस्या बढेको हो…
विवाह गरेको आरोपमा विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएपछि पढ्ने अधिकार खोसियो
सतलिङ्गेश्वर मावि गुन्सीको कक्षा १० मा अध्ययनरत १८ वर्षीया छात्रा, कक्षा ९ मा अध्ययनरत १८ वर्षीय छात्रले कात्तिक १० गते विद्यालय पढ्दा पढ्दै विवाह गरेको भनी विद्यालय प्रशासनले विद्यालय प्रवेशमा रोक लगाएको छ । विद्यालयले उनीहरूलाई विद्यालय प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरूको १५ दिनदेखि पढाइ छुटेको छ । विद्यार्थीको आचरण विपरित…